Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

पाम तेलविना नै निर्यात उकालो

काठमाडौं । गत आर्थिक वर्षमा नेपालबाट निर्यात हुने सूचीमा पहिलो स्थानमा रहेको पाम तेलको निर्यातविना नै चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो महिनामा निर्यात उकालो लागेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ - मलेसिया तथा इन्डोनेसियाबाट कच्चा पाम तेल नेपाल ल्याएर यहाँबाट प्रशोधन गरी भारत पठाउँदा निर्यात बढेको देखिएको विगतबीच साउनमा भने फरक परिदृश्य देखिएको हो ।

भन्सार विभागका अनुसार साउनमा कुल ९ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको छ । जसमा सबैभन्दा ठूलो हिस्सा भटमास तेलको छ, जुन २ अर्ब २७ करोड रुपैयाँको निर्यात भएको देखिन्छ ।

गत आवको साउनभर ८ अर्ब ८३ करोड रुपैयाँको निर्यात भएको थियो । जसमा महत्वपूर्ण हिस्सा पाम तेलको थियो । उक्त अवधिमा नेपालबाट एक अर्ब ७५ करोड रुपैयाँको पाम तेल निर्यात भएको थियो ।

सूचीको दोस्रो स्थानमा रहेको भटमास तेल भने केवल ४५ करोड रुपैयाँको मात्र निर्यात भएको थियो । विभागका अनुसार चालू आवको साउनमा नेपालबाट पाम तेल निर्यात भएको छैन । निर्यातमा भारतको अस्थिर नीतिका कारण यतिबेला नेपालबाट पाम तेल निर्यात हुन सकेको छैन ।

यस वर्ष साउनमा भटमास तेलपछि सबैभन्दा बढी निर्यात हुनेमा कालो चिया रहेको छ । नेपालले ७२ करोड ७८ लाख रुपैयाँको कालो चिया भारत निर्यात गरेको छ । त्यसपछि ४७ करोड ६२ लाख रुपैयाँको अलैँची निर्यात भएको छ ।

गलैँचा ३७ करोड ४५ लाख रुपैयाँको निर्यात हुँदा २७ करोड २८ लाख रुपैयाँको बुनेका कपडा निर्यात भएको छ । निर्यात भएका प्रमुख यी ५ वस्तुमध्ये गलैँचाबाहेक बाँकी सबै भारतमा मात्र निर्यात भएका वस्तु हुन् ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies