Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

घरवारविहिनको विवरण विपद् समितिमा पठाइने

तनहुँ । व्यास नगरपालिकाले गत असार २९ र त्यसपछि परेको वर्षाका कारण आएको बाढीपहिरोले क्षति भएका घरहरुको विवरण जिल्ला विपद् समितिमा पठाउने भएको छ । बाढीपहिरोले घर क्षति भएकाहरुलाई सरकारले राहत दिने निर्णय गरेपछि नगरपालिकाले त्यस्ता घरहरुको विवरण विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको हो ।

कार्यपालिकाको बैठकले क्षति भएका घरहरुको विवरण वडाबाट सङ्कलन गरी विपद् व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए । प्रवक्ता श्रेष्ठका अनुसार भदौ १४ गतेभित्र वडाहरुबाट क्षति भएका घरहरुको विवरण सङ्कलन गर्ने निर्णय गरिएको छ ।

बैठकले कोभिड–१९ को नियन्त्रण, उपचार एवं रोकथामका लागि हालसम्मको प्रगति विवरणउपर समीक्षा गर्नुका साथै क्वारेन्टिनको वैकल्पिक व्यवस्थाका लागि नगरपालिकाभित्रका सामुदायिक भवनलाई प्रयोग गर्ने निर्णय गरेको छ । साथै नगरसभाबाट पारित वडा र नगरस्तरीय योजना कार्यान्वयन गर्न कार्य प्रक्रिया अगाडि बढाउने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । कोभिड–१९ र लकडाउनका कारण नगरसभाले पारित गरेका विकास योजना प्रभावित भएका छन् ।

बैठकले व्यास–३ देउरालीनगरमा रहेको निर्माणाधीन बधस्थलको अधुरो कार्य सम्पन्न गर्न तत्काल प्रक्रिया अगाडि बढाउने, फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि हाल सम्भाव्य देखिएको व्यास–४ र १० को बीचमा पर्ने सामुदायिक वन क्षेत्रमा रहेको स्थानको प्रारम्भिक वातावरणीय अध्ययन (आइई) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णयसमेत गरेको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies