Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

रामेछापमा निषेधाज्ञा जारी : थप प्रहरी परिचालन

रामेछाप । कोरोना सङ्क्रमण बढ्न नदिन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणका लागि यही भदौ १३ गते राति १२ बजेसम्म जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताए । निषेधाज्ञामा अत्यावश्यक सेवा, खाद्य पदार्थ, स्वास्थ्य, सुरक्षा, खानेपानी, दूध, तरकारी, फलफूल, विद्युत्, सूचना तथा सञ्चार, फोहोर व्यवस्थापनबाहेक अन्य सबै प्रकारका उद्योग, व्यापारव्यवसाय सञ्चालन गर्न रोक लगाइएको छ । औषधि, खाद्य पदार्थ तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदका काममा बाहेक घरबाट बाहिर निस्कन रोक लगाइएको छ । अत्यावश्यक कार्यमा मास्कविना घर बाहिर निस्कन पनि रोक लगाइएको छ । फुटपाथ र खुला ठाउँ, ठेलागाडा, साइकल र हाटबजारमा पसल व्यापार सञ्चालन गर्न निषेध गरिएको छ । एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्यवस्तु, तरकारी, दूध, खानेपानी, विद्युत्, सञ्चार, पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्कर, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपक्षीका दाना बोक्ने गाडी, निर्माण सामग्री, सञ्चारकर्मी, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी, प्राविधिक तथा सुरक्षा निकायले प्रयोग गर्ने साधन र प्रशासनको अनुमतिप्राप्त साधनबाहेक सबै सार्वजनिक र निजी सवारी साधन मोटरसाइकलसमेत सञ्चालन गर्न रोक लगाइएको छ ।

प्रशासनले शैक्षिक संस्था, कुनै पनि प्रकारको मेला, महोत्सव, बैठक, समीक्षा, गोष्ठी, सामूहिक जमघट, सभा, जुलूस, मनोरञ्जनस्थल, सेलुन, पार्लर, हेल्थ क्लब र खेलकूद गर्न निषेध गरेको छ । दैनिक रुपमा घरपरिवारभित्र हुने नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट गर्न पनि रोक लगाइएको छ । होटल र रेष्टुरेन्ट सञ्चालन गर्नसमेत प्रतिबन्ध लगाइएको छ । जिल्लाका प्रवेश नाका सेलेघाट, खैरेनीघाट, लुभुघाट, नवलपुरघाट, खिम्ती, धारापानी, साँघुटारलगायत प्रवेश नाकाबाट बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल आवतजावत गर्नसमेत रोक लगाइएको छ ।

रामेछापका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जिल्लाका मुख्य नाका र बजार क्षेत्रमा प्रवेश गर्ने चोकमा थप प्रहरी परिचालन गरिएको बताए । सहकारी, वित्तीय सङ्घसंस्थाले समुदायमा गई बचत सङ्कलन गर्न पाउने छैनन् । स्वास्थ्य तथा सुरक्षाका मापदण्ड पूरा गरेर उपभोग्य वस्तु बिक्री गर्ने, खाद्य पदार्थलगायत अत्यावश्यक सेवाका पसल बिहान ५ देखि ९ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । सबै सरकारी तथा सार्वजनिक कार्यालय, बैंक तथा वित्तीय संस्थाले न्यूनतम कर्मचारी उपस्थित गराई कार्यालय सञ्चालन गर्न र सोबाहेकका अन्य कर्मचारीलाई सुरक्षित रुपमा घरबाटै कार्य गर्ने व्यवस्था कार्यालय प्रमुखले मिलाउनुपर्ने प्रशासनले आदेश दिएको छ । बैक, वित्तीय संस्था र सहकारी कार्यालय बिहान ९ बजेदेखि अपराह्न १ बजेसम्म मात्र सञ्चालन भएका छन् ।

aplly description here...

अक्सिजन अभाब हल गर्न दिल्लीले विदेशबाट अक्सिजन आयात गर्ने

नयाँ दिल्ली । भारतमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या अत्यधिक बनेपछि भएको अक्सिजनको अभावलाई सम्बोधन गर्न दिल्ली सरकारले विदेशबाट अक्सिजन मगाउने भएको छ । ...

कोरोनाबाट बाँकेमा आठ जनाको मृत्यु

राँझा । कोरोना भाइरस सङ्क्रमणका कारण बाँकेमा आज आठ जनाको मृत्यु भएको छ । यहाँस्थित कोभिड अस्पतालमा उपचार गराइरहेका बाँकेका सात र बाहिरी जिल्लाको ...

प्रेमीसँगै विवाह गर्ने अडान लिएपछि छोरीको हत्या, आरोपितलाई जन्मकैद

सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ । जिल...

चीनद्वारा पचास लाख युआन बराबरको अतिरिक्त सहयोगको घोषणा

काठमाडौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिडविरुद्धको प्रतिकार्य र आरोग्य प्राप्तिका लागि सुदृढ क्षेत्रीय एवं अन्तर्राष्ट्रिय सहयोग अपरिहा...

काठमाडौ उपत्यकामा दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुनाले वृद्धि

काठमाडौ । दुई सातामा कोरोना सङ्क्रमितको सङ्ख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष–२०७८ को पहिलो दिन वैशाख १ गते नेपालमा कोरोना सङ्क्रमितको...

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण, नौ बुँदामा के छ ?

काठमाडौ । निर्वाचन आयोगले समय लेखा परीक्षण प्रतिवेदन नबुझाउने ८६ राजनीतिक दललाई नौबुँदे ध्यानाकर्षण गराएको छ । आयोगमा दर्ता भएका सबै १३३ राजनीतिक दल...

एमालेले ‘फ्लोर क्रस’ गर्ने सांसदलाई पदमुक्त गर्न सचिवालयमा पत्र

कर्णाली । नेकपा (एमाले)ले कर्णाली प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) का नेता मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने आफ्ना चार सांसदल...

कोरोना खोपको अभावपछि बङ्गलादेशमा खोप कार्यक्रम तत्कालका लागि स्थगित

ढाका । बङ्गलादेशले भारतबाट कोभिड–१९ खोपको अर्को मात्राका लागि खोपहरू आउने अनिश्चितता बढेको भन्दै सरकारले सोमबारदेखि लगाइने भनेको एस्ट्राजेनेका खोपको...

छतबाट खसेर १८ महिने नाबालकको मृत्यु

चन्द्रौटा । कपिलवस्तुमा घरको छतबाट खसेर आज १८ महिने नाबालकको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–५ चन्द्रौटा सहजटोल बस्ने वसन्त विकका १८ महिनाक...

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् । पछिल्ला...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies