Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

बाढीले बगायाे झोलुङ्गे पुल, आवतजावतमा समस्या

म्याग्दी । रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न ४ ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले कटान गरेर पुल भत्काउने र बगाएकाले १ गाउँदेखि अर्को गाउँमा आवतजावतमा समस्या भएको दुवाडीका याम घर्तिमिरेले जानकारी दिए ।

\'खाद्यान्न ढुवानी, बिरामी स्वास्थ्य संस्थामा जान र काम विशेषले छिमेकी गाउँमा जान पाइएको छैन\', उनले भने, \'खोलामा जङ्घार तरेर अथवा घुमाउरो बाटो हिँड्नुपर्ने भएकाले जनजीवन कष्टकर भएको छ ।\'

दुवाडी र ढाड जोड्ने बन्दीघाटको ७८ मिटर र खरिबोटस्थित ११८ मिटर लामो झोलुङ्गे पुल बाढीले बगाएको कुइनेमङ्गलेका वडाध्यक्ष गमान छन्त्यालले बताए । \'एकरातेको ६० मिटर लामो भाकर झोलुङ्गेपुल र छहरीस्थित ७८ मिटर लामो झोलुङ्गे पुलको एकातर्फको भाग नदीमा खसेको छ\', उनले भने, \'दुवाडी, घ्याँसीखर्क, पात्लेखर्क, चौरखानी, खरिबोटलगायत बस्तीका २ सयभन्दा बढी घरधुरीलाई आवतजावतमा समस्या भएको छ ।\'

साउन २०७७ यता विभिन्न समयमा रघुगङ्गा नदीमा आएको बाढीले पुल बगाएको हो । बगाएको सबै पुल रघुगङ्गा नदी माथिका हुन् । सबै पुलको दायाँतर्फको भागमा कटान गरेर बगाएको छ । कुइनेमङ्गले म्याग्दीको भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने गाउँ हो ।

यसैगरी पहिरोले कुइनेमङ्गलेका विभिन्न बस्तीमा ५ घर पुरिएका र २१ घर विस्थापित भएका छन् । दुवाडीमा २ वटा र पात्लेखर्कमा एउटा घर पुरिएका तथा छहरीमा २ वटा घर रघुगङ्गा नदीले कटान गरेर बगाएको वडाध्यक्ष छन्त्यालले बताए ।

चौरखानीमा एउटा सामुदायिक भवन, १० घर र दुवाडीमा १० घरमा क्षति पुगेको छ । पहिरोका कारण जमिन धाँजा फाटेर चिरा पर्न थालेपछि स्थानीयले घर छाडेका छन् । चौरखानीका चन्द्रबहादुर छन्त्याल, दलबहादुर विक, नरप्रसाद छन्त्याल, थमबहादुर छन्त्याल, उत्तम छन्त्याल, रेमान छन्त्याल, रामप्रसाद छन्त्याल, गमबहादुर छन्त्याल, हर्क छन्त्याल र नरमान छन्त्यालको घरमा क्षति पुगेर विस्थापित भएका छन् ।

१४ लाख रूपैयाँ खर्चेर २ वर्षअघि चौरखानीमा निर्माण गरिएको सामुदायिक भवनसमेत पहिरोका कारण चिरा परेर भत्किएको छ । बाउन्न घर भएको चौरखानीमा हाल ३७ परिवारको बसोबास छ । पहिरो नियन्त्रणको प्रयास सफल नभएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चौरखानीका बासिन्दालाई अन्यत्र स्थानान्तरण गराउनुपर्ने बस्तीको सूचीमा राखेको छ ।

जग्गा पहिचान हुन नसक्दा बस्ती स्थानान्तरणको योजना कार्यान्वयन हुन सकेको छैन । भूगर्भविद्को टोलीले अध्ययन गरेर बस्ती सार्न सुझाव दिएका थिए । यसैगरी घ्याँसीखर्क हुँदै चौरखानी जोड्ने पदमार्गसमेत पहिरोले भत्काएको छ । रघुगङ्गा गाउँपालिकाले गत आर्थिक वर्षमा १३ लाख खर्चेर ढुङ्गाको सिँढी चिनेर चौरखानी पुग्ने पदमार्ग बनाएको थियो ।

प्रवासीद्वारा पहिरो पीडितलाई सहयोग धवलागिरि गाउँपालिकाबाट अमेरिका पुगेकाहरूले जन्मथलोका पहिरो पीडितका लागि १३ लाख रूपैयाँ ५० हजारभन्दा बढी सहयोग गरेका छन् । धवलागिरि गाउँपालिका घर भई रोजगारी, अध्ययन र पेसा, व्यवसायको सिलसिलामा अमेरिका पुगेकाहरूले पहिरो पीडितका लागि गाउँपालिकाले सञ्चालन गरेको अभियानमा १३ लाख ६५ हजार रूपैयाँ पठाएका हुन् ।

मनबहादुर सिंकिजा, सुभाष भण्डारी र होमबहादुर पुनको अगुवाइमा अमेरिकामा सङ्कलन भएको सो रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिएको जनाइएको छ । बाध्यताले परदेशमा रहेपछि आफ्नो गाउँठाउँमा भएको विपद्बाट पीडितहरूलाई राहतका लागि सहयोग जुटाएर पठाएको सिंकिजाले बताए ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालको संयोजकत्वमा सञ्चालन भएको आर्थिक सङ्कलन अभियानमार्फत हालसम्म करिब २५ लाख रूपैयाँ जुटेको छ । गत असार २५ र २६ गतेको पहिरोबाट धवलागिरि गाउँपालिकाको मराङमा १९ जनाको मृत्यु र २ जना बेपत्ता भएका थिए ।

मराङ, धरापानी, ताकम र काफलडाँडाका बासिन्दा पहिरोबाट प्रभावित भएका छन् । पहिरोबाट घरबास गुमाएकाहरूको पुनःस्थापनाका लागि आर्थिक सहयोग सङ्कलनका साथै थप जोखिमको अध्ययन र पुनःस्थापनाका लागि सुरक्षित ठाउँको खोजी भएको गाउँपालिकाले जनाएको छ ।

यसैगरी मालिका गाउँपालिका–७ बिमका पहिरो पीडितका लागि आइतबार २ लाख ५० हजार रूपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । हेमराज शर्माको पहलमा विश्वका विभिन्न ठाउँमा पुगेका युवाहरू आबद्ध युवा आवाज म्याग्दीमार्फत १ लाख ५० हजार र नर्वेमा रहेका अर्मनका मदन कँडेल, राजन शाही र भगवान शाहीको पहलमा १ लाख रूपैयाँ सहयोग प्राप्त भएको हो । २ वटै सहयोगी संस्था तथा व्यक्तिहरूले सङ्कलन गरेर पठाएको रकम पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक प्रेमलाल कँडेलले आइतबार मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको उपस्थितिमा बिमका वडाध्यक्ष रेशम जुग्जाली र वडा सदस्य बुद्धिबहादुर जुग्जालीलाई हस्तान्तरण गरे । रासस

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies