Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

यूएईमा कुटिएका नेपालीलाई साथ दिँदा एनआरएनए यूएईका अध्यक्ष एनएको कारबाहीमा

यूएई । यूएईमा केहि दिनअघि दलालबाट कुटपिटमा परेका नेपालीलाई न्याय दिलाउन पहल गर्दै आएका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालालाई नेपाल एसोसिएसनले निलम्बन गरेको छ ।

काठमाडौंमा रहेको तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालिकी जनसम्पर्क अधिकृत सिर्जना अधिकारीले बेलायत पठाइदिन्छु भनेर ६३ जना नेपालीसँग लाखौं रुपैयाँ असुल गरी यूएईमा ल्याएर अलपत्र पारेपछी पीडितहरूले उद्दारको लागि गैरआवासीय नेपाली संघ र यूएईस्थित नेपाली दूतावासलाई निवेदन दिएका थिए ।

पीडितले निवेदन दिएको थाहा पाएपछि यूईमा रहेको दलाल श्याम थापाले केहि दिनअघि दुबई क्षेत्रीय समितिका अध्यक्ष भीम मल्ल र उपाध्यक्ष निराजन खत्रीको उपस्थितिमा कुटपिट गरेको थियोे ।

आफ्नै संस्थाका प्रतिनिधिको उपस्थितिमा दलालबाट कुटिएका पीडितलाई कानुनी उपचार खोज्नसमेत रोक लगाइएको भन्ने आरोप लागेको र घटनालाई स्थानीय प्रशासनले समेत अनुसन्धान गरिरहेको हुँदा उक्त घटनाको छानबीन किनारा नलागेसम्मको लागि एनआरएनए, दुबई क्षेत्रीय समितिका अध्यक्ष भिम मल्ल, उपाध्यक्ष निराजन खत्रीलाई र संस्थाको लेटरप्याड र छाप दुरुपयोग गरेको आरोपमा एनआरएनए, एनसिसी, यूएईका उपाध्यक्ष नरेश सेनलाई एनआरएनए यूएई निलम्बन गरेको थियोे ।

सस्थाबाट उनीहरूलाई निलम्बन गरि आवश्यक छानबिन र पीडितलाई न्याय दिलाउन लागि परेका एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालालाई शुक्रबार नेपाल एसोसिएसन नामक संस्थाले एक बिज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको छ ।

एनआरएनए यूएईका पूर्वअध्यक्ष तथा नेपाल एसोसिएसनका प्रेसिडेन्ट रमेश श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाले घटनामा तानिएका दुबई कमिटीका पदाधिकारीहरूलाई निलम्बन गरेको, कारबाही गर्नुअघि नेपाल एसोसिएसन लाई जानकारी नगराएको, लेटरहेड प्रयोग अघि एनएका बोर्ड अफ डाइरेक्टरलाई जानकारी नगराइ कानुनको उल्लघंन गरेको, पत्रकार लाई प्रायोजन गरि समाचार सार्वजनिक गरेको र महत्त्वपूर्ण परियोजनामा नेपाल एसोसिएसन बोर्डलाई जानकारी नगराएको उल्लेख छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies