Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रत्येक वर्ष बाली क्षति भए पनि राहत पाउँदैनन् किसान

बैतडी । प्रत्येक वर्ष बालीनालीमा क्षति हुँदै आएको भए पनि राहत तथा क्षतिपूर्ति पाउन नसकेको किसानले बताएका छन् । खास गरेर बर्खेबालीमा जङ्गली बँदेल, दुम्सीलगायत जनावरले क्षति पुर्याउने गरेका हुन् । स्थानीय सरकारले पनि बालीनाली जोगाउन कुनै पनि किसिमको योजना ल्याउन सकेका छैनन् । किसानहरुले वर्षेनी बालीनालीमा क्षति बेहोर्दा सरकारले केही राहत नदिएको किसानले गुनासो गरेका छन् ।

बालीनालीमा क्षति हुने गरेको भए पनि कतैबाट क्षति पाउन नसकेको दशरथचन्द नगरपालिका–१ का किसान वीरबहादुर टेरले बताए । उनले भन,े “प्रत्येक वर्ष मकैबालीमा क्षति हुने गरेको भए पनि सरकारी निकायबाट कुनै किसिमको क्षतिपूर्ति पाउन सकेको छैन ।”

जङ्गली जनावरले बालीनाली नष्ट गरेमा क्षतिपूर्ति दिने प्रावधान नरहेको मकै जोन कार्यालय बैतडीका प्रमुख हरिप्रसाद पनेरुले बताए । उनले भने, “जिल्लाभरी मकैबालीमा क्षति पुु¥याएको भए पनि क्षतिपूर्ति दिने प्रावधान रहेको छैन ।” बैतडी मकैको पकेट क्षेत्र भए पनि पकेट क्षेत्रमै मकैबालीमा क्षति भएपछि किसान हैरान भएका छन् । जिल्लाको सूर्नया गाउँपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, पाटन नगरपालिका र दशरथचन्द नगरपालिकालाई मकै पकेट क्षेत्रको रुपमा तोकिएको छ । यी क्षेत्रहरुमा मकै उत्पादन वृद्धि र प्रशोधनका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएका भए पनि जङ्गली जनावरबाट मकैबाली जोगाउन धौ धौ भएको किसानले बताएका छन् । मकै जोन कार्यालयले बीउविजन र केही प्राविधिक सहयोग गरेको भए पनि जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका विषयमा केही नगरेको किसानको गुनासो छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies