Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

भक्तपुरमा कोरोना सङ्क्रमण समुदायस्तरमै फैलियो, ३०७ बढी सङ्क्रमित

भक्तपुर । भक्तपुरमा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिएको स्वास्थ्य कार्यालय भक्तपुरले निष्कर्ष निकालेको छ । जिल्लाका चारमध्ये बढी मध्यपुरथिमि नगरपालिकामा सङ्क्रमण समुदायमा फैलिएको निष्कर्ष रहेको कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए ।आजसम्म जिल्लामा ११३ महिला र १९४ पुरुष गरी कूल ३०७ मा कोरोना सङ्क्रमण भएको कोभिड सूचना व्यवस्थापन केन्द्रका अस्मिता पवनले जानकारी दिए । मध्यपुरथिमि नगरपालिकामा ५१ महिला र ६३ पुरुष गरी ११४ मा सङ्क्रमण रहेको बताइएको छ ।

मध्यपुरथिमिपछि सूर्यविनायक नगरपालिका क्षेत्रमा सङ्क्रमण बढ्दै छ । सूर्यविनायकमा २७ महिला र ५० पुरुष गरी ७७, भक्तपुर नगरपालिकामा २२ पुरुष र २५ महिला गरी ४७ र सबभन्दा कम चाँगुनारायण नगरपालिकामा सशस्त्र प्रहरी सहित पाँच महिला र ३४ पुरुष गरी ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ । जिल्लामा आज थप भएकामा भक्तपुर नगरपालिकामा एक महिलासहित तीन पुरुष, मध्यपुरथिमिमा एक नौ वर्षीय बालक र ६ महिला र सूर्यविनायकमा एक पुरुष र दुई महिलामा कोरोना सङ्क्रमण भएको छ भने चाँगुनारायणमा सङ्क्रमण नभएको स्वास्थ्य कार्यालय प्रम्ख मिजारले जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाअन्तर्गत सशस्त्र प्रहरी बल गुहेश्वरी गण दुवाकोटमा कार्यरत २० प्रहरीलाई गत शनिवार एकैसाथ सङ्क्रमण देखिएको थियो । चाँगुनारायणको स्थानीयस्तरमा भने महिला पाँच र पुरुष १४ रहेको केन्द्रका पवनले जानकारी दिए । सङ्क्रमितमध्ये दुइको मृत्यु भएको, ६४ निको भएर घर फर्किएको, ९१ जना होम आइसोलेसनमा रहेको, दुइ जना सम्पर्कमै नआएको, डाक्टर तथा नर्स गरी तीन जनाको अन्यत्र उपचार भइरहेको तथा केहीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको आइसोलेसनमा ११ महिला र पाँच पुरुष छन् । विदेशबाट आएका तर लक्षण नदेखिएका सङ्क्रमितलाई पनि यहाँ राख्ने गरिएको छ ।

कोरोना भाइरस सङ्क्रमणबाट भक्तपुरमा स्थानीय दुई जनाको मृत्यु भएको छ । गत शनिबार एक जना सूर्यविनायक निवासी एक ७२ वर्षीय पुरुषको उपचारकै क्रममा काठमाडौंको मेडिकेयर अस्पतालमा मृत्यु भएको हो । यसअघि सूर्यविनायक १ निवासी ६८ वर्षीया एक महिलाको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।

आइतबार पनि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कोरोना भाइरस सङ्क्रमित एक पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो । मिर्गौलाका बिरामी बुटवल उपमहानगरपालिका–११ घर भएका कोरोना सङ्क्रमित ५४ वर्षीय पुरुषको पाटन अस्पतालमा उपचार भइरहेको र आइतबार डायलोसिसका लागि भक्तपुर ल्याइएकामा उपचारकै क्रममा मृत्यु भएको थियो । भक्तपुरमा गत वैशाख ३० गते पहिलोपटक दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । ती दुवै जिल्ला बाहिरका बासिन्दा थिए ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies