Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पदाधिकारी नहुँदा विश्वविद्यालयसभा अन्योलमा

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर पदाधिकारीविहीन हुँदा विश्वविद्यालयसभा अन्योलमा परेको छ । गत आर्थिक वर्षको खर्च अनुमोदन र आउँदो वर्षको बजेट स्वीकृत सभाबाट गर्नुपर्दछ । विश्वविद्यालय उपकुलपतिविहीन भएको एक वर्ष पूरा भइसकेको छ भने रजिस्टार, सेवा आयोगका अध्यक्ष, डिन र निर्देशक रिक्त छन् । रजिस्टार र सेवा आयोगका अध्यक्षबाहेकका पद कायममुकायमका भरमा चलेको छ । गत वर्ष भदौ ७ गतेदेखि उपकुलपति नियुक्त नभएसम्मका लागि दैनिक कामकाजको जिम्मेवारी पाउनुभएका डा। शारदा थपलियाका अनुसार सभाको सदस्य सचिव रजिस्टार नै नभएका कारण विश्वविद्यालयसभा हुन नसकेको हो ।

विश्वविद्यालय स्थापनायता ढिलोमा यही भदौ पहिलो साताभित्र क्याम्पस सभा हुँदै आएकामा यस वर्ष भने अन्योलमा परेको उनले बताए । सभा नहुँदा पूँजीगत खर्चका काम रोकिने भएको छ । तलब भने पेश्की बजेट दिएर खुवाउन सकिने उहाँले जानकारी दिए । गत आर्थिक वर्षमा विश्वविद्यालयलाई रू ६९ करोड बजेट निकासा भएको थियो । तीमध्ये रू ५० करोड हाराहारी सञ्चालन खर्च हुने डा थपलियाको भनाइ छ । विश्वविद्यालयले चालु आर्थिक वर्षका लागि भौतिक संरचनासमेत निर्माण गर्नुपर्ने भएकाले रू तीन अर्ब माग गरेको थियो । पूर्ण जिम्मेवारीसहित आफूले काम गर्न नपाएको र अन्य पदाधिकारी रिक्त रहेकाले विश्वविद्यालयका महत्वपूर्ण काम रोकिएको उनले बताए ।

रजिस्टार गएको माघ १२ गतेदेखि र दुई सङ्कायका डीन गत जेठ १ गतेदेखि खाली छ । सेवा आयोयका अध्यक्ष गत साउन ५ गतेदेखि रिक्त छ । निर्देशकमध्ये जना खाली छ । बाँकी रहेका वन सङ्कायका डीन र निर्देशकको कार्यकाल आउँदा पुसमा सकिँदै छ । उपकुलपति नियुक्त भएमा चार वर्ष कार्ययोजना बनाएर काम गर्न सक्ने छ । विश्वविद्यालयले दीर्घकालीन महत्व राख्ने विभिन्न काम गर्नुपर्ने भए पनि गत आर्थिक वर्ष यतिकै गुजारेको छ । चालु आर्थिक वर्ष पनि अन्योलमा परेको छ । विश्वविद्यालयको दैनिक गतिविधि सञ्चालन भएको भए पनि अन्य काम हुन सकेका छैनन् । विसं। २०६७ असारमा सरकारले कृषि शिक्षाको अध्ययन, अनुसन्धान र प्रसारलाई एकीकृत रुपमा अघि बढाउन विद्यालय स्थापना गरेको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies