Khabar Dabali Logo
  October 26, Mon

वीरगन्जमा थप ६० जनामा कोरोना संक्रमण

वीरगन्ज । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६० जना कोरोना संक्रमित भेटिएका छन् । संक्रमितमध्ये ५ जना बारा, एक जना रौतहट र बाँकी पर्साका बासिन्दा रहेका छन् ।

अस्पतालका अनुसार ४ सय ५० वटा स्याम्पल परीक्षण गर्दा ८ महिलासहित ६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ३० जना कन्ट्याक्ट ट्रेसिङको क्रममा संक्रमित पाइएका छन् ।

६० जना संक्रमितमध्ये २५ जना पर्साको पर्सागढी नगरपालिकाका बासिन्दा हुन् । जसमध्ये १७ जना संक्रमित वडा नम्बर ६ वागेश्वरीका बासिन्दा हुन् । ठोरी गाउँपालिकाको वडा नम्बर १ मा दुई जना र वडा नम्बर ४ मा एक जनामा कोरोना देखिएको छ ।

त्यस्तै पटेर्वासुगौली गाउँपालिकामा तीन जना, सखुवाप्रसौनी गाउँपालिकामा एक जना र पकाहामैनपुर गाउँपालिकामा दुईजना स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत एक जना प्रहरीलाई पनि कोरोना संक्रमण भएको छ ।

त्यस्तै वीरगन्जको एक औषधि उद्योगका ८ जना कर्मचारीमा पनि कोरोना पोजिटिभ देखिएको छ । अन्य संक्रमितहरु वीरगन्जको विर्ता, ड्राईपोर्ट, रानीघाट, नगवा, मुर्ली र बेल्वाका बासिन्दा हुन् ।

भदौ ६ गते, २०७७ - ११:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबाट संक्रमित भएका अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज...   

यती एअरलाइन्सको दशैँ अफर, एक जोडीलाई दुईतर्फी फ्रि टिकट

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको...   

दशैँको भीडले थप सङ्क्रमणको जोखिम

महोत्तरी । बडादशैं पर्वमा जताततै मेला र उत्सवसँगै मिथिलाक्षेत्रमा देखिने भीडभाडले कोभिड–१९ सङ्क्रमणको...   

खर्च व्यहोर्न नसक्ने कोरोना सङ्क्रमितको उपचार निःशुल्क गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपचार खर्च व्यहोर्न नसक्ने कोभिड–१९ सङ्क्रमितको...   

प्रेमिका विवादमा भारतीय नागरिकको हत्या

भक्तपुर । भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव...   

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या...   

थप २ हजार ८५६ मा कोरोना संक्रमण, ३ हजार ३ सय ३६ डिस्चार्ज

काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य...   

कांग्रेसले यस वर्ष चियापान समारोह नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गरिँदै आएको चियापान तथा शुभकामना...   

प्रशासनको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन

सर्लाही । जिल्ला प्रशासन कार्यालयले दिएको निर्देशनलाई अटेर गर्दै क्रसर उद्योग पुनःसञ्चालन भएको छ...   

विश्वमा कोरोना सङक्रमितको संख्या चार करोड २९ लाख नाघ्यो

वासिङ्टन । विश्वमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको जोन्स हप्किन्स...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top