Khabar Dabali Logo
  October 24, Sat

मन्त्री, सचिव र उच्च पदस्थलाई पछ्याउँदै कोरोना, सिंहदरबारकै कर्मचारी आउनै छोडे

काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक निकायका रूपमा रहेको सिंहदरबारभित्र पनि कोरोना संक्रमण दर बढेपछि ९० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न भनिएको छ । सिंहदरबारमा सुरक्षाकर्मीबाट सुरु भएको कोरोना संक्रमणले मन्त्री, सचिव तथा उच्चपदस्थलाई झस्काउन थालेको छ ।

आजको राजधानी दैनिकमा खबर छ – सिंहदरबारभित्रै कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण हुने क्रम बढेपछि मन्त्रालयका सचिव तथा सहसचिवसमेत कोरोना सन्त्रासका कारण मन्त्रालय आउनै छाडेका छन् । मन्त्रीहरू पनि केही समय कार्यालयमा आएर छिटो छिटो फर्कन थालेका छन् ।

सिंहदरबारमा कोरोना सन्त्रास फैलिएसँगै कतिपय मन्त्रालयका महत्वपूर्ण नीतिगत निर्णयहरू गर्ने कार्यसमेत प्रभावित भएको छ । सिंहदरबार प्रवेशद्वार र मन्त्रालयमा कडा सुरक्षा मापदण्ड अपनाइएको भए पनि कोरोनाबाट संक्रमण हुने क्रम बढेको हो ।

सरकारले तल्लो तहका कर्मचारीलाई घरबाटै काम गर्ने गरी (वर्क फ्रम होम) व्यवस्था मिलाएको भए पनि कोरोना संक्रमण बढेसँगै उपल्लो तहका कर्मचारीहरू पनि घरमै बस्न थालेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हालसम्म सिंहदरबारभित्र सुरक्षाकर्मी, कार्यालय सहयोगी, चालक तथा अधिकृत समेत गरी झन्डै १५ जना संक्रमित भेटिएका छन् । प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले काठमाडांैमा निषेधाज्ञ भएलगत्तै सिंहदरबारका ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्ने व्यवस्था मिलाइएको बताए ।

‘अहिले त सिंहदरबारलाई समेत कोरोनाले घेरिसकेकाले धेरै कर्मचारी आउन छाडिसकेका छन्,’ प्रवक्ता पौडेलले भने । प्रधानमन्त्री कार्यालयका अनुसार शुक्रबार सिंहदरबारमा कार्यरतमध्ये झन्डै १० प्रतिशत कर्मचारी मात्रै कार्यालयमा उपस्थित भएका थिए । शुक्रबार सिंहदरबार पूर्ण रूपमा सुनसान बन्न पुगेको थियो ।

प्रधानमन्त्री कार्यालयको विश्लेषणअनुसार विभिन्न तराईका जिल्लाबाट सरुवा भएर आएका कर्मचारी तथा सिंहदरबारमा कार्यरत तराई क्षेत्रका कर्मचारी र उनका परिवारका सदस्यका कारण पनि सिंहदरबारमा कोरोना संक्रमण बढ्न थालेको हो । बाहिर फिल्डमा गएर फर्कने चालकका कारण पनि सिंहदरबारभित्र कोरोना संक्रमण फैलिन पुगेको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले जनाएका छन् ।

भदौ ६ गते, २०७७ - ०७:२२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   

देशभर आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइदैँ

काठमाडाैँ । नेपाली हिन्दूधर्माबलम्बीकाे महान् चाड बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा महादुर्गाको...   
‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४...   

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको...   

दसैंको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली

काठमाडौं । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा...   

चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालको माग

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top