Khabar Dabali Logo
  October 20, Tue

दुबईमा अड्किएका २६२ नेपाली काठमाडौँ आइपुगे

काठमाडौं । दुबईमा अड्किएका २६२ नेपाली उद्धार उडानमार्फत आज स्वदेश फर्किएका छन् । चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले काठमाडौँ ल्याएको हो ।

दुबईबाट नेपाली लिएर फर्किएको जहाज केहीबेरअघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानस्थल कार्यालयले जनाएको छ । निगमको जहाजले दुबईबाट २६२ यात्रु र दुई बच्चा काठमाडौँ ल्याएको निगमका अपरेशनल विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए । उक्त जहाजले काठमाडौँबाट दुईब उडानमा १६४ यात्रु र एक बच्चा लगेको थियो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको स्वीकृतिमा निगमले काठमाडौँ–दुबईका लागि रद्द उद्धार उडान सञ्चालन गरेको हो । निगमको गत १८ अगष्टका लागि दुबईबाट काठमाडौँका लागि तय गरिएको उडान यात्रुलाई काठमाडौँमा क्वारेन्टिनको व्यवस्थापन नभएको भन्दै सरकारले स्थगित गरेको थियो । निगमको वाइड बडी जहाज दुबईबाट रित्तै काठमाडौँ फर्किएको थियो । उडानका लागि दुबई एयरपोर्टमा तयारी अवस्थामा रहेका यात्रु अलपत्र परेका थिए । उक्त दिन दुबइबाट काठमाडौँ उडानका लागि टिकट लिइसकेका यात्रुलाई आज काठमाडौँ ल्याइएको हो । हालैको मन्त्रिपरिषद् वैठकले उद्धार उडान सञ्चालन गर्न अनुमति दिएको थियो ।

विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार आज विभिन्न मुलुकबाट नेपालीलाई स्वदेश फर्काउन तथा कार्गोका लागि आगमन र प्रस्थान दुबै गरी चार अन्तर्राष्ट्रिय उडान भएका छन् । नेपाल एयरलाइन्सले दुबईबाट नेपालीको उद्धार गरी काठमाडौँ ल्याएको छ भने हिमालय एयरलाइन्सको चीनको कुनमिङमा दुई उडान हुनेछ । हिमालयका दुबै जहाज आज राति गन्तब्यतर्फ उड्ने विमानस्थलले जनाएको छ । आजै भोल्गा ड्नेपर एयरलाइन्स नागपुरबाट १७ हजार केजी कार्गो काठमाडौँ ल्याएको छ । सोमबार पनि उद्धार तथा कार्गो गरी चार अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले उडान तालिका सार्वजनिक गरेको छ ।

भदौ ७ गते, २०७७ - १९:४९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्दिवास अस्पतालमा एक हजार पिसीआर परीक्षण, ४७ जनामा कोरोना पुष्टि

महोत्तरी । महोत्तरीको बर्दिवास अस्पतालले एक हजारभन्दा बढीको पिसीआर परीक्षण गरेको छ । गत भदौ १२ गतेदेखि...   
आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो चन्द्रघण्टा देवीको विधिपूर्वक...   
प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

प्रस्तावित राजदूत डा खतिवडा र रेग्मीविरुद्ध चार उजुरी

काठमाडौं । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित नेपाली राजदूतविरुद्ध सङ्घीय...   

यातायातमन्त्री नेम्वाङलाई कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको...   

नेकपा केन्द्रीय बैठक हुन अब १२ दिन मात्र बाँकी, सम्भव होला बैठक ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को यही कात्तिक १५ देखि १७ गतेसम्म काठमाडौँमा केन्द्रीय कमिटीको...   

सभामुख सापकोटाले चाडपर्व खर्च कोरोना कोषमा जम्मा गर्ने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले चाडपर्ववापत प्राप्त हुने रकम सरकारले स्थापना गरेको कोरोना...   

कोरोनाबाट मृत्यु हुनेको संख्या ७५७ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप १८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट...   

थप ३ हजार ७९० लाई कोरोना, देशभर सक्रिय संख्या नाघ्यो ४० हजार

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा...   

सोमबार काठमाडौं उपत्यकामा मात्रै २ हजार ३८८ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप काठमाडौं उपत्यकामा २ हजार ३ सय ८८ जनामा कोरोना भाइरसको संक्रमण...   

सांसद महेश बस्नेतद्वारा दशैंभत्ताको रकम भक्तपुर अस्पताललाई

भक्तपुर । भक्तपुर क्षेत्र नं २ का सङ्घीय सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले यस वर्षको दशैं भत्तावापतको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top