Khabar Dabali Logo
  October 31, Sat

बुटवलको काेराेना अस्पतालमा दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवल । बुटवलमा दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । उनीहरुको बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका वडा नंं १ निवासी ६७ वर्षीय महिला र रुपन्देहीको समरीमाई गाउँपालिका वडा नं. २ मुडुला निवासी ३८ वर्षिय पुरूष छन्।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार उनीहरूको आइतबार दिउँसो १ बजे मृत्यु भएको हो ।

उनीहरू दुवै जनाको आइसियूमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो।

मृतक महिला साउन ३१ गतेदेखि अस्पतालमा भर्ना भएकी थिइन्।

उनमा कोरोना संक्रमणसँगै उच्च रक्तचाप र मिर्गौलाको समेत समस्या रहेको अस्पतालले जनाएको छ।

त्यस्तै, मृतक पुरूषलाई भदौ १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो।

भदौ ७ गते, २०७७ - १६:११ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोरङमा एकैदिन थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...   

उपत्यकामा मात्रै १३५७ संक्रमित थपिए, देशभर १ लाख ३१ हजार २२२ जना निको भए

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्...   

१२ दिनपछि ओली -प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । करिब दुई...   

पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको...   

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी...   

बाँके र प्युठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४...   

विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन...   

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको...   

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर

कर्णाली । दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन...   

सुक्खा बन्दगाह निर्माण कार्य युद्धस्तरमा अगाडि बढाउँछौँ : मन्त्री भट्ट

कञ्चनपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले महाकाली नगरपालिकाको दोधारा चाँदनीमा...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top