Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

घाट लैजाने बेला काेराेना संक्रमण पुष्टि

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको बिहीबार राति मृत्यु भयो ।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ - श्वासप्रश्वासमा समस्या भएको बताएपछि उनलाई तत्काल कोशी अस्पताल लगिएको थियो । एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए । आफन्तले ती पुरुषको शव घरमा ल्याए ।

परिवारका सदस्यले मधुमेहको पुरानै समस्याका कारण उनको मृत्यु भएको हुन सक्ने अड्कल काटे । तर, उनमा कोरोना संक्रमण भएको यथार्थ शुक्रबार दाहसंस्कार गर्न घाट लैजाने बेला मात्रै थाहा भयो । वडाध्यक्ष विजय कामतले मृतकमा कोरोना संक्रमण रहेकाले घाटमा लैजान नमिल्ने बताए । त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो ।

ती पुरुषको पीसीआर रिपोर्ट भने बुधबारै आएको रहेछ । रिपोर्टमा पोजिटिभ आएको कुरा प्रयोगशालाले प्रदेश १ को सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकालाई जानकारी दिएको रहेछ ।

दुवै निकायले कोरोना देखिएकोे खबर समयमै सम्बन्धित व्यक्ति र परिवारलाई दिएनन् । ज्वरो, रुघाखोकीको समस्या देखिन थालेपछि ती पुरुषको स्वाब संकलन गरी गत सोमबार पीसीआर परीक्षण गर्न पठाइएको थियो ।

‘अघिल्लो दिन पोजिटिभ रिपोर्ट आउँदा पनि कसैलाई जानकारी गराइएन’, मृतकका भान्जा सचिन कामतले भने, ‘त्यही कारण मृत्यु भइसक्दा पनि कोरोना छैन होला भनेर अन्त्येष्टिका लागि घाटसम्म लैजाने तयारी गरिएको थियो ।’

कोरोना संक्रमणको खबर आएपछि परिवारका सदस्य, आफन्त र मलामी छाँगाबाट खसे जस्तै भएका छन् । मृत्युको शोकसँगै कोरोना सरेको हुन सक्ने आशंकाले उनीहरू तनावमा परेका छन् । परिवारका सदस्य र आफन्त गरेर २० जनाभन्दा बढी ‘होम क्वारेन्टाइन’मा बसेका छन् ।

मृतकका २०, १८ र १५ वर्षका छोरी, १२ वर्षका छोरा र श्रीमती छन् । उनीहरू रोगले थलिएर नियमित औषधि सेवन गर्दै आएका अभिभावकको स्याहारमा खटिएका थिए । मजदुरी गरेर खाने परिवारको आर्थिक अवस्था कमजोर छ । मृतकको दाहसंस्कार गर्न पनि परिवारले ७ हजार रुपैयाँ ऋण खोजेको थियो ।

aplly description here...

दक्षिण एसियाकै ‘खुसी मुलुक’ नेपाल

काठमाडौं । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्कले नेपाललाई दक्षिण एसियाकै ‘खुसी मुलुक’ घोषणा गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर ...

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली रणनीति

काठमाडौं । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्...

दूरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं। नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (ज...

चिनियाँ खोप लिन आठ सातासम्म जहाज गएन

काठमाडौं । चीनले नेपाललाई अनुदानमा खोप दिने घोषणा गरेको आठ सातासम्म पनि खोप आएको छैन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ - १८ माघमा नै नेपालले तीन...

एमाले विवाद : अधिकार केन्द्रित गर्दै ओली

काठमाडौं । एमालेभित्र विवाद उत्सर्गमा पुगेकै वेला प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र थप अधिकार आफूमा केन्द्रित गरेका ...

कर्णालीका सबै जिल्लामा आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापना

सुर्खेत । कर्णाली प्रदेशको पूर्वसूचना प्रणालीसम्बन्धी रणनीतिक कार्ययोजनाको परामर्श बैठक वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न भएको छ । आन्तरिक मामिला तथा...

कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना न्यून

काठमाडौं । कोभिड–१९ संक्रमण भइसकेका अधिकांशलाई कम्तीमा ६ महिना पुनः संक्रमण हुने सम्भावना नभएको तर वृद्धलाई भने यसको जोखिम उच्च रहने बुधबार प्रकाशित ...

उस्तै रह्याे एमाले विवाद

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा श...

सहकारी क्षेत्रमा चरम बेथिति : सर्वसाधारणलाई ठग्ने क्रम बढ्यो

काठमाडौं । सहकारी क्षेत्रमा पछिल्लो समय चरम बेथिति देखापरेको छ। सहकारीका केही सञ्चालकले निक्षेपकर्ताको रकम हिनामिना गरी सर्वसाधारणलाई ठग्ने क्रम बढेक...

दुई साताभित्र बीस लाख मात्रा खोप नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies