Khabar Dabali Logo
  October 23, Fri

क्याबिनेटमा तितो सवाल जवाफ –‘एक मिनेट पनि राख्ने होइन,त्यसलाई’

‘वहाँले प्रेस काउन्सिलमा रहेर सरकार समर्थक पत्रपत्रिका र अनलाइनहरूलाई समेत कारबाही गर्न बाँकी राख्नुभएन । कसैलाई पनि बाँकी राख्नुभएन । त्यसकारण यो प्रस्ताव गरिएको हो’

काठमाडौं । भदौ १ गते सोमबार साँझ प्रधानमन्त्रीको नीजि निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बस्यो ।

नियमित झै एजेण्डाहरुमा छलफल चल्दै गर्दा प्रस्ताव नंम्बर १४ माथि छलफल सुरु भयो ।

छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र संचारमन्त्रीसमेत रहेका अर्थमन्त्री युवराज खतिवडा ठाडै प्रस्तुत भए । एजेण्डा थियो प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेलको नियुक्ति ।

सञ्चार मन्त्रालयको समेत जिम्मेवारी बोकेका अर्थमन्त्रीको तर्फबाट मुख्यसचिव लोकदर्शन रेग्मीले प्रस्ताव यसरी पढेर सुनाए- ‘प्रेस काउन्सिल कार्यव्यवस्था नियमावलीमा साउन २६ गते गरिएको तेस्रो संशोधन बमोजिम काउन्सिलको कार्यवाहक अध्यक्षमा झापाकी दुर्गा भण्डारी पौडेललाई नियुक्त गर्ने ।’

यस्तो प्रस्ताव सुन्नेबित्तिकै सँस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले आफ्नो धारणा राख्दै भन्नुभयो ‘हाल कार्यरत कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक महिनापछि नियमानुसार अवकाश पाउँदै हुनुहुन्छ । यस्तो अवस्थामा किन हठात् हटाएर अपमानित गर्नु ? वहाँले कानुनी उपचार खोज्नुभयो र अदालतबाट जितेर आउनुभयो भने अवस्था के हुन्छ ? त्यस्तो बेलामा सरकार अप्ठेरोमा पर्नसक्ने अवस्था समेत आउन सक्छ । आफ्नै मान्छेलाई यसरी अपमान गर्न ठीक हुँदैन कि प्रधानमन्त्रीज्यू ?’

सामान्यतयाः अरु बेलाको क्याबिनेट बैठकमा मन्त्रीहरूको कुरो एकोहोरो सुन्ने तर आफ्नो प्रतिक्रिया नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईको धारणा नसकिँदै जवाफ दिनुभयो ‘एक महिना होइन,एक मिनेट पनि राख्ने होइन मलाई साथ नदिने मान्छेलाई ।’

त्यसैमा कृषिमन्त्री घनश्याम भुसालको प्रतिवाद थपियो – ‘उसोभए यत्तिका दिनसम्म काउन्सिलमा किन उनैलाई राख्न दिनुभयो त ?’

त्यसपछि पनि प्रधानमन्त्रीले प्याच्च जवाफ फर्काउनुभयो ‘यतिञ्जेल रहिहाल्यो,अब नराख्ने । अब,एक सेकेण्ड पनि नराख्ने ।’

त्यसपछि सञ्चार मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री युवराज खतिवडाले लङ्गडो तर्क दिँदै मुख खोले ‘वहाँलाई हटाउने बाध्यता आइपर्यो । त्यसैले वहाँलाई हटाउने यो प्रस्ताव आजको क्याबिनेटले स्वीकृत गर्नुपर्ने ।’ उनले थप ब्याख्या गर्दै भने ‘वहाँले प्रेस काउन्सिलमा रहेर सरकार समर्थक पत्रपत्रिका र अनलाइनहरूलाई समेत कारबाही गर्न बाँकी राख्नुभएन । कसैलाई पनि बाँकी राख्नुभएन । त्यसकारण यो प्रस्ताव गरिएको हो’

खतिवडाले त्यति भनेपछि श्रेष्ठ हटाइएको र पौडेललाई नियुक्त गरिएको प्रस्ताव पारित भएको संकेतस्वरूप प्रधानमन्त्रीले मुख्यसचिवतर्फ फर्केर हेर्नुभयो ।

स्वयं प्रधानमन्त्रीले एक मिनेट पनि पदमा राख्न नहुने भनेर प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष हटाइएको लिखित जानकारी भोलिपल्ट ६ बजे कुदाएर सञ्चार मन्त्रालय पठाइयो । सामान्यतयाः क्याबिनेटको निर्णय ७२ घण्टापछि मात्र परिपक्व हुने व्यवस्था छ । क्याबिनेटको आफ्नै व्यवस्थालाई लत्याउँदै यसपटक भने एक मिनेटभित्र हटाउने निर्देशनको पूर्ण पालना गराइएको पनि देखियो ।

उता,नवनियुक्त कार्यवाहक अध्यक्ष दुर्गा भण्डारीलाई पद बहाली गराउन बुधबार बिहान साँढे नौ बजे हतार हतार मन्त्रालयकै गाडी चढाइयो । उनलाई सूचना तथा सञ्चार विभागका महानिर्देशक किरणराज शर्माको साथ लगाएर प्रेस काउन्सिल पुर्याइएको हो । त्यसपछिको परिणाम भने सबैको सामुन्ने छर्लङ्ग छ ।

प्रधानमन्त्रीलाई एकातिर क्याबिनेट बैठकमै मन्त्रीहरूले सजग तुल्याएका थिए । अर्कोतिर प्रधानमन्त्री कार्यालयमा कानुन हेर्ने सचिव धनराज ज्ञवाली,सल्लाहकार बाबुराम अर्याल,र सरकारका महान्यायाधिवक्ता अग्निप्रसाद खरेल हुँदाहुँदै प्रधानमन्त्रीले एक मिनेट पनि पदमा नराख्ने भन्दै कसैको पनि सल्लाहबिना सर्वाधिक कच्चा निर्णय लिनुभयो । अर्थतन्त्रलाई समेत टेवा दिनसक्ने गरी नीति,नियमको तर्जुमा र कार्यक्रम ल्याउन नसकेका अर्थमन्त्रीको बैशाखी टेकेर वहाँले समग्र प्रेस स्वतन्त्रता र प्रेस काउन्सिलमाथि गर्नुभएको प्रहारलाई ‘कच्चा वैद्यको मात्रा,यमपुरीको जात्रा’ को संज्ञा दिइएको छ ।

प्रधानमन्त्रीको आलोकाँचो र पूर्वाग्रही निर्णयले चौबिस घण्टा नबित्दै परिणाम के आयो त्यो पनि घामजत्तिकै छर्लङ्ग छ । मुलुकका कार्यकारी प्रमुखले व्यक्ति व्यक्तिप्रति आग्रह,पूर्वाग्रह र आरिस कतिसम्म गुम्साएर राख्नुभएको रहेछ भन्ने यो एउटा गतिलो उदाहरण पनि हो । साथै, वहाँले आफूसँग असहमत पक्षलाई टिक्न नदिन कतिसम्म हठ देखाउनु हुँदो रहेछ भन्ने प्रमाणको एउटा सामान्य झाँकी र झलक मात्र हो ।

भदौ ५ गते, २०७७ - १०:३८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

१० वर्षदेखि बलात्कृत हुँदै आएका एक पुरुषको बयान

बीबीसी। सामान्यतः घरेलु हिंसाको पीडित महिलाहरु हुन्छन् । संयुक्त राष्ट्रसंघको आंकडाअनुसार विश्वका...   

मुख्यमन्त्री शाहीविरुद्ध ल्याइएको अविश्वासको प्रस्ताव फेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई संसदीय दलको नेताबाट हटाउन २५ असोजमा...   
कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

कोरोनाका कारण बेल्जियमकी पहिलो महिला प्रधानमन्त्री गम्भीर अवस्थामा

ब्रसेल्स । बेिल्जयममा पहिलो तथा एक मात्र पूर्व महिला प्रधानमन्त्री सोफिया विल्मेसको स्वास्थ्य अवस्था...   

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छ : डा. पाण्डे

काठमाडाै‌ । काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन...   
सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

सोलुको विकट क्षेत्र ताक्सिन्दु र जुभुमा नेपाल टेलिकमको जिएसएम सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा...   
यस्तो आयो एप्पलको ५ जी आइफोन १२

यस्तो आयो एप्पलको ५ जी आइफोन १२

काठमाडौं । अमेरिकी टेक कम्पनीले एप्पले आइफोन १२ सिरिज लन्च गरेको छ । पहिलो चरणमा यो सिरिजका ४ वटा मोडलको...   

कर्णालीमा आफैले खनेको खाल्डोमा ओली पक्ष, नेपालीद्वारा संसदिय दलको बैठक आव्हान

काठमाडौं । मंगलबारका दिन नवनियुक्त कर्णाली प्रदेश सभाकी सचेतक सीता नेपालीलाई हटाएको सहमति भएको दावी...   

कर्णाली समस्याबारे बालुवाटारमा कुनै सहमति भएको छैन –प्रचण्ड सचिवालय

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले कर्णाली सरकारको विवादबारे...   
चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

चिनियाँ कम्युनिष्ट पार्टीको कार्यक्रममा प्रचण्ड र बाबुरामको सम्बोधन –कसले के भने !

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ...   

राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् । बुधबार...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top