Khabar Dabali Logo
  October 22, Thu

उपचार खर्च तिर्न नसक्दा श्रीमान्–श्रीमती बन्धक “यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ

सप्तरी । उपचारमा लागेको खर्च तिर्न नसक्दा विराटनगरको एक अस्पतालमा श्रीमान्–श्रीमती बन्धक भएका छन् । यहाँको अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ बकधुवाका भुटाइ भनिने शिवचन्द्र सदा र उनकी श्रीमती मलिया उपचार खर्च तिर्न नसक्दा बन्धक बनेका हुन् । खोला छेउको ऐलानी जमिनमा घर बनाएर बसेका भूमिहीन दलित मुसहर समुदायका दम्पतीसँग उपचार खर्च छैन ।

कुटपिट गर्ने आरोपितले खर्च नतिर्दा र अस्पतालले खर्च नलिई घर फर्किन नदिँदा सदा दम्पती अस्पतालमा रोकिएको हो । शिवचन्द्रका भाइ पवनले आज प्रदेश नं २ का मुख्यमन्त्री, मानव अधिकार आयोग, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई न्याय तथा उपचार खर्चका लागि गुहारेका छन् । दलित सरोकार मञ्च नेपालको सहयोगमा अनलाइनमार्फत उजुरी गरिएको मञ्चका भोला पासवानले बताए ।

वर्षाको समयमा दीना साहले बगाएको घरको पानीले सदाको झुपडी डुबानमा परेपछि आफूहरुले जथाभावी माटो काट्ने काम नगर्न अनुरोध गर्दा साह परिवारले कुटपिट गरेर घाइते बनाएको शिवचन्द्रले बताए । कुटपिटबाट घाइते सदा दम्पती उपचारका लागि शुरुमा स्थानीय क्लिनिक पुग्यो । स्थानीय क्लिनिकले अस्पताल लैजान सुझाएपछि उनीहरु थप उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल भर्ना भए । इलाका प्रहरी कार्यालय कञ्चनरुपले आरोपित साहलाई पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा चलायो । तीन सातापछि गत साउन ३२ गते जिल्ला सरकारी वकिलको कार्यालयको पत्रानुसार साह रिहा भए ।

उपचार खर्च आरोपितले व्योहोर्ने आशामा बसेका भूमिहीन र गरिब सदा दम्पतीले खर्च भर्न नसक्दा अस्पतालले रोकेर राखेको छ । शिवचन्द्रका अनुसार अस्पतालले उनीहरुलाई बाहिर निक्लिन नदिन सुरक्षा गार्ड खटाएको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले पीडित पक्षले अस्पतालमा लागेको खर्चको बिल ल्याउन नसकेकाले आरोपितबाट उपचार खर्च तिराउन समस्या भएको बताए । प्रहरीले बिल ल्याउन भने पनि अस्पतालले पैसा नतिरी बिल दिन नसकिने जनाउँदै आएको छ ।

दलित अगुवा बलराम सदाले धेरै आग्रह गरेपछि अस्पताल प्रशासनबाट लेटरप्याडमा साउन ३२ गतेसम्ममा औषधिबाहेक रु एक लाख २५ हजार ८०० खर्च भएको लेखेर दिएको जानकारी दिए । अस्पतालमा बसेको दिन थपिँदै जाँदा खर्च पनि थपिँदै जाने अस्पतालका प्रबन्धक ज्याउल हकले बताए । हकले भने, “उपचार गर्दासम्म हामीले पैसा मागेनौँ, अब उपचारपछि भएको खर्च त दिनुपर्यो ।”

आरोपितले खर्च नतिरेपछि अस्पतालबाट बाहिर निक्लिन नपाएर चिन्तित बनेकी मलियादेवीले रुँदै भनिन्, “यता हामी बन्धक भयौँ, उता घरमा तीन नाबालक छोराको बिजोग छ, उनीहरु खान नपाएर भोकै हामीलाई पर्खेर बसेका होलान् ।”

भदौ ८ गते, २०७७ - २१:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान...   

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व...   
अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...   

गर्भवती हत्या आरोपित डाँगी पक्राउ

जुम्ला । हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बबिता रोकायालाई हत्या गरेको आरोपितमध्ये सोही...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top