Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अनुदानमा दिएको २० किलो चामलले निकै ठूलो राहत महशूस

सिमकोट । साविकको कर्णाली अञ्चलका पाँचवटा जिल्लाका स्थानीय वासिन्दालाई सरकारले जन्म र मृत्युको अवसरमा दिने २० किलो चामल हुम्लामा समेत प्रभावकारी बन्दै गएको छ । हरेक घरमा जन्म र मृत्युको बेला ढुवानी रकमसहित प्रदान गरिने २० केजी चामलले निकै ठूलो राहतको महशूस हुने गरेको छ ।

गत आर्थिक वर्षको साउनसम्म जन्मको अवसरमा जिल्लाका सातवटै स्थानीय तह र ४४ वटै वडाबाट ५६० जनालाई ११४ क्विन्टल चामल वितरण गरेको नेपाल खाद्य संस्थान, हुम्ला शाखाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए । “आर्थिक वर्ष २०७६÷७७ मा हामीले मृत्यु भएको अवसरमा प्रदान गरिने चामल १६५ लाई २० केजीका दरले ३१ क्विन्टल २० किलो चामल वितरण गरेका छौं,” शााखा प्रमुख विष्टले रासससँग बताए, “यो कार्यक्रमप्रति हरेक वर्ष स्थानीयको आकर्षण बढ्दै गएको छ ।”

खाद्य संस्थान शाखाका अनुसार सिमकोट शाखा कार्यालयबाट जन्मका अवसरमा ३२०, श्रीनगर डिपोबाट १३८ र सर्केगाड डिपोबाट ११२ जना गरेर ५६० जनालाई रु सात लाख २० हजार ५२० को चामल निःशुल्क वितरण गरीएको छ । उक्त चामल ढुवानीका लागि एक लाख ३३ हजार ५ सय रकम दिएको शाखा प्रमुख विष्टले जानकारी दिए ।

\\यस्तै मृत्युको अवसरमा प्रदान गरिने चामलमध्ये सिमकोट शाखाबाट १३३, श्रीनगरबाट एक र सर्केगाडबाट २२ जना गरेर रु दुई लाख ५ हजार ७६० मूल्यको १५६ जनालाई ३१ क्विन्टल चामल र ६३ हजार ५०० ढुवानी रकम प्रदान गरिएको छ ।

सरकारले निर्णय गरेको यो सुविधा लिनका लागि नेपाल खाद्य संस्थान हुम्लाले ३५ दिनको अवधि राखेर जन्मको हकमा बच्चा अस्पतालमा जन्मेको प्रतिवेदन तथा बच्चाको जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि, वडा पालिकाको सिफारिस र मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडा पालिकाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपिका आधारमा चामल र ढुवानी रकम प्रदान गर्दै आएको छ ।

कार्यक्रमअन्तर्गत सिमकोट आसपासका गाउँका स्थानीय वासिन्दालाई रु ५०० दिएको छ भने अन्य टाढाका गाउँका वासिन्दालाई एक हजार रकम भुक्तानी गर्दै आएको शाखा प्रमुख विष्टले बताए । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको समयमा कर्णाली अञ्चलका हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पाका स्थानीय वासिन्दालाई जन्म र मृत्युमा आवश्यक प्रक्रिया पुर्याएर २० किलो चामल दिने कार्यक्रम ल्याइएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies