Khabar Dabali Logo
  October 24, Sat

नुवाकोटमा बस्तीमाथिको ढुङ्गाले ३५ घर जोखिममा

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको नेगीगाँउमा बस्तीमाथिको ठूलो ढुङ्गाले ३५ परिवार जोखिममा परेको छ । गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङका अनुसार पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको समयमा डगमगाएको ढुङ्गा अहिलेको बर्साततले बग्न थालेपछि नेगीगाउँ जोखिममा परेको हो ।

बस्तीभन्दा माथि पर्ने डाँडामा रहेको दुईतले घरभन्दा ठूलो आकारको ढुङ्गाले आफ्नो सतह छाडेर बग्न थालेपछि गाउँपालिकास्तरीय विपद् व्यावस्थापन समितिले ढुङ्गा हटाउन जिल्ला विपद् व्यवस्थापन समितिलाई अनुरोध गरेको छ । ‘ढुङ्गाको आकार निकै ठूलो भएकाले विस्फोट गराई हटाउनुपर्ने र त्यसका लागि नेपाली सेनामार्फत तत्कालै हटाउन आवश्यक रहेको’ भनी जिल्ला विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको गाउँपालिका अध्यक्ष तामाङले जानकारी दिए ।

पाँच वर्षअघि गएको विनाशकारी भूकम्पको कम्पनले माथिबाट ढुङ्गा र सुक्खा पहिरो जानसक्ने भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्राविधिक अध्ययन टोलीले तयार गरेको प्रतिवेदनमा समेत नेगीगाँउलाई जोखिम बस्तीका रूपमा समावेश गरेको थियो ।

भदौ ८ गते, २०७७ - १०:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top