Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दैनिक ढल्दै घर, थपिँदै त्रिपालको बसाइ

जाजरकोट । दैनिक सिमसिम पानी बर्सिन नछाड्दा बारेकोट गाउँपालिकामा सग्ला घर भकाभक भत्किन थालेका छन् । बाढीपहिराबाट थिलथिलो भएको भूभागमा निरन्तर पानी पर्दा सद्दे घर पनि भत्किँदा दैनिक त्रिपालको बास बस्नेहरुको सङ्ख्या बढेको बारेकोटका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए । उनले भने, “दैनिक घरहरु भत्किरहेका छन्, हामी व्यवस्थापनको समस्याले हैरान भइसक्यौँ । हाम्रो फाइल गृह मन्त्रालयमा कहिले जान्छ रु फेरि सङ्ख्या थप्नुपर्ने भयो प्रमुख जिल्ला अधिकारीज्यू ।” कोभिड–१९ को महामारीका कारण देश आक्रान्त भएको बेला बारेकोटमा कोरोनासँगै त्रिपालको बासले सर्वसाधारण हैरान भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसँग सिसीएमसीको बैठकमा आइतबार अध्यक्ष शाह पीडा सुनाउँदै थिए । “एउटा घर सग्लो छैन, आज फेरि दुई घर भत्किएको खबर छ” शाहले भने, “समस्या असीमित छन्, स्रोतसाधन सीमित छ यसलाई हल गर्न तुरुन्तै अगाडि बढ्नुपर्ने भयो ।”

उनका अनुसार गत असार २६ गतेदेखि त्रिपालमा बसेका सर्वसाधारण अझै कति समय त्रिपालकै बास बस्नुपर्ने हो थाहा छैन । विद्यालय, खुला चौर, अग्ला डाँडा कुनै पनि खाली नराखेर स्थानीयवासी ज्यान बचाउन बसिरहेको प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए । बारेकोटमा विभिन्न निकायबाट राहत पठाए पनि अझै गाउँगाउँमा सो राहत पुग्न सकेको छैन ।

“बाटो भत्किएको छ, खोलाहरुमा पानीको बहाव घटेको छैन”, बारेकोट–५ का प्रकाशमान सिंहले भने, “राहत टाठाबाठाले मात्र लिएको देखियो, वास्तविक पीडितमा पुरानै घाउको डोब पुरिएको छैन ।” दैनिक निरन्तर वर्षाका कारण बारेकोटमा कोरोनाको त्रासभन्दा बाढी पहिरोको त्रास धेरै भएको सर्वसाधारण बताउँछन् । राहत वितरणमा विभेद भएको भन्दै पत्रकार वीरबहादुर गिरीको संयोजकत्वको टोलीले बारेकोटमा केही राहत वितरण गरी आइतबार मात्र फर्किएको छ । करिब रु पाँच लाख बराबरको सहयोग हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन गरी करिब रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । सङ्कलन भएको उक्त रकममध्ये रु चार लाख बराबरको राहत सामग्री खरिद गरिएको र बाँकी मृतकका परिवारलाई नगद हस्तान्तरण गरिएको हो ।

पत्रकार गिरीले वडा नं ४ जिरीको सार्की टोलमा गएको पहिरोमा परेर मृत्यु भएका दुई घर परिवारलाई रु २०/२० हजार, वडा नं ६ धुमामा मृत्यु भएका दुई घरपरिवारलाई रु १०/१० हजार, मुल्साममा खोलामा बगेर ज्यान गुमाएका एक परिवारलाई रु १० हजार र पछ्याप्री गाउँमा घर जलेका तीन घरपरिवारलाई रु सात÷सात हजारका दरले नगद पनि प्रदान गरेका छन् ।

बारेकोटमा पहिरोका कारण ठूलो जनधनको क्षति भएपछि बारेकोट घर भएका प्रेस सङ्गठन नेपाल कर्णाली प्रदेश समिति संयोजकसमेत रहेका पत्रकार गिरीको संयोजकत्वमा राहत सङ्कलन समिति गठन भएको हो । समितिलाई देश विदेशबाट मनकारी व्यक्तिहरुले नगद रकम सहयोग गरेका थिए । सङ्कलन भएको रकमबाट खरिद गरिएको राहत सामग्री र नगद सम्बन्धित स्थानमा शनिबार एक कार्यक्रमको आयोजना गरी १६५ घरपरिवारलाई हस्तान्तरण गरिएको संयोजक गिरीले जानकारी दिए ।

आफूहरुको सहयोगले पहिरोले विस्थापित भएर बारेकोटका विभिन्न स्थानमा त्रिपालमुनि बसेका परिवारलाई थोरै भए पनि राहत पुग्ने उनका विश्वास छ । मानवीय सेवाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पीडितहरुको दीर्घकालीन व्यवस्थापनका लागि सम्बन्धित पक्ष जिम्मेवार बन्नुपर्ने गिरीको माग छ ।

बारेकोट गाउँपालिका–४ र ६ मा पहिरोले बढी मानवीय क्षति पुर्याएको थियो । वडा नं ४ जिरीको सार्कीटोलमा १२ जनाको मृत्यु भएको थियो भने वडा नं ६ धुमा गाउँमा दुई जनाको मृत्यु भएको थियो । पहिरोले बारेकोटका अधिकांश गाउँहरु पहिरोको जोखिममा परेका छन् । जमिन चर्किने, भत्किने र बग्ने क्रम ठूलो पानी पर्दा अहिले पनि जारी रहेको बारेकोटका पहिरो पीडित बताउँछन् । एक हजार २०० भन्दा बढी विस्थापित त्रिपाल तथा विद्यालयमा बसिरहेका छन् ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies