Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

प्रदेश नं २ मा होम आइसोलेसनमा बस्नेको सङ्ख्या बढ्दै

महोत्तरी । प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक हजार ६३ थियो । भदौका छ दिनमा मात्रै दुई हजार १४४ जना होम आइसोलेसनमा बस्ने थपिएका हुन् ।

आफ्नै घरमा रेखदेख, स्याहारसम्भार र वास्ता राम्रो हुने ठहरका साथ होम आइसोलेसनमा बसेको सङ्क्रमण पुष्टि भएकाहरुको भनाइ छ । ठिक आहारव्यवहार, सन्तुलित खानपान र भौतिक दूरी निर्वाहबाट सङ्क्रमणमुक्त हुन सकिने भएपछि यस्ता सङ्क्रमित आफ्नै घरमा बस्न थालेका हुन् । “सुरक्षा सतर्कता अपनाउँदा अपनाउँदै पनि जनताका काममा लागि रहँदा सङ्क्रमित भइएछ”, अहिले होम आइसोलेसनमा बस्दै आउनुभएका महोत्तरीको भङ्गाहा नगरपालिका–४ का वडाध्यक्ष अशोककुमार महतोले सञ्चारकर्मीसँग भने, “बस्ने तौरतरिका, निर्वाह गर्नुपर्ने सतर्कता, सन्तुलित खानपानको तालिका र आहारव्यवहारबाटै कोरोना परास्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाहित गर्न पनि होम आइसोलेसन प्रभावकारी हुने लाग्यो, घरका सबैले परबाट हेर्न पाइरहेका र ठिकठाक देखेपछि सबैमा यो सङ्क्रमणबाट मुक्त हुइने आत्मविश्वास जागेको महसुस गरेको छु ।”

प्रदेश नं २ का आठवटै जिल्लामा गरी भदौ लागेयता एक हजार ५५५ नयाँ सङ्क्रमित थपिएका छन् । यिनीहरुमध्ये धेरैजसो र यसअघिका समेत गरी अहिले होम आइसोलेसनमा बस्नेको सङ्ख्या तीन हजार २०७ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिलेसम्म सिरहा होम आइसोलेसनमा बसेका नदेखिएको प्रदेशको एक मात्र जिल्ला हो । यसबाहेक अहिले पर्सामा ७६६, रौतहटमा ७०४, महोत्तरीमा ६५१, धनुषा र सर्लाहीमा ३६० एवं बारामा २९१ जना सङ्क्रमण पुष्टि भएकाहरु होमआइसोलेसनमा बसेका मन्त्रालयको तथ्याङ्क छ ।

प्रदेश नं २ का सबै जिल्लामा अहिले निषेधाज्ञा जारी छ । पछिल्लोपटक भदौ १ गते प्रदेशका आठवटै जिल्ला प्रशासनले निषेधाज्ञा अवधि थप्दै लगेका छन् । कडाइपूर्वकको निषेधाज्ञा अवधिभित्रै पनि कोभिड–१९ सङ्क्रमण बढ्दो देखिएको छ । भदौ महिनाका छ दिनभित्र प्रदेशभित्र एक हजार ५५५ नयाँ सङ्क्रमित थपिएका छन् । यसै अवधिमा १४ सङ्क्रमितको मृत्यु भएको छ ।

अहिले ९भदौ ६ गते शनिबारसम्म० प्रदेशका आठवटै जिल्लामा गरी कूल सङ्क्रमित आठ हजार ५२० पुष्टि भएका छन् । साउन मसान्तमा यो सङ्ख्या छ हजार ९६५ थियो । त्यसैगरी भदौ लागिकन १४ सङ्क्रमितको ज्यान गएको छ । साउन मसान्तमा ४५ रहेको मृतक सङ्ख्या शनिबारसम्म बढेर ५९ पुगेको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्क अभिलेखले देखाएको हो । यद्यपि भदौमा पुष्टि भएको सङ्क्रमण यसअघि नै प्रभावित भएकाहरुमा देखिएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरे बताए ।

प्रदेश नं २ मा गत साउनमा मात्रै तीन हजार ५४ मा महाव्याधिको सङ्क्रमण भएको हो । साउन मसान्तसम्म कूल छ हजार ९६५ मा सङ्क्रमण पुष्टि भएको थियो । गत साउनमै प्रदेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका ४२ जनाको मृत्यु भएको थियो । कूल सङ्क्रमित मृत्यु हालसम्मका ५९ मध्ये दुई गत जेठमा र एक असारमा मृत्यु भएका प्रदेश नं २ सरकारको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको हो । असार मसान्तसम्ममा तीन हजार ९११ मा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण पहिलोपटक गत चैत महिनाको मध्यपछि पाइएको हो । शुरुमा पर्साको वीरगञ्जमा आएका तीन भारतीयमा सङ्क्रमण पुष्टि भएसँगै त्यसपछि विभिन्न जिल्लामा फैलँदै गएको तथ्याङ्कले देखाउँछ । चैत मसान्तसम्म प्रदेशमा तीन मात्र देखिएको यो सङ्ख्या वैशाख मसान्तमा बढेर ९५ पुगेको हो । तीमध्ये वैशाखमा मात्रै ९२ जना सङ्क्रमण पुष्टि भएका हुन् ।

सामाजिक विकास मन्त्रालयको तथ्याङ्कअनुसार जेठमा एक हजार ९१९ मा सङ्क्रमण पुष्टि भएपछि यो कूल सङ्ख्या जेठ मसान्तसम्म दुई हजार १४ पुगेको देखिन्छ । त्यसैगरी असारमा एक हजार ८९७ नयाँ सङ्क्रमित थपिएका थिए । असार मसान्तमा सङ्क्रमितको कूल सङ्ख्या तीन हजार ९११ पुगेको अभिलेखले देखाएको छ ।

पछिल्लोपटक साउन ७ यता लकडाउन हटेपछि प्रदेशमा सङ्क्रमण ह्वात्तै बढेको देखिन्छ । यद्यपि साउन तेस्रो साताको अन्त्यतिर जिल्ला–जिल्लामा निषेधाज्ञा लाग्न थालेपछि प्रदेश नं २ फेरि लकडाउनमा फर्केको छ । साउन ७ गते सरकारले लकडाउन हटाएयता कोभिड–१९ सङ्क्रमण झन्झन् बढ्दै गएपछि साउन २० देखि ठाउँठाउँमा धमाधम निषेधाज्ञा घोषणा गरिदै जाँदा सिङ्गो प्रदेश नै अहिले फेरि बन्दाबन्दीको अवस्थामा पुगेको छ । अहिले प्रदेशका सबै जिल्ला (स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालय) ले जिल्लाभरि नै निषेधाज्ञा आदेश जारी गरेका छन् ।

प्रदेशमा साउन चौथो साता प्रारम्भपूर्व नै प्रदेशका विभिन्न जिल्लामा निषेधाज्ञा घोषणाको क्रम शुरु भएको हो । स्थानीय प्रशासनले जिल्ला/ जिल्लामा कार्यरत कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रको सिफारिसमा कतै जिल्लाभरि नै त कतै निश्चित सीमा तोकेर निषेधाज्ञा घोषणा गरिएको थियो । भदौ १ गतेदेखि भने सबै जिल्लाभरि नै सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा घोषणा गर्दै त्यसको अवधि थप्दै लगेका छन् । प्रदेशमा सङ्क्रमणमा परेर मृत्यु हुने पर्साका सर्वाधिक २८ छन् । त्यसैगरी धनुषाका १०, बाराका सात, सप्तरीका चार रौतहट र सिरहाका तीन/तीन एवं महोत्तरी र सर्लाहीका दुई/दुईसहित ५९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसमध्ये तीन जनाको शनिबार मात्र मृत्यु भएको हो ।

प्रदेशमा अहिले पर्सा सबैभन्दा उच्च जोखिममा देखिएको छ । पर्सामा सर्वाधिक एक हजार ८२९ जनामा सङ्क्रमण पुष्टि भएको छ । त्यसैगरी रौतहटमा एक हजार ५२६, धनुषामा एक हजार २३१, सर्लाहीमा एक हजार १४१, महोत्तरीमा एक हजार १०४, सप्तरीमा ७२५, बारामा ५९९ र सिरहामा ३६० जनामा शनिबारसम्म सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिएका छन् । यो तथ्याङ्कले एक हजारमाथि पाँच जिल्ला, ५०० माथि दुई जिल्ला र ५०० मुनि एक जिल्ला रहेको देखाउँछ ।

जताततै भीडभाड ह्वात्तै बढेको, शारीरिक (भौतिक दूरी) को ख्याल नगरिएको, मास्क नलगाई हिँडडुल गर्ने क्रम बढेको र भारतसँगको खुला सीमाबाट दोहोरो आवतजावत निक्कै बढेपछि महामारी सङ्क्रमण र थप जोखिम बढेको विज्ञ बताउँछन् । सङ्क्रमण बढ्न नदिन लकडाउन र बन्दाबन्दीभन्दा आफूले निर्वाह गर्ने सतर्कता मुख्य कुरा भए पनि यसमा बढेको लापरवाहीले जोखिम बढाएको प्रदेश नं २ स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशासक विजयकुमार झाले बताए ।

प्रदेशभित्र शनिबारसम्म ८८ हजार १८६ जनाको स्वाब सङ्कलन गरिएको छ । यसमा ७४ हजार ४८० को जाँच नतिजा नेगेटिभ छ । प्रयोगशालाबाट नतिजा आउन बाँकी पाँच हजार १८६ छन् । प्रदेशमा उपचारपछि निको भएर घर फर्कनेको सङ्ख्या चार हजार १८४ पुुगेको छ । अहिले तीन हजार २३६ आइसोलेसन शय्या छन् । यिनमा एक हजार ७० जना स्वास्थ्यलाभ गर्दैछन् । पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या ह्वात्तै बढेको छ । साउन मसान्तमा एक हजार ६३ जनामात्र होम आइसोलेसनमा रहेका थिए । भदौ लागिकन यो सङ्ख्या अहिले ह्वात्तै बढेर तीन हजार २०७ पुगेको छ । घरमा स्याहारसम्भार र रेखदेख बढी हुने र चाँडै निको हुइने विश्वासमा यो सङ्ख्या बढेको पाइन्छ ।

त्यसैगरी प्रदेशभरिमा अहिले २१६ क्वारेन्टिन केन्द्र छन् । यी सबै केन्द्रमा गरी १३ हजार ६५० शय्या छन् । यिनमा एक हजार १३७ जना बसेका छन् । होम क्वारेन्टिनमा बस्नेको सङ्ख्या दुई हजार २७६ रहेको मन्त्रालयले जनाएको छ ।

लकडाउन अवधिमै पनि प्रदेशमा सुरक्षा सतर्कता अत्यन्त कमजोर स्थितिमा रहेको र पछिल्लो चरणमा लकडाउन हटेपछि झनै जताततै भीडभाड बढेसँगै सङ्क्रमण बढेपछि भीडभाड रोक्न निषेधाज्ञा घोषणा र हाटबजार बन्द गराउनुपरेको सुरक्षा अधिकारीहरुको भनाइ छ । खासमा शारीरिक (भौतिक) दूरीको निर्वाह गर्न, मास्कको प्रयोग गर्न, भीडभाडमा ननिस्कन र जोखिमप्रति सचेत रहन आम मानिसलाई बुझाउन नसकिँदा र कतिपयले यो संवेदनशीलता बुझेर पनि अटेर गर्दा समस्या बढेको स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies