Khabar Dabali Logo
  October 21, Wed

कारागारमा कोरोनाको त्रास : ६ कारागारका ५४ मा संक्रमण

केन्द्रीय कारागारका सयभन्दा बढी महिला एकै पटक बिरामी, तर परीक्षणको पहल नै भएन

काठमाडौं । देशका विभिन्न कारागारका ५४ जनामा कोरोना संक्रमण देखिएको छ, फैलिने क्रम बढ्दो छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सुन्धारास्थित केन्द्रीय कारागारको महिला सेलमा सयभन्दा धेरैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको छ । एकैपटक त्यति धेरैमा रुघा, खोकी र ज्वरो देखिएपछि जेलभित्र त्रास छ । तैपनि सरकारले परीक्षणका लागि चासो देखाएको छैन ।

कैदीबन्दीहरूले परीक्षणको माग गरे पनि स्वाब संकलन हुन सकेको छैन । जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकीको आशंका गरिएको बताए । ‘करिब एक सयजनामा रुखा, खोकी र ज्वरो आएको भन्ने छ,’ उनले भने, ‘केहीलाई औषधिले निको भएकाले मौसमी रुघाखोकी भएको आशंका गरिएको छ, केहीको परीक्षण पनि भइरहेको छ ।’

गत साता एक जनामा संक्रमण देखिएपछि केन्द्रीय कारागारको अस्पतालका स्वास्थ्यकर्मी, प्रहरी तथा त्यहाँ रहेका अन्य कैदीबन्दीको परीक्षण गरिएको थियो । जसमा थप एकजनामा संक्रमण देखिएको र अरूको रिपोर्ट नेगेटिभ आएको छ ।

गत शनिबार सिन्धुलीबाट उपचारका लागि केन्द्रीय कारागार ल्याइएका कैदीमा संक्रमण देखिएको थियो । यो शनिबार जेलकै अस्पतालमा उपचाररत एक महिला कैदीमा संक्रमण देखिएको बाँस्कोटाले बताए । दुवै जना क्वारेन्टिनमा बस्दै आएकाले उनीहरूको अरूसँग घुलमिल नरहेको उनको भनाइ छ ।

त्यस्तै, पर्सा कारागारका जेलरसहित ३२ जनामा संक्रमण देखिएको छ । यहाँ करिब एक हजार दुई सय थुनुवा छन् । संक्रमितमध्ये चारजना आइसोलेसनमा छन्, अरू डिस्चार्ज भइसकेका छन् । जेलरलाई समेत संक्रमण भएकोमा शनिबार डिस्चार्ज भएका छन् ।

बाँके कारागारका सात जना कैदीबन्दीलाई संक्रमण भएकोमा सबै निको भइसकेको कारागार व्यवस्थापन विभागले जनाएको छ । त्यस्तै, सिराहामा ६ जना संक्रमित भएका छन् । सुनसरीको झुम्का कारागारमा पनि ६ जनामा संक्रमण देखिएको छ । त्यस्तै स्याङ्जामा एक कैदीमा संक्रमण देखिएको छ ।

संक्रमण नियन्त्रणका लागि लकडाउन सुरु भएदेखि नै कारागारहरूमा भेटघाट बन्द गरिएको छ । तर, कैदीबन्दीलाई अस्पताल र अदालत लगिरहनुपर्ने भएकाले संक्रमणको जोखिम भएको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए । ‘पर्सामा अदालत र अस्पताल लगिएका कैदीबन्दीमा संक्रमण देखिएको छ,’ उनले भने, ‘यसरी बाहिर लगिएकाहरूलाई अनिवार्य आइसोलेसनमा राख्न भनेका छौँ ।’

नयाँ कैदीबन्दीलाई जेलभित्रै क्वारेन्टिनमा राख्ने र परीक्षण गरेर मात्र अरूसँग राख्ने गरिएको छ । संक्रमण सुरु भएयता जेल सरुवा पनि रोकिएको छ । संक्रमणको जोखिम भएपछि कैदीहरूलाई ब्लकमा राखिएको र एक ब्लकबाट अर्काेमा जान रोक लगाइएको विभागले जनाएको छ ।

हाल देशभरिका जेलमा करिब २३ हजार कैदीबन्दी छन् । जसमध्ये ४१ प्रतिशत मुद्दा फैसला भइनसकेका बन्दीहरू छन् । सबैभन्दा धेरै सुन्धारास्थित केन्द्रीय कारागारमा ३१ सय कैदीबन्दी छन् ।

देशभरिका कारागारमा क्षमताभन्दा करिब दोब्बर कैदीबन्दी भएकाले पनि कोचिएर बस्नु परेकाले संक्रमण छिट्टै फैलने जोखिम बढेको हो । जेलमा संक्रमण बढेपछि कैदीबन्दीका आफन्तले समेत चिन्ता बढेको बताएका छन् । कारागारमा सामूहिक मेस र बसोवास हुने भएकाले एकैजनाबाट धेरैलाई संक्रमण फैलने जोखिम छ ।

कोरोना समस्या सुरु भएपछि महान्यायाधिवक्ता कार्यालयले एक वर्षसम्म मात्र कैद सजाय भएका कैदीहरूलाई धरौटी राखेर छुट्ने मौका दिने निर्णय गरेको थियो । जसअनुसार दुई सय १९ जना छुटेका छन् । त्यस्तै सुधारगृहमा रहेका दुई सय २८ जना नाबालकलाई पनि यो अवधिमा छाडिएको छ ।

भदौ ८ गते, २०७७ - ०७:२८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना उपचारबाट पछि हटेको सरकारको स्पष्टोक्ति

काठमाडौं। कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट पछि हटेकामा सरकारको सर्वत्र...   

गृहमन्त्रीको भाषण सुनेर प्रहरीहरु हाँसिरहे…

काठमाडौं । नेपाल प्रहरीको ६५ औं स्थापना दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी तथा गृहमन्त्री...   
बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

बडादशैंको आज पाँचौ दिनमा स्कन्दमाताको पूजा आरधना गरि मनाउदैँ

काठमाडौं । हिन्दू नेपालीहरुको महान पर्व बडादशैंको पाँचौ दिन आज स्कन्दमाताको पूजा आरधना तथा दर्शन...   

बुटबलमा कोरोना संक्रमित थप २ जनाको मृत्यु

बुटवल । बुटवलमा कोरोनाले थप २ जनाको ज्यन गएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा...   

दसैं भत्ता : बागमती प्रदेशमा कांग्रेसले विपन्न र दलितलाई बाँड्ने, प्रदेश–२ मा जसपाका सांसदहरू पार्टीलाई बुझाउँदै

काठमाडौं । कोभिड–१९ महामारीमा पनि जनप्रतिनिधिले दसैं भत्ता बुझेको बताउँदै चौतर्फी आलोचना भइरहँदा...   
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सातादेखि तालाबन्दी

जुम्ला । डिन नियुक्तिको विरोध गर्दै कर्मचारीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी...   

जनताको उपचारमा पैसा छैन तर साधारण खर्च तीन महिनामा १ खर्ब ९१ अर्ब, विकासतर्फ जम्मा १९ अर्ब

काठमाडौं । महामारीको वेला जनताको उपचार गर्न र मृतकको लास उठाउन समेत नसक्ने घोषणा गरेको सरकारले साधारण...   

दसैंमा घर जानेबाट कोरोना गाउँ–गाउँ फैलिने जोखिम

काठमाडौं । दसै नजिकिएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या पनि बढिरहेको छ । बाहिरिने र भित्रिनेको...   

तीन महिनापछि ओली–नेपाल संवाद : नयाँ समीकरणका लागि ओलीको प्रस्ताव

काठमाडौं । स्थायी कमिटीका निर्णय कार्यान्वयनलाई लिएर पार्टीभित्र मतभेद सिर्जना भएकै वेला नेकपा अध्यक्ष...   

वीरको अक्सिजन प्लान्ट सात महिनादेखि अलपत्र, ३५ लाखमा बन्न सक्छ, तर बनाइएन

काठमाडौं । जनताको स्वास्थ्यप्रति सरकारको संवेदनशीलता हेर्न अन्त कतै जानु पर्दैन, वीर अस्पतालको अक्सिजन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top