Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

कोरोनाको ‘हट स्पट’ बन्दै काठमाडौं –यी हुन् जोखिमका क्षेत्र

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसले नयाँ रेकर्ड राखेको छ । शनिबार अहिलेसम्मकै उच्च २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएसँगै कोरोनाले उपत्यकामा नयाँ रेकर्ड राखेको हो ।

काठमाडौं उपत्यकाको काठमाडौँमा १६०, ललितपुरमा छ र भक्तपुरमा ५० जना सङ्क्रमित पुष्टि भएको हो । भक्तपुरमा थपिएका सङ्क्रमित अहिलेसम्मकै २४ घण्टाको सबैभन्दा बढी हो ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको छ । लकडाउन खुकुलो भएलगत्तै उपत्यका भित्रिनेहरूको बढ्नु, सार्वजनिक यातायातको संचालनलगायतका कारणले उपत्यकामा संक्रमितको संख्या तीव्र रुपमा वृद्धि भइरहेको छ ।

काठमाडौं उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । चिकित्सकहरूले पनि उपत्यका कोरोनाको ‘हट स्पट’ बन्दै गएको बताएका छन् । काठमाडौं उपत्यकामा संक्रमण अझै बढ्दै गयो भने उपत्यकामा कुनै पनि बेला भयावह स्थिति आउने विज्ञहरूले चेतावनी दिएका छन् । संक्रमण बढेको भन्दै उपत्यकामा तीन वटै जिल्ला निषेधाज्ञा जारी गरिएको छ ।

काठमाडौं उपत्यकाका लगभग सबैजसो ठाउँमा छिटफुट कोरोना संक्रमित भएको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(ईडीसीडी) जनाएको छ । संक्रमितको ठेगाना, सम्पर्क नम्बरसहितको सुचना नआउँदा पूर्ण विवरण राख्न समस्या पर्ने ग।रेको छ ।

काठमाडौंमा पाँच बढी स्थानमा ५० जनाभन्दा बढी संक्रमित भेटिएका छन् ।

बढी जोखिम क्षेत्र
कोटेश्वर, कुलेश्वर–बल्खु क्षेत्र, बालाजु क्षेत्र, असन, महाबौद्ध क्षेत्र, महाराजगञ्ज, हात्तिगौडा, पेप्सीखोला, चन्द्रागिरि, रातोपुल, दक्षिणकाली, किर्तिपुर, बुढानिलकण्ठ, बत्तिसपुतली, प्रयागमार्ग, कागेश्वरी, मैतीदेवी, घट्टेकुलो आदी ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies