Khabar Dabali Logo
  October 28, Wed

हेटौडामा एक साताका लागि निषेधाज्ञा थप

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका र मनहरी गाउँपालिकामा जारी निषेधाज्ञालाई भदौ १५ गतेसम्म थप गरेको छ ।

यसअघि गत साउन २६ देखि भदौ ८ गते सम्मका लागि निषेधाज्ञा जारी गर्ने आदेश भएको थियो । जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रको आज बिहान बसेको बैठकले उक्त स्थानमा आज राति १२ बजेदेखि भदौ १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिए ।

निषेधाज्ञाको समयमा बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खाद्यान्न, तरकारी, औषधीलगायत अत्यावश्यक पसल खोल्न र इन्धन खरिद गर्न दिइने भएको छ । पसल खोल्दा, व्यवसाय सञ्चालन गर्दा मास्क, पञ्जा, सेनिटाइजर अनिवार्य रुपमा प्रयोग गर्न र समाजिक दूरीको पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी नेपालले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी जिल्लाको थाहा नगरपालिका र भीमफेदी गाउँपालिकामा पनि निषेधाज्ञा केहि दिन अघिदेखि जारी गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

भदौ ८ गते, २०७७ - १४:४० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ९० हजार, एक लाख २० हजारको मृत्यु

नयाँदिल्ली । भारतमा विगत २४ घण्टामा कोरोना भाइरसबाट थप ४३ हजार ८९३ जना नयाँ संक्रमित भेटिएका छन् ।...   

ठूलो परिमाणमा लागुऔषधसहित २ जना युवक पक्राउ

जलेश्व । सशस्त्र प्रहरीले आज महोत्तरीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ...   

कर्मचारीमा कोरोना देखिएपछि म्याग्दे गाउँपालिकाको सेवा ३ दिनका लागि बन्द

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले तीन दिन सेवा बन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाका केही कर्मचारीमा...   

कूटपिट र सार्वजनिक अपराध मुद्दाका २ फरार प्रतिवादी पक्राउ

बागलुङ । कूटपिट र सार्वजनिक अपराध मुद्दाका दुई फरार प्रतिवादीलाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउ...   

अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा १११ दिने लकडाउन अन्त्य

मेलबोर्न । अष्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबोेर्नमा कोरोनाभाइरसको महामारीका कारण लगाइएको लकडाउन...   

दशैँ मान्न आउनेमा कोरोना सङ्क्रमण, ५ दिनका लागि पालिका प्रवेश बन्द

कास्की । दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना सङ्क्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३...   

नेकपा केन्द्रीय कमिटी बैठक स्थगन

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को यही कातिक १५ देखि १७ गतेका लागि तोकिएको केन्द्रीय...   

सप्तरीमा शौच गर्न गएकी एक दलित किशोरी बलात्कृत

सप्तरी । एकातिर शहर र राजमार्गमा सार्वजनिक शौचालय नहुँदा बटुवा र यात्रुले चर्को समस्या झेल्नुपरेको...   

डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका २ बालिकाको मृत्यु

डोटी । जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको...   

५ महिनादेखि सम्पर्कबिहीन अलपत्र किशोरीको उद्दार

म्याग्दी । म्याग्दीको धौवलागिरि गाउँपालिका–२ लुलाङमा अलपत्र अवस्थामा भेटिएकी एक किशोरीको उद्दार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top