Khabar Dabali Logo
  October 28, Wed

वर्षात्का कारण महिना दिनदेखि सडक अवरुद्ध

गलकोट । अविरल वर्षात्का कारण बागलुङ नगरपालिकाको तित्याङ हुँदै भकुण्डे रायडाँडा जाने सडक महिना दिनदेखि अवरुद्ध भएको छ । अविरल वर्षात्का कारण गत साउन १ गते बागलुङ नगरपालिका–९ तित्याङस्थित बुकेनीमा ठूलो पहिरो गएका कारण महिना दिनदेखि साविकका तीन गाविस जोड्ने सडक अवरुद्ध भएको हो ।

सडक भासिएर गएको पहिराले गर्दा तत्कालै सडक खुलाउन नसकिए पनि प्रयास भइरहेको बागलुङ नगरपालिकाले जनाएको छ । महिना दिन बित्दासमेत सडकको वैकल्पिक व्यवस्था हुन नसक्नु दुखद् भएको तित्याङका राजु केसीले गुनासो गरे । बुकेनीमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसक्ने भन्दै तित्याङ वडा कार्यालयले पूर्वाधार निर्माणविना सडक सञ्चालनमा नआउने बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष गणेश थापाले जानकारी दिए । सो सडकको बैरेनी गैरा र बागलुङ नगरपालिका–३ काठेखोलामा समेत ठूलो पहिरो गएको छ ।

भिरालो जमिन भएका कारण वैकल्पिक सडक निर्माण गर्न समेत समस्या भएको बागलुङ नगरपालिकाले जनाएको छ । साउनको पहिलो हप्ता बागलुङ जिल्लाका अधिकांश सडक वर्षात्का कारण अवरुद्ध भए पनि पानी कम पर्न थालेपछि सडक सञ्चालन भएको तर तित्याङ, भकुण्डे र रायडाँडा जोड्ने सडक खुलाउन सकिएको छैन । वडा कार्यालयले सडकलाई पुरानै अवस्थामा ल्याउन रु एक करोड रकम खर्च लाग्ने भन्दै गण्डकी प्रदेश सरकारलाई समेत आग्रह गरिएको वडाध्यक्ष थापाले जानकारी दिए ।

बागलुङ नगरपालिकाको डोजरले पहिरो पन्छाउन र नयाँ ट्रयाक खोल्न खोजे पनि हालसम्म सम्भव नदेखिएको नगर प्रमुख जनकराज पौडेलले जानकारी दिए । पहिराका कारण तित्याङ, भकण्डे तथा रायडाँडामा खाद्यान्न ढुवानी गर्न र बिरामीलाई अस्पताल ल्याउनसमेत समस्या भएको छ ।

भदौ ८ गते, २०७७ - १३:३९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पेट्रोलमा मिसावट गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पेट्रोल पम्प सिल

कर्णाली । पेट्रोलमा डिजेल मिसावट गरी बिक्री गरेको पाइएपछि वीरेन्द्रनगरस्थित एक पम्प सिल गरिएको छ...   

बेवारिसे सालको काठ बरामद

स्याङ्जा । चापाकोट नगरपालिका १ खोलेगाउँस्थित भित्री सडकको जंगलमा बेवारिसे अवस्थामा भेटिएको सालको...   

मृत्यु संस्कारका लागि सामुदायिक वनले दाउरा व्यवस्थापन गर्ने

टिकापुर । कैलालीको टीकापुरका सञ्जय विकका बुवाको गत साउन २५ गते निधन भयो । बुवाको निधनपछि मृत्यु संस्कारका...   

नागरिकको भीड बढ्न थालेपछि शक्तिपीठ र मन्दिरलाई निषेधित क्षेत्र घोषणा

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लाका शक्तिपीठ र मन्दिरहरुलाई निषेधित क्षेत्र घोषणा गरेको...   

बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका पहिरोपीडितको पुनःस्थापनाका लागि जग्गा व्यवस्थापन...   

अलपत्र अवस्थामा रहेका ११ बालबालिकाको उद्धार

सिमकोट । काठमाडौंको एक बालगृहमा अलपत्र अवस्थामा रहेका ११ बालबालिकालाई उद्धार गरिएको छ । काठमाडौंको...   

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top