Khabar Dabali Logo
  October 24, Sat

खाद्यपदार्थ राखेको खोलबाट कोरोना सङ्क्रमण सर्ने खतरा

एजेन्सी । हालै चीनमा विदेशबाट आयात गरी चिस्यानमा भण्डारण गरिएका झिँगे माछा र कुखुराको मासु राखिएको खोलमा कोरोनाभाइरसको अवशेष फेला परेको विवरण आयो।

यसले खाद्यपदार्थ राख्न प्रयोग गरिने खोलबाट कोरोनाभाइरस सर्न सक्छ कि सक्दैन भन्ने प्रश्न फेरि उत्पन्न भएको छ।

सम्भावना कति छ ?
सिद्धान्तत: खाद्यपरदार्थ प्याक गर्ने सामग्रीबाट कोभिड-१९ सर्ने सम्भावना हुन्छ।
प्रयोगशालामा आधारित अध्ययनहरूका अनुसार खाद्यवस्तु राख्न प्रयोग हुने धेरै किसिमका प्लास्टिक र कागजका केही सामग्रीमा भाइरस धेरै दिनसम्म नभए पनि घण्टौँसम्म भने बाँच्न सक्छ।

कम तापक्रममा भाइरस थप स्थिर रहन सक्छ र त्यसरी कम तापक्रममा राखेर नै धेरै खानेकुराहरू एक ठाउँबाट अन्यत्र पुर्‍याइन्छ।

यद्यपि केही वैज्ञानिकहरूले भने प्रयोगशालाबाहिर पनि यस्तै परिणाम आउन सक्नेबारे प्रश्न उठाएका छन्।

यूनिभर्सिटी अफ लेस्टरमा कार्यरत श्वासप्रश्वास विज्ञानका सहप्राध्यापक डाक्टर जुलियान ट्याङ बाहिरी संसारमा पर्यावरणीय अवस्था एकदमै छिट्टै परिवर्तन हुने र त्यसले गर्दा भाइरस लामो समयसम्म बाँच्ने बताउँछन्।

रट्गर्ज यूनिभर्सिटीमा सूक्ष्मजीव विज्ञानका प्राध्यापक इम्यानुअल गोल्डम्यानले जुलाईको द ल्यान्सेटमा लेखेका छन् ‘मेरो विचारमा निर्जीव सतहबाट सर्ने सम्भावना एकदमै न्यून हुन्छ। तर सङ्क्रमित व्यक्तिले कुनै ठाउँमा खोक्यो वा हाच्छिउँ गरेको छ र त्यहाँ अर्को कुनै व्यक्तिले दुई घण्टाभित्र छोयो भने सम्भावना रहन्छ।’

भाइरस कसरी सर्न सक्छ ?
प्याकिङको काम गर्ने ठाउँमा कामदारले सङ्क्रमित ठाउँमा छोएर नाक मुख र आँखामा त्यही हातले छुँदा सङ्क्रमण सर्ने खतरा बढी हुने अनुमान गरिन्छ।

वैज्ञानिकहरू भने अहिले कोभिड-१९ सर्ने यो मुख्य तरिका नभएको ठान्छन्।

‘भाइरस भएका कुनै सामान वा भुइँ छुँदा त्यसबाट मानिसलाई कोभिड-१९ सर्ने सम्भावना छ, ‘अमेरिकी स्वास्थ्य निकाय सेन्टर फर डिजीज कन्ट्रोलले आफ्नो वेबसाइटमा लेखेको छ। तर उसले थपेको छ, ‘भाइरस फैलिने मुख्य तरिका नै यही हो भन्ने चाहिँ ठानिँदैन।’

प्याक गर्दा नै कुनै व्यक्तिलाई भाइरस सर्‍यो भन्ने प्रमाणित गर्न गाह्रो हुने डा। ट्याङ बताउँछन्।

खानेकुरा पोको पार्दा नै सङ्क्रमण भएको हो भन्ने कारण पत्ता लगाउनका लागि त्यो व्यक्ति अन्य कुनै ठाउँमा गएको छैन वा उसले सम्भावित ठाउँमा छोएको छैन र लक्षण नभएका व्यक्तिहरू नजिक पनि पुगेको छैन भन्ने यकिन हुनुपर्छ।

व्यक्तिबाट व्यक्तिमा निम्न लिखित तरिकाबाट सर्ने र फैलिने बताइन्छः

  • दुई मिटरभन्दा नजिक रहने व्यक्तिव्यक्तिबीच
  • सङ्क्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा वा कुरा गर्दा निस्किने छिटाले
  • ती छिटा जब कुनै नजिकैको व्यक्तिको मुख वा नाकमा पुग्छ

भदौ ७ गते, २०७७ - १२:५१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जाजरकोटमा माटो खन्दा दुई जनाको मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका –३ दशेरामा माटो खन्दा ढिस्काले पुरी आज अपराह्न दुई जनाको मृत्यु भएको छ...   

कोरोना निको हुनेको संख्या १ लाख ८ हजार ३३४, ८४२ जनाले ज्यान गुमाए

काठमाडौं । यसै गरी पछिल्लो २४ घण्टामा २ हजार ८४६ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या...   

काठमाडौँ उपत्यकामा ११ सय १० सहित २ हजार २२५ जनामा संक्रमण पुष्टि

काठमाडौं । शनिबार थप २ हजार २२५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये १ हजार ४४६ जना पुरुष...   
नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँदिल्लीको वायु झन झन प्रदुषित हुदै

नयाँ दिल्ली । भारतको केन्द्रीय राजधानी रहेको नयाँदिल्ली शहरको वायु झन झन प्रदुषित हुदै गएको छ । शनिबार...   
चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

चर्च भवन भत्किदा २२ जनाको मृत्यु, कैयौँ घाइते

अबुजा । चर्च रहेको भवन भत्किदा शुक्रबार घानामा कम्तीमा २२ जनाको मृत्यु भएको छ । देशको पूर्वी क्षेत्रमा...   

कोरोना सङ्क्रमणबाट जनकपुरमा एक महिलाको मृत्यु

जनकपुर । जनकपुरमा गएराति कोरोना सङ्क्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका–१...   

गण्डकी प्रदेशमा सङ्क्रमितको संख्या छ हजार ४५९ पुग्यो

कास्की । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ४५९ पुगेको छ । अद्यावधिक विवरण अनुसार आज...   

अनिष्टको त्रासले जमरा राख्दैन माझी समुदाय

बागलुङ । बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ । कालीगण्डकी किनारमा...   

आगामी महिना कोरोनाको समस्या थप बढ्ने विश्व स्वास्थ्य संगठनको चेतावनी

मस्को । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९को...   

अमेरिकामा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित

इडाहो । अमेरिकामा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top