Khabar Dabali Logo
  October 26, Mon

काठमाडौ लगायत आज यी जिल्लामा थपिए कोरोना संक्रमित (सूचीसहित)

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न स्थानमा सञ्चालनमा रहेका प्रयोगशालामा परीक्षण गर्दा आज ८ सय ३८ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै संक्रमितको कूल संख्या ३० हजार ४ सय ८३ पुगेको छ । जसमध्ये अहिले विभिन्न जिल्लामा १२ हजार १ सय ३२ जना संक्रिय संक्रमित छन् ।

गत २४ घण्टामा सबैभन्दा बढी काठमाडौंमा १४२ जनामा कोरोना संक्रमण भएको छ भने त्यसपछि कैलालीमा ८५ जना थपिएका छन् ।

यस्तै, पर्सामा ८० जना, जुम्लामा ५३ जना र मोरङमा ४५ जना संक्रमित थपिएका छन् ।
इलाममा ४ र झापमा ७ जना संक्रमित थपिएका छन् । यस्तै पाँचथर र ताप्लेजुङमा १र१ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुनसरीमा थप २९ जना र उदयपुरमा २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रदेश(२ को महोत्तरीमा आज संक्रमितको संख्या थपिएको छैन । सप्तरीमा ५, सिरहामा १६, धनुषामा ३, सर्लाहीमा २४, बारामा ४० र रौतटहमा ११ जना थपिएका छन् ।

यसैगरी सिन्धुलीमा ८, दोलखामा १, भक्तपुरमा १५, धादिङमा १ संक्रमित थपिएका छन् । ललितपुरमा पछिल्लो २४ घण्टामा २५ जनामा संक्रमण भएको छ भने नुवाकोटमा २ तथा रसुवामा एकजना थपिएका छन् ।

चितवनमा २३ र मकवानपुरमा ३२ जनामा संक्रमण भएको छ। बागलुङमा ३, कास्कीमा १, मनाङमा २ नवलपरासी पूर्वमा १९ र स्याङ्जामा १ जना कोरोना संक्रमित थपिएका छन्।

कपिलवस्तुमा २, रूपन्देहीमा १७, अर्घाखाँची, गुल्मी, पाल्पा र रोल्पामा १र१ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ । दाङमा ४, प्यूठानमा ६, बाँकेमा २० र बर्दियामा ६ जनामा संक्रमण भएको छ ।

पश्चिम रुकुममा ३, जुम्लामा ५३, कालिकोट र दैलेखका १र१ जनाको पीसीआर पोजिटिभ देखिएको छ ।
अछाममा ३८, डोटीमा ३४, कञ्चनपुरमा १४, डडेल्धुरमा २ र बैतडीमा थप ३ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा २ सय ५० डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

अहिले देशभर १२ हजार ३ सय ३४ जना क्वारेन्टाइनमा रहेका छन् । आज उपत्यकामा १ सय ८२ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये काठमाडौंका १४२, ललितपुरका २५ र भक्तपुरका १ जना रहेका छन् ।

भदौ ५ गते, २०७७ - १७:५३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जो जहाँ जहाँ छौँ, त्यहीँत्यहीँ रहेर दशैँ मनाऔँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा...   

अफगान सेनाको हवाई आक्रमणमा तेह्र बालबालिका मारिए

काबुल । अफगानिस्तानको सेनाले गरेको हवाई कारबाहीका क्रममा यहाँका कम्तीमा पनि १३ जना बालबालिका मारिएको...   
अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

अल कायदाका वरिष्ठ नेता मस्रीको अफगानि सुरक्षा फौजको कारबाहीमा मृत्यु

काबुल । अफगानिस्तानको सुरक्षा कारबाहीमा अल कायदाका वरिष्ठ नेता अबु मुसिन अल मस्रीको मृत्यु भएको मारिएका...   

सामाजिक दूरी कायम गरी दशैँ मनाउन राष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण...   

नुहाउने क्रममा नदीमा डुबेर दुई जनाको मृत्यु

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आज मृत्यु भएको छ । घोडाघोडी नगरपालिका– ५ सरैयाकी...   

ज्येष्ठ नागरिकलाई दशैं कोसेली–वृद्धाभत्ता

ओखलढुङ्गा । नसा सुकेका, छाला चाउरिएका हात । मुठ्ठीभरी पैसा । थकान र रोगले ग्रस्त भएपनि हातमा परेका...   

बलात्कार प्रयास गर्ने दुई अभियुक्त पक्राउ

सप्तरी । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन्...   

खसीबोका बिक्री नहुँदा चाडपर्वमा खर्च जुटाउन मुश्किल

धनगढी । वडादशैँको समयमा गरिने खसी बोकाको व्यापारमा यस वर्ष कमाई हुन नसक्दा कैलालीको चुरेगाउँपालिकाका...   

कोरोना त्राास : पाटन सिल, देहिमाडौँ बन्द

बैतडी । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि बैतडीको पाटन बजार क्षेत्र सिल गरिएको छ । यस्तै देहिमाडौँ...   
मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बईको सिटी सेन्टरमा भीषण आगलागी हुँदा करिब दुई हजार करोडको नोक्सान

मुम्बई । मुम्बईको नागपाडा क्षेत्रमा रहको सिटी सेन्टर मलमा भीषण आगलागी भएको छ । शुक्रबार राति लागेको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top