Khabar Dabali Logo
  October 31, Sat

विराटनगरकाे होटल एशियाटिक आइशोलेशनका रुपमा सञ्चालन

विराटनगर । नेपालमा पहिलो पटक निजीस्तरबाट विराटनगरस्थित होटल एशियाटिकमा आइशोलेसन सञ्चालनमा ल्याइएको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता कार्यले बन्द रहेका होटललाई यसबाट केही हदसम्म मद्दत पुग्ने देखिन्छ ।

प्रदेश सरकारको पहिलेदेखि नै स्थानीय होटललाई आइशोलेशन सञ्चालन गर्ने सोचलाई होटल एशियाटिकले पूरा गरेको छ । सो होटलमा हाल ६५ शय्या तयार गरिएको छ । अत्यन्त सुविधासम्पन्न सो होटल शनिबारदेखि आइशोलेशनका रुपमा चलाइएको होटल सञ्चालक पुण्य भट्टराईले जानकारी दिए।

वातावरणअनुकूलित सो आइसोलेशनमा नेपाल विद्युत् प्राधिकरण दमकका छ, राष्ट्रिय वाणिज्य बैंक विराटनगरका एक र नेपाल राष्ट्र बैंक विराटनगरका एक जना बसिरहेका छन् । अहिले सुनसरीको इटहरीबाट दुई जना आउन लागेको जनाइएको छ ।

तातो र चिसो दुवै पानी पाइने सो आइसोलेशनको एक कोठाको दैनिक रु एक हजार १०० शुल्क कायम गरिएको छ । मरीचयुक्त कालो चिया निःशुल्क उपलब्ध हुने छ । खानामा बिहानको खाजा, दिउँसोको खाना, रातिको खाना तथा बेसार र दूधसहितको सुप दिइने छ । दुई किसिमको होटलको मेनुमा रु एक हजारदेखि रु एक हजार ५०० शुल्क कायम गरिएको सञ्चालक भट्टराईले जानकारी दिए।

उनका अनुसार होटलमा सङ्क्रमण फैलिन नदिन सधैँ सेनिटाइज गरिन्छ । होटेलले आफ्ना कर्मचारीको कोरोना बीमा गरेको र जोखिम नियन्त्रण एवं निर्मूल गर्न सबै किसिमको प्रविधि प्रयोग गरेको छ ।

उनले होटलमा बस्दा कुनै बिरामीको अवस्था गम्भीर भएमा आइसियु, भेन्टिलेटरसहितको अस्पतालमा पु¥याउन विराटनगर महानगरपालिकासँगको सहकार्यमा एम्बुलेन्सको व्यवस्था गरिएको जानकारी पनि दिए ।

महानगर प्रमुख पराजुलीको पहलमा शुरु भएको सो आइशोलेशन विराटनगर विमानस्थल जाने बाटोमा पर्छ । महानगरपलिकाले यसअघि आफ्नो खर्चमा मरवाडी सेवा सदनमा ४० र बैजनाथपुरमा २० शय्याको आइशोलेशन तयार गरी बिरामीलाई सेवा प्रदान गर्दै आएको प्रमुख पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले जानकारी दिए ।

भदौ ७ गते, २०७७ - १६:०१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना त्रासका कारण ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ स्थगित

काठमाडौं । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ...   

मोरङमा एकैदिन थप छ जना कोरोना सङ्क्रमितको मृत्यु

मोरङ । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको...   

उपत्यकामा मात्रै १३५७ संक्रमित थपिए, देशभर १ लाख ३१ हजार २२२ जना निको भए

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै १३५७ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्...   

१२ दिनपछि ओली -प्रचण्डबीच भेटवार्ता, के छलफल भयो ?

काठमाडौं । नेकपाका अध्यक्षद्वय केपी शर्माओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । करिब दुई...   

पछिल्लो २४ घण्टामा थप २ हजार ५०८ जनामा कोरोना पुष्टि, १७ जनाको मृत्यु

काठमाडौं । नेपालमा शनिबार थप २ हजार ५ सय ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको...   

यस वर्षको तिहारमा भारतबाट फूल नल्याइने

काठमाडौं । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी...   

बाँके र प्युठानमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु

बाँके । बाँकेमा उपचाररत थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४...   

विज्ञापन कर नतिरेको भन्दै होडिङ बोर्ड हटाउन शुरु

इलाम । इलाम नगरपालिकाले नगरभित्र विभिन्न स्थानमा टाँगिएका होडिङ बोर्डहरु हटाउन शुरु गरेको छ । विज्ञापन...   

तिलोत्तमामा धानको समर्थन मूल्य कार्यान्वयनमा

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित साना किसान कृषि सहकारी संस्थाहरुले सरकारले तोकेको...   

पर्यटक आकर्षणको केन्द्र बन्यो गुराँस भ्यूटावर

कर्णाली । दैलेख–सुर्खेत सडकखण्डमा पर्ने गुराँसे आफैँमा रमणीय क्षेत्र हो । यात्रुहरु गुराँसेमा एकछिन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top