Khabar Dabali Logo
  October 20, Tue

अपाङ्ग आश्रमलाई केहि नगद सहित दाल चामल सहयोग

काठमाडौँ । वोधिसत्व विहारले तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीस्थित रहेको अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । गन्तव्य नेपालको सहकार्यमा विहारले २५ अपाङ्ग बालबालिकालाई आश्रय दिएको इप्सा नेपाललाई नगदसहित खाद्य सामग्री सहयोग गरेको हो ।

बोधिसत्व विहार मानव सेवामा समर्पित बौद्धमार्गीहरूको अन्तर्राष्ट्रिय संस्था हो । सो विहारले अपाङ्ग आश्रममा नगद रु ५० हजार, २५० किलोग्राम चामल, ३० किलोग्राम दाल, ३० किलोग्राम गेडागुडी, १० किलोग्राम चिनी, दुई किलोग्राम मसलालगायतका सामग्री सहयोग गरेको छ ।

कार्यक्रममा विहारका सुप्रिम मास्टर हेगुवाङ शीले लकडाउन पूर्ण रूपमा अन्त्य नहुन्जेल संस्थामा आश्रय लिइरहेका सबैको खानपिनको सम्पूर्ण जिम्मा आफूले लिनेसमेत बताएका छन् । गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले अपाङ्ग आश्रममा शौचालय र वाथरुमको असुविधा रहेकाले उक्त मर्मतका लागि आफूले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विहारले बन्दाबन्दीको समयमा हालसम्म नेपालका विभिन्न भागमा पुगेर चार लाखभन्दा बढी व्यक्तिलाई खाना खुवाइसकेको विहार लकडाउन फुड च्यारिटीका संयोजक शान्त शर्माले बताए । यससँगै विहारले विपन्न वर्गका सुत्केरी, बालबालिका र वृद्धवृद्धालाई विशेष पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ ।

भदौ ७ गते, २०७७ - ११:४२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मोटरसाइकलको ठक्करबाट ६९ वर्षीया थारुको मृत्यु

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आज अपराह्न मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको...   

भियतनाममा बाढीबाट ९० जनाको मृत्यु

हनोइ । गएको कम्तीमा पनि दुई हप्तायतादेखि भियतनाममा जारी रहेको बाढी र पहिरोका कारण कम्तीमा पनि ९० जनाको...   

चीनको अर्थतन्त्रमा तिब्र सुधार, कोरोनाभाइरस नियन्त्रणमा उल्लेखनीय सफलता

बेइजिङ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र रहेको चीनमा कोरोनाभाइरस महामारी नियन्त्रणमा उल्लेखनीय सफलता...   

विश्वमा कोरोना सङक्रमितको संख्या करिब ४ करोड, ११ लाख १३ हजारको मृत्यु

वासिङ्टन । विश्व कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या करिब चार करोड पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले...   

भारतमा कोरोना सङ्क्रमितको संख्या ७५ लाख नाघ्यो

नयाँ दिल्ली । भारतमा सोमबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७५ लाख नाघेको छ । सोमबार बिहानसम्म...   

मध्यपहाडी राजमार्गका अधिकांश स्थानमा हुन सकेन निर्माण

काठमाडौँ । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गको अधिकांश स्थानमा निर्माणको कम हुन सकेको छैन । कोभिड–१९...   

अवैध जडीबुटीसहित पक्राउ परेका ३ जनामाथि कारवाही प्रक्रिया शुरु

बाग्मती । प्रतिबन्धित जडीबुटीको ट्रकसहित पक्राउ परेका तीन जनामाथि डिभिजन वन कार्र्यालय राप्ती मनहरी...   

१०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण

भोजपुर । पौवादुङ्मा गाउँपालिकामा घुम्ती शिविरमार्फत १०४ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको...   

सिमकोटका दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री सहयोग

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका ५ ले दलित तथा अतिविपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग...   

मदिराको मातमा पार्किङ्ग गरेर राखिएको गाउँपालिकाको गाडी तोडफोड

सिमकोट । मदिरा सेवन गरेर मातिएका एक जनाले हुम्लाको ताँजाकोट गाउँपालिकाको गाडी तोडफोड गरेका छन् । पार्किङ्ग...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top