Khabar Dabali Logo
  October 21, Wed

५ सञ्चारकर्मीसहित वीरगन्जमा थप १ सय ५६ जनामा कोरोना संक्रमण

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परिक्षणमा थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार राति ३ सय २० जनाको स्वाब परीक्षण गर्दा १५६ जनामा कोरोना पुष्टि भएको हो ।

संक्रमित हुने मध्य ९ जना बारा, ५ जना रौतहट र बाँकी पर्साका रहेका छन्ु । संक्रमित मध्य ३४ जना महिला छन् ।

४३ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ पाइएका हुन् ।

त्यस्तै नेसनल मेडिकल कलेजका तीन जनासहित पाँच जना चिकित्सक पनि संक्रमित भएका छन् । वीरगन्जको एक एफएमका ५ जना सञ्चारकर्मीमा कोरोना पुष्टि भएको छ ।

त्यसैगरि जिल्ला प्रहरी कार्यालय पर्साका ९ जना थुनुवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । जीतपुर आर्मी ब्यारेकका दुईजना स्टाफ संक्रमित भएका छन् । नेपाल फर्मास्युटिकल्स लिमिटेडका ९ जना र हिमाल आइरन स्टिलका ३ जना स्टाफमा संक्रमण पुष्टि भएको छ । सुख्खा बन्दरगाहका दुई जनामा कोरोना पोजिटिभ देखिएको छ ।

वीरगन्ज महानगरपालिका– १४ पिप्रामा १६ जना र छपकैयामा १० जना संक्रमित थपिएका छन् । वीरगन्जका अन्य संक्रमितहरु राधेमाई, माईस्थान, रामटोल, श्रीपुर, रेशमकोठी, नगवा, मुर्ली, तेजारथ टोल, कुम्हालटोल, गणेशटोल, अपौनी, बसडिल्वा, भिस्वाका बासिन्दा हुन् । पर्सागढी नगरपालिकामा थप ४ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी पर्साको बिन्दवासनी गाउँपालिकामा ९ जनामा कोरोना देखिएको छ ।

भदौ ७ गते, २०७७ - ११:५२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   

काठमाडौं उपत्यकामा मात्रै ३ हजार १०७ जनामा कोरोना, मृत्यु हुनेको संख्या ७९१ पुग्यो

काठमाडौं । बुधबार काठमाडौ उपत्यकामा मात्रै ३ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य...   

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक, मंसिर ९ देखि हुने

काठमाडौं । कोरोना भाइरसका कारण सरेको कक्षा १२ को परीक्षा आगामी मंसिर ९ गतेदेखि हुने भएको छ। राष्ट्रिय...   

देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६ नाघ्यो, निको हुनेको संख्या एक लाख नजिक

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

बुधबार थपिए अहिलेसम्मकै धेरै कोरोना संक्रमित, २६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप ५ हजार ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संख्या अहिलेसम्मकै...   

अनिश्चितकालका लागि हुम्ला जिल्ला अस्पताल बन्द

हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल...   

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक...   

ललितपुरका चार हजार बढीले राहत बुझे

ललितपुर । कोरोना महामारीले दिनानुदिन उत्पन्न गरेको भयाभह अवस्थामा दक्षिण ललितपुरका चार हजार बढीले...   
गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

गृह मन्त्रालयकाे नाम लिएर भ्रामक सूचना प्रवाह भएपछि दूरसञ्चारले दियाे कारवाहीकाे चेतावनी

काठमाडौँ । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top