Khabar Dabali Logo
  October 27, Tue

कोरोना सङ्क्रमणबाट बच्न यस्ता नियम पालना गर्नुस्

काठमाडौं । कोरोना सङ्क्रमणबाट जोगिन के गर्नुपर्ला ? घरबाट बाहिर ननिस्कनु नै अन्तिम विकल्प हो त ? कोरोना सङ्क्रमणबाट निको भएका तथा चिकित्सकहरू सामान्य स्वास्थ्य मापदण्ड पालना गरे पुग्ने बताउँछन् ।

आजको गोरखापत्र दैनिकमा खबर छ – बलम्बुस्थित सशस्त्र प्रहरी बल अस्पतालबाट निको भएर फर्किएकी एक महिला भने स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइँ नगर्नु नै कोरोनाबाट जोगिने अन्तिम विकल्प भएको अनुभव सुनाउँछिन् । दैनिक उपभोग्य वस्तु खरिद गर्ने घर नजिकैको किराना व्यापारीमा कोरोना सङ्क्रमण देखिएपछि ती महिला पनि श्रीमानसहित स्वाब परीक्षणका लागि टेकु पुगिन् तर श्रीमानको रिपोर्ट नेगेटिभ आयो ।

घरमा कोही आउँदा पनि उनका श्रीमान् मास्क लगाएर कुरा गर्थिन् । ती महिलाको भनाइ अनुसार मास्क खोलेर कुरा गर्नुभन्दा उनी चाहिँ जोखिमको बेला सतर्क हुनुपर्छ भन्छिन् । कोरोना सङ्क्रमण हुन नदिन सामान्य सतर्कता अपनाउँदा एक दम्पतीका श्रीमान् जोगिनु तर श्रीमतीमा देखिनु शरीरको प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) मात्र नभई स्वास्थ्य सतर्कता महत्वपूर्ण भएको पाइएको छ ।

कोरोना सङ्क्रमितको उपचारमा संलग्न सशस्त्र प्रहरी बल बलम्बुका चिकित्सक डा. प्रविन नेपाल एउटै परिवारभित्र कसैमा कोरोना देखिनु कसैमा नदेखिनुमा इम्युनिटी पावरसँंगै स्वास्थ्य सतर्कता मुख्य भएको बताउँछन् ।

घर बाहिर निस्कँदा वा घर तथा कार्यालय, आफन्त, परिवार, साथी र बाक्लो जमघटमा पनि सामाजिक दूरी कायम राख्ने, मास्क अनिवार्य, सेनिटाइजरको प्रयोग र सरसफाइमा उचित ध्यान दिने हो भने सङ्क्रमणको जोखिम न्यून हुन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम कतिपय सर्वसाधारणले मास्क समेत नलाउने गरेको बताउँछन् । केही दिनअघिको एउटा सर्वेक्षणले ७२.१ प्रतिशतले मात्र मास्क प्रयोग गरेको देखाएको थियो ।

हामीले उचित ढङ्गले मास्कको प्रयोगसँंगै घर तथा कार्यालयभित्र र घर बाहिर सामाजिक दूरी कायम राख्ने हो भने सजिलै जोगिन सकिन्छ । उनका अनुसार मास्क लगाए पनि भीडभाडको यात्रा भने असुरक्षित हुने गर्छ ।

भदौ ८ गते, २०७७ - ०८:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हेर्नुहाेस्, तपाईंको आजको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक ११ गते । मंगलबार । ईश्वी सन् २०२० अक्टोबर २७ तारिख । नेपाल संवत् ११४०...   

जोखिम ख्याल नगरी बजारमा चहलपहल

डोटी । दशैँका समयमा यहाँका प्रमुख बजार दिपायल, पिपल्ला र राजपुरमा चहलपहल बढेको छ । कोरोना सङ्क्रमणका...   

आज दसैंको मुख्य दिन विजयादशमी , टिकाकाे साइत बिहान १०ः१९ बजे

काठमाडाैं । आश्विन शुक्ल दशमीका अवसरमा आज देशभर विजयादशमी अर्थात धार्मिक कथाअनुसार असत्यमाथि सत्यको...   

गण्डकी प्रदेशमा चार काेराेना संक्रमितकाे मृत्यु, जम्मा मृत्तककाे संख्या ६३ पुग्यो

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा एक महिलासहित थप चार जनाको मृत्यु भएकाे छ । पोखराका...   

नेकपाका नेता जनार्दन शर्मालाई पनि देखियाे कोरोना

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई पनि...   
फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

फेसबुकको अश्लिल कुराकानी सार्वजनिक भएपछि गाउँपालिका अध्यक्षलाई कार्बाही

दोलखा। एक महिलसँग फेसबुक च्याटमा अश्लिल गतिविधिका लागि प्रस्ताव गरेको च्याटका ‘स्क्रिन सट’ हरु सामाजिक...   

आज महानवमी पर्व मनाइँदै

काठमाडौं । नेपाली हिन्दुहरूकाे महान् चाड बडा दशैंको आज नवौं दिन महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा...   

बलात्कारको पनि बद्ला ! दाजुभाइ पक्राउ

राजविराज । बलात्कारको आरोपमा कारागार थुनामा परेका आरोपितकी ४५ वर्षीया श्रीमतीमाथि बलात्कार प्रयास...   
बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top