Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

निषेधाज्ञामा रक्तदान स्थगन नगर्न आग्रह

कास्की । कोरोना सङ्क्रमण रोक्न आह्वान गरिएको निषेधाज्ञा अवधिमा समेत रक्तदानका कार्यक्रम स्थगन नगर्न नेपाल रेडक्रस सोसाइटी कास्कीले आग्रह गरेको छ । बिरामीको उपचारका लागि अत्यावश्यक रगत मौज्दात कम हुँदै गएको र रक्तदानका कार्यक्रम स्थगन भइरहेकाले सोसाइटीले आवश्यक सुरक्षा उपाय र दूरी कायम गरी कार्यक्रम गर्न र कार्यक्रम नरोक्न विभिन्न सङ्घ संस्थामा आग्रह गरेको हो ।

भदौ १ गते यताका सबै कार्यक्रम स्थगन भएपछि रक्तसञ्चार केन्द्रमा आगामी दुई÷तीन दिनलाई पुग्ने बाहेक रगत नरहेकाले कार्यक्रम आयोजना गर्न र दुई वा दुई भन्दा बढी व्यक्तिले रक्तदान गर्न चाहेमा सम्वन्धित व्यक्ति रहेकै ठाउँमा रक्त सङ्कलन एम्बुलेन्समार्फत रक्तदानको प्रबन्ध मिलाईएको रेडक्रसका मन्त्री धर्मराज अधिकारीले बताए ।

त्यसैगरी व्यक्तिगत रुपमा रक्तदान गर्न चाहनेलाई प्रशासन तथा प्रहरीसँग समन्वय गरिएको र रक्तदातालाई कुनै पनि अवरोध नहुने भएकाले सुरक्षित तरिकाले क्षेत्रीय रक्तसञ्चार सेवासम्म लैजाने र फर्कने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेशको राजधानी शहर पोखरासहित प्रदेशका विभिन्न जिल्लामा अहिले निषेधाज्ञा जारी गरिएको छ । गण्डकीका अन्य जिल्लाबाट समेत बिरामी रेफर भएर पोखरा आउने गरेकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । पोखरामा दैनिक ७० युनिट रगतको माग हुने गरेको छ ।

रक्तदान नहुँदा रक्तसञ्चार सेवा केन्द्रमा रगत अभाव अवस्था आउन सक्ने र सुत्केरी महिला तथा मृगौलालगायत डाइलासिसका बिरामी प्रभावित हुन सक्ने अवस्थालाई ध्यान दुई वा सो भन्दा बढी व्यक्तिले रक्तदानको इच्छा गरेमा एम्बुलेन्स बस पठाउने गरिएको रक्तसञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवालीले बताउनुभयो । “साउनमा ३२ दिननै कार्यक्रम भएकाले त्यही मौज्दात रगतबाट अहिलेसम्म कसैलाई दुःख परेको छैन ।” ज्ञवालीले भन्नुभयोे, “हामीसँग भदौ १० सम्म पुग्ने रगत छ, अब रक्तदान कार्यक्रम स्थगित नगर्नुहोस् र सचेत रक्तदाताले रक्तसञ्चारमा आएर भएपनि रगत दिनोस् भनेका छौँ ।” रक्तदान गर्न चाहनेले ०६१–५२१०९१, ९८५६०२११३१ र ९८५६०२७४४४ सम्पर्क गर्न आग्रह गरिएको छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies