Khabar Dabali Logo
  October 28, Wed

भदौ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं । भदौ १६ देखि शर्तसहित सरकारले नियमित उडान गर्ने भएको छ। सरकारले पीसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने भएका हुन्।

तर पिसिआर टेष्ट नभएको मुलुकबाट भने यात्री ल्याउन नपाउने प्रावधान राखेको छ । पिसिआर टेष्ट नेगेटिभ आएको ७२ घण्टा अवधीका यात्रु मात्र विमानबाट आउन पाउने छन् । 

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको हो। दैनिक ५०० यात्रु नकट्ने गरी संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्राललयले उडान तालिका बनाउने सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

यसरी हुने उडानमा नेपाली नागरिक, कूटनीतिक नियोगका कर्मचारीहरु आउन सक्नेछन् र उनीहरुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्छ।

काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। पीसीआर टेष्ट गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ। यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुनेछ।

भदौ ५ गते, २०७७ - २१:०२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

कोरोनाबारे स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिङ् नहुने, दैनिक अपडेट यसरी हेर्न सकिन्छ

काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना भाईरस संक्रमणबारे गर्ने गरेको दैनिक प्रेस ब्रिफिङ् भोलीबाट...   
केकेआरविरुद्ध पञ्जाबको शानदार जित

केकेआरविरुद्ध पञ्जाबको शानदार जित

काठमाडौं । यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध किंग्स इलावेन...   
हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्लीको दशैँ आम नेपालीकोभन्दा महँगो

हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दशैँ महँगो बनेको छ । कोरोना कहरले चीनसँगको...   
प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

प्रधानमन्त्री ओलीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा आज धर्मपत्नी राधिका शाक्यलाई टीका...   
यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

यसरी छान्छ चिनियाँ कम्युनिष्ट पार्टीले नेता, यसरी गरिन्छ मुल्याकंन

राजनीतिले राष्ट्रको नेतृत्व गर्छ। यसैले राजनीतिक नेतृत्व राष्ट्र र जनताको हितमा निरन्तर क्रियाशील...   

टिकाको दिन दुखद घटना : आगलागीबाट जले पाँच घर

जाजरकोट । विजयादशमीका दिन जाजरकोटको नलगाड नगरपालिका– ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट...   

गण्डकीमा थप दुई सय ५२ जनामा कोरोना सङ्क्रमण

गण्डकी । गण्डकी प्रदेशमा आज थप २५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको...   

पोखरीमा डुबेर एक जनाको मृत्यु

मङगलबारे । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई...   

शिक्षकबाट राजीनामा दिएर बगरमा केरा फलाउँदै भुषाल

दाङ् । दाङका एक व्यक्तिले शिक्षकबाट राजीनामा दिएर बगरमा केरा खेती गर्नुभएको छ । लमही नगरपालिका–३ फल्कापुर...   
राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

राष्ट्रपतिले आमा र गुरुबाट लगाइन् दशैँको टीका

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीका अवसरमा आज गुरु खेमचन्द्र ढकालबाट टीका ग्रहण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top