Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

चियाको अवैध निकासी: देख्दैन प्रशासन, सांसद गर्छन् गुनासो, कति जान्छ भारततर्फ अवैध चिया ?

इलाम । “चियाको बारेमा त बोल्न पनि मन लाग्दैन । गाडीका गाडी भारततर्फ चिया जान्छ कोही देख्दैन”, राससलाई चिया उद्योगी तथा प्रदेश नं १ का सांसद काजीमान कागतेले फोनमार्फत यस्तो प्रतिक्रिया दिए । कागतेले शुरुमै भने, “यो चिया कसरी जाँदैछ ? प्रशासनले के हेरेर बसेको छ ? स्थानीय तह किन बोल्दैन”, कागतेले आफ्ना कुरा राखे र सम्पर्क विच्छेद गरे। यो कागतेको यो शैलीले चिया व्यापारमा देखिएको समस्या झल्काउँछ ।

आफै प्रदेश सांसद भएपनि अवैध तवरले चिया गइरहेको बारेमा भने कागतेले स्थानीय तह र जिल्ला प्रशासनलाई दोष दिँदै थिए । कागतेले मात्र होइन सूर्योदय नगरपालिकाका चिया उद्योगीले चियाका सन्दर्भमा राख्ने पहिलो समस्या बनेको छ ‘अवैध निकासी’ । चियाको सन्दर्भमा होस् वा अन्य कुनै विषय । पछिल्लो समय अवैध रूपमा भारततर्फ हरियो चियापत्ती निकासी हुँदा नगरभित्रका उद्योग सङ्कटमा पर्न थालेको उद्योगी गुनासो छ । पछिल्लो समय चिया किसानले रातारात विभिन्न माध्यमबाट भारततर्फ चिया गइरहेको उद्योगी बताउँछन् । भारतीय सीमामा पर्ने सूर्योदय नगरपालिकाबाट खुला सीमा रहेको दार्जिलिङ सहज रूपमा जान सकिन्छ । त्यही बाटोबाट पछिल्लो समय हरियो चियापत्ती निकासी भइरहेको उद्योगीको दाबी छ ।

चियाको विषयलाई लिएर यहाँ सधँै उद्योगी, किसान र श्रमिकबीच ‘शीतयुद्ध’ चलिरहन्छ । केही महीनाअघि चियाको लागत मूल्यसमेत नउठ्ने गरी उद्योगीले हरियो चियाको मूल्य दिएको भन्दै किसान आन्दोलनमै उत्रिएका थिए । तर, अहिले किसानले आन्दोलन गरेका छैनन् । कतिले चियाको उचित मूल्य पाए भने कतिले पाएका छैनन् । स्थानीय स्तरका चिया उद्योगीले चियाको उचित मूल्य नदिँदा किसानले हरियो चियापत्ती भारत निकासी गर्न थालेको अन्य चिया सरोकारवालाको अनुमान छ ।

थोरै परिमाणमा मात्र नभइ गाडीका गाडी हरियो चियापत्ती भारत निकासी हुने गरेको बताउँछन् चिया उद्योगी उदय चापागाईं । “अहिले गाडीका गाडी, घोडाका घोडा चिया अवैध तवरबाट गइरहेको छ”, चापागाईं भन्छन्, “छब्बीसेलगायत नाकाबाट ठूलो परिमाणमा चिया गइरहेको छ, यसमा कसैको चासो छैन । इलामबाट दार्जलिङतर्फको छब्बिसे, खोला गोदाम, नाखापानी र हिले भञ्ज्याङहुँदै अवैध रूपमा चियाको हरियो पत्ती निकासी हुने गरेको उद्योगीको भनाइ छ ।

स्थानीयस्तरमा चियाको उचित मूल्य नपाएपछि उल्लेखिय मूल्य पाउनकै लागि किसानले अवैध काम गरेको हुन सक्ने कतिपयको बुझाइ छ । सूर्योदय नगरभित्रका उद्योगले रु ३५ प्रति किलो चिया दिँदा सीमापारी रु ५६÷५७ सम्म हरियो चियापत्तीको मूल्य हुन्छ । त्यसैकारण पनि चिया सीमापारी गएको हुन सक्ने उद्योगीको बताउँछन् ।

यसरी अवैध रूपमा चिया जानु नगरको कार्यविधि विपरीत रहेको बताउछन् सूर्योदय नगरपालिकाका चिया सचिवालय संयोजक देवेन्द्र शर्मा । “हामीले बनाएको चिया मापदण्डमा पहाडको चिया तराइ वा भारततर्फ र तराइको चिया पहाड ल्याउन नपाउने मापदण्ड छ तर यसरी भारततर्फ लैजानु कानून विपरीत हो”, शर्मा बताउछन् । नगरको ‘गुणस्तरीय चिया उत्पादन मापदण्ड कार्यान्वयन कार्यविधि–२०७५’ उत्पादन मापदण्ड९३० मा पहाडी भूगोलको चियामा हुने मौलिक गुणस्तरमा कायम गरी चिया उत्पादन प्रशोधन गर्न गराउनु पर्ने र हरियो चियापत्ती भारत तथा तराईतर्फ र तराईबाट पहाडतर्फ ल्याएर प्रशोधन गर्न नपाइने लेखिएको छ ।

यस विषयमा आफूहरूको ध्यानाकर्षण भएको र अवैध निकासी रोक्न पहल शुरु गरेको सचिवालय संयोजक शर्माको भनाइ छ । तर, शर्माले उद्योगीले नगरको मापदण्डमा नटेको कुरा उल्लेख गर्छन् । तीन वर्ष अघि नै ऐन बनेर कार्यविधि बन्दासमेत अहिले ‘विषमपरिस्थिति नै भन्दै’ नगरको मापदण्डअनुसार उद्योगीले किसानलाई हरियो चियापत्तीको मूल्य नदिएको शर्मा जिकिर गर्छन् । यता, चिया तथा कफी विकास बोर्डका प्रवक्ता दीपक खनालसमेत आफूले चिया अवैध रूपमा चिया भारत जाने गरेको बारे थाहा पाएको उल्लेख गर्छन् । नेपालको चिया अवैध तवरले भारततर्फ जानु दुःखद् रहेको बताउँदै खनालले यस बारेमा स्थानीय तहलाई जानकारी गराएको बताउछन् । उनले भने, “हामीले चिया भारततर्फ जाँदै छ भनेर भन्ने हो । भनिसक्यौ ।”

के भन्छ प्रशासन ?

कोरोनाको महामारीका बेला सबै नाका चुस्तदुरुस्त बनाएको जिल्ला प्रशासन कार्यालयको दाबी छ । सीमामा सुरक्षामा रहेका सशस्त्र प्रहरीले त केही दिनअघि ‘चोर बाटोमा समेत गस्ती भइरहेको’ बताएको थियो । तर, सीमाबाटै भारत जाने चिया चाहिँ पत्तो नपाउनु अचम्म लाग्दो छ ।

यति हुँदाहुँदै पनि अहिले पनि प्रशासनको निगरानी सबै तिर चुस्त रहेको बताउछन् जिल्ला प्रशासन कार्यालय इलामका सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपाने । न्यौपानेका अनुसार चियाको विषयमा केही दिनअघि उद्योगी, किसान, स्थानीय तह९सूनपा०का प्रतिनिधिसहित बैठक नै बसेको थियो । बैठकमा उद्योगीले अवैधतवरबाट चिया भारत निकासी भएको बारे प्रशासनलाई जानकारी गराएका थिए । पछिल्लो समय भने चियाका विषय नउठेकाले चिया जान छाडेको दाबी प्रशासन कार्यालयको छ ।

कति जान्छ त भारततर्फ ‘अवैध चिया’

अवैध तवरले हरियो चियापत्ती तस्करी भइरहेपनि कति चिया भारततर्फ जान्छ भन्ने एकित तथ्याङ्क कोहीसँग पनि छैन । अवैध रूपमा चिया भारतर्फ जानु नौलो कुरा नभएको दाबी छ चिया सरोकारवालाको । जिल्ला प्रशासन कार्यालयको समेत दाबी पनि अरूकै जस्तो छ । अवैध तवरले निकासी चिया हुने प्रशासनले भन्दा पनि रोकिन सक्दैन भने कुन बाटोबाट जान्छ पनि खुल्दैन । तर, अहिले दैनिक रूपमा १५ देखि २० हजार किलो सम्म चिया भारततर्फ जाने गरेको एक उद्योगीको भनाइ छ ।

नाम नखुलाउने शर्तमा बताएका ती उद्योगीका अनुसार गएका वर्षमा भन्दा दोब्बरका दरले भारततर्फ चिया निकासी भइरहेको छ । इलामकै विभिन्न नाका भएर चिया भारत जाने गरेको छ । पछिल्लो ताका भारतीय टी बोर्डले नेपाली चियाको गुणस्तरमाथि नै प्रश्न उठाउँदै पत्र समेत पठाएको छ । यति हुँदाहुँदै पनि अवैध तवरले नै चिया भारत जाँदा नेपाली चियाको शाख अझै घट्ने देखिन्छ । अवैध धन्दा यसरी नै बढ्दै गए सूनपाका चिया उद्योग धरासायी हुने सूर्योदय टी बोर्डका सचिव गोपाल कट्टेलको भनाइ छ । सूर्योदय नगरपालिकामा मात्रै ७० वटाभन्दा बढी चिया उद्योग छन् ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies