Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

यी हुन् नेकपा कार्यदलका मुख्य बुँदा : न कसैले जित्यो, न कसैले हार्यो

काठमाडौं । सत्तारुढ घटक नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टी विवाद सल्टाउन गत साउन ३० मा महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन गरेको ६ सदस्यिय कार्यदलले शनिबार आफ्नो सुझाव प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षलाई बुझाएको प्रतिवेदनमा ‘कसैले नजित्ने र कसैले नहार्ने’ गरी प्रतिवेदन तयार भएको कार्यदलका एक सदस्यले बताए ।

\"\"

प्रतिवेदनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको अधिकार कटौती गरेर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भुमिका बढाइएको छ ।

दुवै अध्यक्षलाई सामुहिकतामा चल्नका लागी समेत बाध्यकारी व्यवस्था गर्ने प्रस्ताव प्रतिवेदनमा रहेको छ ।

प्रतिवेदनका अनुसार अब पार्टी पुर्णरुपमा प्रचण्डले संचालन गर्नेछन् भने ओली ५ वर्ष नै सरकार संचालन गर्ने छन् । तर दुवै अध्यक्षले एकअर्कासँग समन्वय नगरी कुनैपनि निर्णय गर्न पाउने छैनन् ।

यि हुन् प्रतिवेदन साराशंका बुँदा

महाधिवेशनबारे
१. पार्टी महाधिवेशन चैत्र २५–३० गते सम्पन्न गर्ने ।
२. नेतृत्व सहमतिय हुने ।
३. महाधिवेशन अघि एकताका बाँकी कामहरु सम्पन्न गर्ने ।
४. महाधिवेशनको कार्यसुचि बनाएर तयारी गर्ने ।
५. पार्टीको कार्यदिशा हाललाई ‘जनताको जनवाद’ हुने । बाँकी बहस महाधिवेशनमा गरिने ।
विधि, पद्दति र कार्यविभाजनबारे
६. पार्टी अन्तर्गत सरकार रहने, संचालन गर्ने । महत्वपुर्ण नियुक्ति तथा निर्णयहरु पार्टी बैठकबाट अनुमोदन गराउनुपर्ने ।
७. पार्टीका सबै तहका बैठकहरु नियमित बस्नुपर्ने ।
८.अर्का अध्यक्षसँग मरामर्श गरी पार्टी बैठकहरुको संचालन प्रचण्डले गर्ने । प्रचण्डले कार्यकारी अध्यक्षको रुपमा काम गर्ने ।
९. अर्का अध्यक्षसँगको परामर्शमा केपी शर्मा ओलीले सरकार संचालन गर्ने । महत्वपुर्ण नियुक्ति तथा निर्णयहरु सचिवालयमा अनुमोदन गराएर मात्रै गर्ने ।
समसामयिक
१०. झलनाथ खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनअनुसार एमसिसिबारे सरकारले निर्णय गर्ने ।
११. सिमाविवाद कुठनीतिकरुपमा हल गर्ने ।
१२. पार्टीका दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठानहरु गुटवादी गतिविधिको केन्द्र भएकाले निर्देशिका बनाएर मात्रै संचालन गर्ने ।
१३. आवश्यकता अनुसार संघिय सरकार तथा प्रादेशिक सरकार फेरबदल तथा पुनर्गठन गर्ने ।
१४. शान्ति सम्झौताका बाँकी कामहरुलाई निर्धारित कार्यक्रम बनाई टुंगो लगाउने ।
१५. कोरोना भाईरस नियन्त्रण, उपचार तथा यसपछिका कामहरु योजनाबद्द रुपमा गर्ने ।
१६. सबै तहका सरकारको समिक्षा पार्टीका सम्बन्धित कमिटिहरु र खास गरी केन्द्रिय समितिमा गर्ने ।
१७. स्थायी समितिको बैठकमा नियमित एजेण्डामा छलफल गर्ने र कोरोना लगत्तै केन्द्रिय समितको बैठक बस्ने ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies