Khabar Dabali Logo
  October 23, Fri

हुम्लाका १२८ वटै पिसिआर रिपोर्ट नेगेटिभ

सिमकोट । कोरोना सङ्क्रमणको पछिल्लो अवस्था बुझ्नका लागि जिल्लामा पछिल्लोपटक सङ्कलन गरिएका स्वाबको नमूना परीक्षणको नतिजा नेगेटिभ आएको छ । यही भदौ १ गते जिल्लाका विभिन्न क्षेत्रका १२८ स्वाबको नमूना सङ्कलन गरिएको थियो । ती सबै नमूनाको परीक्षण नतिजा नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाका डा टसी लामाले जानकारी दिए । भदौ २ गते कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको हो ।

पछिल्लो समय देशका विभिन्न क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या अनपेक्षितरूपमा बढेपछि बढी जनसम्पर्कमा आउने कार्यालय, वित्तीय संस्था, शैक्षिक संस्था, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीको प्रतिनिधित्व हुने गरेर पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो ।

अहिलेसम्म जिल्लामा कोरोना पोजेटिभ नदेखिएको हुम्लामा पछिल्लो समयमा गरिएको पिसीआर परीक्षणले समेत ग्रिनजोनकै रूपमा रहेको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र हुम्लाका संयोजक तथा प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिए ।

सिमकोट गाउँपालिका र जिल्ला अस्पताल हुम्लामा मौज्दात रहेको पिसीआर किटका आधारमा गरिएको १२८ जनाको नतिजा नेगेटिभ आउनुले हुम्ला ग्रिनजोनकै रूपमा रहेको बताए । हवाई तथा स्थलमार्ग भएर जिल्लामा आउने यात्रुलाई सरकारले तोकेको मपदण्ड अनुसार क्वारेन्टिनमा राखेर आवश्यक सावधानी अपनाएको खण्डमा जिल्लालाई ग्रिनजोनकै रुपमा राख्न सकिने दाबी प्रजिअ गिरीले जानकारी दिए ।

भदौ ६ गते, २०७७ - २२:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकारमा केसी

काठमाडौ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलका प्रेस सल्लाहकारमा पत्रकार भुवन केसी नियुक्त भएको छन्...   

तीन लाख नक्कली नोटसहित एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले रु तीन लाख २१ हजार नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।...   

गुह्येश्वरी गर्भगृहको दुई किलो सुन गायब !

काठमाडौं । गुह्येश्वरी मन्दिरमा १७३.५ तोला सुन अनियमितता भएको तथ्य फेला परेको छ । पशुपति क्षेत्र विकास...   

फूलपाती भित्र्याउने पर्व स्थगित

मकवानपुर । कोरोना सङ्क्रमण फैलिएसँगै वागमती प्रदेशको राजधानी हेटौँडामा फूलपाती भित्र्याउने कार्य...   
उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

उपराष्ट्रपति पुनद्वारा चाडपर्व खर्च कोरोना उपचार कोषमा प्रदान

काठमाडाै‌ । उपराष्ट्रपति नन्दबहादुर पुनले चाडपर्व खर्चवापत आफूलाई प्राप्त रकम ‘कोरोना भाइरस संक्रमण...   

प्रदेश २ सरकारले कोरोनाको उपचार निःशुल्क गर्ने

धनुषा । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले कोरोना महामारीको उपचार प्रदेश २ का सरकारले...   
सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

सात महिनापछि नेपाल एयरलाइन्सको ताप्लेजुङ उडान

फुङ्लिङ । ताप्लेजुङको विमानस्थल सुकेटारमा नेपाल एयरलाइन्सले सात महिनापछि पहिलो पटक आजदेखि उडान...   

मानव तस्करमा परेका २४ जनालाई उद्धार

काठमाडाै‌ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण शाखाले...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड नाघेको जोन्स हप्किन्स विश्व...   
अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

अफगानिस्तानको जलालावादमा भागदौडमा परी १२ जना महिलाको मृत्यु

जलालावाद । अफगानिस्तानको जलालावादमा आज अपरान्ह भएको भागदौडमा परेर कम्तीमा पनि बाह्र जना महिलाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top