Khabar Dabali Logo
  October 25, Sun

यी ३ कम्पनीका कोरोना विरुद्धका खोप नेपालमा परीक्षण हुँदै

अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ

काठमाडौं । खोप विकासमा सबैभन्दा अगाडि रहेको विश्वका ३ खोप उत्पादक कम्पनीले नेपालमा तेस्रो चरणको खोप परीक्षणको प्रकृया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोपको नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको जनाउँदै थप प्रगति भएपछि प्रकृयाबारे जानकारी गराउने बताएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्देशिका बमोजिम तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि खोप निर्माता कम्पनीले विश्वका विभिन्न देशमा ठूलो संख्यामा परीक्षण गर्नुपर्ने हुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप परीक्षणका लागि पहलकद्मी लिएपछि खोप विकासमा जुटेका विश्वका तीन कम्पनी नेपालमा परीक्षणको प्रक्रिया अगाडि बढाएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ ।

परिषद्ले कोभिड–१९ विरुद्धको खोपको तेस्रो चरणको क्लिनिकल ट्रायलका लागि नेपालमा अध्ययन अनुसन्धान गर्न चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका गरी तीनवटा कम्पनी इच्छुक रहेको जनाएको छ । नेपालमा खोप विकासको अध्ययन अनुसन्धान तथा परीक्षण सम्बन्धी गतिविधि सञ्चालन गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जिम्मेवारी दिइएको छ ।

चीनको वुहान इन्स्टिच्युट अफ बायोलोजिक प्रोडक्ट्सको सिनोफार्म, अक्सफोर्ड विश्वविद्यालयको आष्टा जिनेका र रुसको गेमेलिया नेशनल सेन्टर अफ इपिडिमियोलोजी एण्ड माइक्रोबायोलोजि खोप विकासमा अगाडि देखिएका छन् ।

गेमेलियाले भने दोस्रो चरणको परीक्षणमै खोप दत्र्ता गरी प्रभावकारी र सुरक्षित भएको दाबी गरिसकेको छ । तेस्रो चरणको परीक्षण नहुँदै गेमेलियाको उत्पादन ‘स्पुतनिक भी’ को ठूलो मात्रामा उत्पादन समेत सुरु भइसकेको छ ।

चीन, बेलायत र रुसी तीनै खोप निर्माता कम्पनीले नेपालमा तेस्रो चरणको परीक्षणको लागि तयार रहेको मन्त्रालयले जनाएको छ । परिषद्का सदस्य सचिब डा. प्रदीप ज्ञवाली खोप विकास र परीक्षणबारेको बिस्तृत जानकारी केही दिनपछि दिने बताए ।

उत्पादक कम्पनीले सफलताको दाबी गरिरहँदा विश्वका कतिपय राष्ट्रले कम्पनीसँग आपूर्तिका लागि सम्झौता समेत गरिसकेको छ । अष्ट्रेलिया, बेलायत, जर्मनी लगायतका राष्ट्रहरु सम्झौतामा अगाडि देखिएका छन् । जनस्वास्थ्यविद् तथा चिकित्सकहरुले नेपालले समेत खोपको अधिकार सुरक्षित गर्न पहलकद्मी लिनुपर्ने बताइरहँदा मन्त्रालयले परीक्षणको लागि तीनै कम्पनीले प्रक्रिया अगाडि बढाएको जानकारी सार्वजनिक गरेको छ ।

यद्दपी खोप खरीद सम्बन्धी प्रक्रिया बारेमा मन्त्रालयले स्पष्ट गरेको छैन् । खोप सुरक्षित गर्न विभिन्न तीनवटा प्रक्रिया रहेको छ । खोप खरिद गर्न चाहने राष्ट्रले उत्पादक कम्पनीसँग प्रत्यक्ष सम्झौता गर्न सक्नेछ ।

अर्को विश्व स्वास्थ्य संगठनले न्यून आय भएका राष्ट्रका लागि खोप खरिद गरी आपूर्ति गर्छ । तेस्रो, विश्व स्वास्थ्य संगठन र यूनिसेफकै अनुदानमा सञ्चालित गाभीले उत्पादक कम्पनीसँगको सहकार्यमा सबै राष्ट्रमा खोपको सामान अधिकार र आपूर्तिको व्यवस्थापन गर्छ ।

गाभीले सन् २०२१ को सुरुवातमै न्यून र मध्यम आय भएका राष्ट्रमा दश करोड खोप वितरण गर्ने जनाइसकेको छ । यस्ता मध्यम र न्यून आय भएका राष्ट्रको संख्या ९२ छ ।

गोरखापत्र अनलाइनबाट

भदौ ७ गते, २०७७ - १९:३४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा प्रवक्ता श्रेष्ठले मुख खोले –बिदेशी गुप्तचरसँग कुटनीतिक मुल्य र आचारसँहिता बिपरीतको यस्तो भेट किन ?

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा...   
कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

कर्णाली विवादबारे ओलीले एकलौटी निर्देशन दिएपछि प्रचण्डले दिए अर्को निर्देशन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कर्णाली प्रदेशको संसदीय दलको सचेतकसम्बन्धि दिएको...   
१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top