Khabar Dabali Logo
  October 28, Wed

हेटौंडासहित तीन स्थानमा पिसिआर स्थापना गर्दै बाग्मती प्रदेश

बाग्मती । केहीदिन अघिमात्रै काभ्रेको धुलीखेलमा कोरोना परीक्षण ल्याब सञ्चालन गरेको बाग्मती प्रदेश सरकारले प्रदेश राजधानी हेटौंडासहित तीन स्थानमा कोरोना परीक्षण ल्याब थपगर्ने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि यसअघि सञ्चालित ल्याबले धान्न सकैको छैन । दैनिक ९०० भन्दा बढीको परीक्षण गर्न मिल्नेगरी नयाँ ल्याब सञ्चालन गर्ने तयारी थालिएको सरकारले जनाइएको छ ।

सरकारले ९६ प्यानलको तीन वटा पिसिआर मेसिन खरिदगर्न लागेको हो । प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौंडा अस्पताल, सिन्धुली अस्पताल र भक्तपुर अस्पतालका लागि नयाँ पिसिआर मेसिन खरिद गर्न लागिएको प्रदेश स्वास्थ्य आपूर्ति तथा व्यवस्थापन केन्द्रका प्रमुख बसन्त अधिकारीले जानकारी दिए । पिसिआर मेसिन खरिद प्रक्रियाका लागि सोमबार नै बोलपत्र आह्वान गरिने उनले बताए । प्रदेश सरकारद्वारा हाल किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सञ्चालित ल्याबलाई समेत निरन्तरता दिइने जनाइएको छ ।

यसैबीच, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले धुलिखेलमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको परीक्षण ल्याबबाट कोभिड–१९ परीक्षण शुरु भएको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत पौडेलले अब उक्त प्रयोगशाला र धुलिखेल अस्पतालबाट दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सिन्धुली र काभ्रेबाट सङ्कलित स्वाब परीक्षण हुने जानकारी दिए । पौडेलले हेटौंडासहित जिल्ला अस्पताल सिन्धुली, जिल्ला अस्पताल भक्तपुर र नुवाकोटको त्रिशुली अस्पतालमा प्रयोगशाला निर्माण प्रक्रिया शुरु भैसकेको बताए ।

भदौ ७ गते, २०७७ - १८:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चौधरीको निधनमा अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा २ नं प्रदेश...   
नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्लीको वायु ‘अति प्रदुषित’ अवस्थामा

नयाँदिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु अति प्रदुषित अवस्थामा पुगेको...   

पाकिस्तानमा विस्फोट : सातको मृत्यु, एक सय १२ जना घाइते

पेशावर । शक्तिशाली बम विस्फोटनमा परी पाकिस्तानमा मङ्गलबार कम्तीमा सात जनाको मृत्यु भएको छ । सरकारी...   
भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

भारतमा तीन महिनापछि सबैभन्दा कम सङ्क्रमित देखिए

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या पछिल्लो तीन महिनामा मङ्गलबार सबैभन्दा...   
नेकपाको चियापन नहुने

नेकपाको चियापन नहुने

काठमाडौं । सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल संवत् ११४१, छठलगायत...   

बङ्गलादेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार लाख नजिक

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या करिब चार लाखको हाराहारीमा पुगेको सरकारी तथ्याङ्कमा...   
अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

नयाँदिल्ली । संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार...   

मोटरसाइकलले ठक्कर दिँदा दुई जनाको मृत्यु

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ मा आज भएको दुर्घटनामा...   

फ्रान्समा ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकै दिन ५२ हजार थपिए

सिन्ह्वा । फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका...   
अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

अर्मेनिया र अजरबैजानबीच नयाँ युद्धविराम

वासिङ्टन । अजरबैजान र अर्मेनियाबीच नयाँ युद्धबिरामको विषयमा सहमति भएको बताइएको छ । यी दुई देशबीच...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top