Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

झोलुङ्गे पुल बनेपछि ४५ मिनेटको बाटो अब ५ मिनेटमा

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिकाको लस्ती खोलामा झोलुङ्गे पुल बनेपछि दुई वडाका स्थानीयवासी औधि खुुशी भएका छन् । वडा नं ३ घाचोकको डिलिनचौर र वडा नं ४ लाहाचोक पहेँले जोड्ने गरी लस्तीमा १०६ मिटर लामो पुल गत साउन मसान्तमा निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि घुमाउरो बाटो भएर नदी वारपार गर्नुपर्ने बाध्यता हटेर समयको समेत बचत भएको छ ।

सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम अन्तर्गतको अनुदान सहयोग, गाउँपालिका र स्थानीय उपभोक्ताको साझेदारी गरी रु ४९ लाख ६१ हजार लागतमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै आवतजावतका लागि कम्तिमा पौने घण्टा समय बचत भएको वडा नं ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए । पुल निर्माणका लागि नौलो घुम्ती नेपालले प्राविधिक सहयोग उपलव्ध गराएको थियो ।

उनले भने,“फागुन पहिलोसाताबाट शुरु भएको झोलुङ्गे पुल निर्माण लकडाउनमा समेत निरन्तर काम भएर साउन मसान्तबाट सञ्चालनमा आएको छ, दुवैवडाका नागरिकलाई घुमाउरो बाटो भएर आउन÷जान एक घण्टा लाग्ने गरेकामा अब पाँच मिनेटमै वारपार गर्न सकिन्छ ।”

घाचोकका युवा विष्णु पोखरेलले पुल निर्माणपछि दुबै वडाका वडाबासीहरूलाई कहालीलाग्दो लस्ती खोलाको असुरक्षित ठाडो उकाली÷ओराली गर्नुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य भएको जानकारी दिए । दुई वडाबीच खेती किसानीमा अर्म÷पर्म गर्न मिल्ने, घाँस काट्न आउन जान सजिलो तथा कृषि उत्पादन विक्री वितरणमा समेत सहयोग पुगेर समग्र क्षेत्रमा समृद्धि सहित भावनात्मक सम्वन्ध समेत थप मजवुत हुने उनको भनाई छ ।

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबाबु हमालले समितिमा दुवै वडाबाट सदस्य रहेको जानकारी दिँदै कोरोना महामारीमा समेत निरन्तर निर्माण कार्य गरिएको जानकारी दिए । पुल सञ्चालनपछि दुबै वडाका गरी ४०० घरधूरीका दुई हजार जनसङ्ख्या प्रत्यक्ष लाभाविन्वत भएको बताइन्छ । क्षेत्रगत कार्यक्रमबाट रु ४५ लाख ६४ हजार ३९८, गाउँपालिकाबाट रु दुई लाख ९७ हजार ६७८ तथा जनश्रमदान ९९ हजार २२६ लागतमा पुल निर्माण भएको हो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies