Khabar Dabali Logo
  October 26, Mon

उपत्यकामा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गरिने

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आगामी आर्थिक वर्षमा १५ किमी खानेपानीको पाइप र सात किमी ढल बिस्तार गर्ने भएको छ ।

उपत्यकामा खानेपानीको बढी समस्या रहेका स्थानमा खानेपानी पाइप बिस्तार गरिने लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताउनुभयो । मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आएपछि वितरणका लागि आयोजना कार्यान्वयन निर्देशनालयले विभिन्न स्थानमा पाइप बिस्तारको काम गरिरहेको छ ।

उहाँका अनुसार निर्देशनालयले पाइप बिस्तार गरिसकेका वा आगामी दिनमा गर्न लागेको बाहेकका स्थान छनोट गरी नयाँ पाइप बिस्तार गरिएको हो । उनले भने, “निर्देशनालय पनि नपुगेको र पानीको पनि समस्या रहेका स्थान छनोट गरिएको छ ।”

गत आवमा झण्डै सात किमी ढल निर्माण गरेको लिमिटेडले आगामी आवमा पनि त्यति नै लम्बाईको ढल बिस्तारको योजना बनाएको छ । उपत्यकामा ढल निर्माणको मुख्य जिम्मेवारी लिमिटेडको भए पनि शहरी विकास मन्त्रालय र स्थानीय सरकारले पनि ढल निर्माण गर्दै आएका छन् । आपसी समन्वयको अभावमा वर्षेनी वर्षाको समयमा सडक पानीले भरिने गरेका छन् ।

उहाँका अनुसार लिमिटेडले ढल आवश्यक भएका स्थनमा निर्माण र मर्मत दुवैलाई कार्यक्रममा राखेको छ । उनले भने, “ढल निर्माणको काम मुख्य सडक र भित्रि सडक सबैतिर हुनेछ ।” लिमिटेडले गत आवमा ढल बिच्छाउने कार्यक्रममा लक्ष्यको ९० प्रतिशत प्रगति हासिल गरेको थियो ।

भदौ ८ गते, २०७७ - १७:१५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top