Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

आइसियूमा पुग्ने संक्रमित बढेसँगै मृत्यु दर पनि बढ्दै

शुक्रबार मात्रै देशभर १३३ जना संक्रमित आइसियू र १५ जना भेन्टिलेटरमा

काठमाडौं । कोरोना भाइरस संक्रमितमा लक्षण देखिने क्रम बढ्दै गएको छ भने उनीहरू आइसियू र भेन्टिलेटरमा पुग्ने क्रम पनि बढेको छ । योसँगै मृत्यु हुनेको संख्या पनि दिनदिनै बढ्दै गएको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका संक्रमितमध्ये ६ प्रतिशतमा कोरोनाको लक्षण देखिएको छ । काठमाडौं उपत्यकाभित्र भने केही फरक पाइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका संक्रमितमध्ये २० प्रतिशतमा लक्षण देखिएको कोरोना नियन्त्रणमा क्रियाशील अधिकारीहरूले बताएका छन् ।

लक्षण देखिएसँगै सघन उपचार कक्ष आइसियू र भेन्टिलेटरमा पुग्ने संक्रमितहरू पनि बढेका छन् । योसँगै मृत्यु हुने क्रम पनि बढेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

चिकित्सकहरूले भेन्टिलेटरमा पुगेका संक्रमित पुरानै अवस्थामा फर्कने सम्भावना ज्यादै कम हुँदै गएको बताएका छन् । तीव्र रूपमा फोक्सोमा असर गर्ने भएकाले लक्षणसहितका संक्रमितलाई बढी असर गरेको पाइएको छ ।

शुक्रबार मात्रै देशभर ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बिहीबार र बुधबार ६–६ तथा मंगलबार सात र सोमबार तीनजनाले ज्यान गुमाएका थिए । शुक्रबार मृत्यु भएका एक महिला र १० पुरुष मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका हुन् । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय ३७ पुगेको छ ।

दैनिक आइसियूमा संक्रमितको संख्या बढ्दै
सघन उपचार कक्ष (आइसियू) र कृत्रिम श्वासप्रश्वास भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या दिनहुँ बढ्न थालेको छ । शुक्रबार मात्रै देशभर एक सय ३३ जना संक्रमित आइसियू र १५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

सबैभन्दा बढी बागमती प्रदेशमा ५२ जनालाई आइसियूमा राखिएको छ । त्यस्तै, प्रदेश १ मा १६, प्रदेश २ मा ४६, गण्डकी प्रदेशमा ६ र प्रदेश ५ मा १३ जना संक्रमित आइसियूमा छन् । बागमती प्रदेशमा १५ जनालाई भेन्टिलेटरमा राखिएको छ ।

स्वास्थ्यकर्मीको मनोबल नगिराउन निजी अस्पताल र चिकित्सक संघको सरकारलाई चेतावनी
नेपाल चिकित्सक संघले कोभिड महामारीका वेला चिकित्सकको मनोबल गिराउने काम गरेको भन्दै गुनासो गरेको छ । यो विषम परिस्थितिमा अग्रपंक्ति रहेका चिकित्सकलाई हौसला दिनुको सट्टा कसरी मनोबल थप कमजोर गर्न सकिन्छ भन्नेमा स्वास्थ्य मन्त्रालय र त्यहाँका कर्मचारी लागेको संघको आरोप छ ।

चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले स्वास्थ्यकर्मीको मनोबल घटाउने व्यवहार बन्द गर्न आग्रह गरेका छन् । पछिल्लो समय जुन हिसाबले निजी अस्पतालमाथि फरक व्यवहार गरिँदै छ, त्यसले पनि राम्रो सन्देश नदिएको अध्यक्ष डा. कार्कीले बताए ।

एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल र चिकित्सक संघका पदाधिकारीबीच मन्त्रालयको व्यवहारका विषयमा छलफल गर्न शुक्रबार बैठक समेत बसेको थियो । स्वास्थ्य मन्त्रालयले दुई दिनअघि मात्रै निजी अस्पताल मर्ज गराउने उद्देश्यले २० प्रतिशत आइसोलेसन बेड अनिवार्य रूपमा छुट्याउन परिपत्र गरेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies