Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

जहाँको विकट गाउँमा १९ करोडको लागतमा सुविधासम्पन्न अस्पताल बन्दै

पर्वत । यहाँको एक विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण गर्न थालिएको छ । बिहादी गाउँपालिका वडा नं २ बर्राचौरमा १५ श्ययाको सुविधासम्पन्न अस्पताल निर्माण हुने भएको हो । अहिलेसम्म सदरमुकाम कुश्माबजारमा मात्र १५ श्ययाको अस्पताल रहेको थियो ।

नेपाल सरकारमार्फत रु १९ करोड लगानीमा अस्पताल निर्माणको प्रक्रिया शुरु भएको वडा नं २ का वडाध्यक्ष ओमप्रकाश कुँवरले जानकारी दिनुभयो । अस्पताल निर्माणका लागि बोलपत्र आह्वान भइरहेको छ । सुविधासम्पन्न अस्पताल नहुँदा दक्षिण पर्वतका नागरिक सामान्य उपचारका लागि पनि पाल्पा, पोखरा, बुटवललगायतका ठाउँमा जान बाध्य छन् । अब भने अधिकांश सेवासहितको अस्पताल बन्ने भएपछि त्यस क्षेत्रका नागरिकलाई सहज हुने अध्यक्ष कुँवरले बताए।

अस्पताल बनाउनका लागि स्थानीय आठ व्यक्तिले निःशुल्करूपमा जग्गादान गरेका छन् । स्थानीय डोलेन्द्र गिरी, भूपेन्द्रनाथ पौड्याल, इन्द्रकला पौड्याल, सुशीला गिरी, होमनाथ गिरी, राम गिरी, कृष्ण गिरी र खगेश्वर भट्टराईले निःशुल्करूपमा जग्गादान गरेका हुन् ।

गाउँपालिकाका अध्यक्ष कमल भुषालले यस्तो विकट गाउँमा सुविधासम्पन्न अस्पताल निर्माण हुनु गौरवको कुरा भएको उल्लेख गर्दै सामान्य शल्यक्रिया तथा सुत्केरी हुन पनि पाल्पा, बुटवल, पोखरा जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले समयमै अस्पतालको निर्माण पूरा गर्न गाउँपालिकाले नियमित सहजीकरण गर्ने बताए । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरिने बताइएको छ ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies