Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै

दमौली । मुलुकको आर्थिक विकासको मेरुदण्डका रूपमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने क्रम बढ्दै गएको छ ।

सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई पूरा गर्नका लागि पछिल्लो समय उद्योग क्षेत्रमा लगानी बढेको हो । तीन तहको स्थायी सरकार बनेपछि मुलुकमा लगानीको वातावरण सिर्जना भएको हो । तनहुँ जिल्लामा दर्ता भएका उद्योगमा करीब रु दुई अर्ब लगानी भएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति तनहुँमा दर्ता भएका उद्योगमा रु एक अर्ब ८९ करोड ५२ लाख ६० हजार छ सय ५९ लगानी भएको हो । तीमध्ये उद्योगतर्फ रु ७० करोड २८ लाख ९६ हजार सात सय ५९ तथा वाणिज्यतर्फ रु एक अर्ब १९ करोड २३ लाख ६३ हजार नौ सय लगानी भएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार उत्पादनमूलक उद्योगतर्फ रु ९ करोड १६ लाख, कृषि तथा वनजन्यतर्फ रु २७ करोड ७७ लाख ७३ हजार ८ सय ५८, पर्यटन उद्योगतर्फ रु चार करोड ३४ लाख, सेवामूलकतर्फ रु २० करोड ८१ लाख २२ हजार ९ सय एक र सूचना प्रशारण तथा सञ्चार प्रविधितर्फ रु आठ करोड २० लाख लगानी भएको छ ।

जिल्लामा विगत एक वर्षको अवधिमा तीन हजार पाँच सय १५ नयाँ उद्योग थपिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उद्योगतर्फ एक हजार सात सय एक र वाणिज्यतर्फ एक हजार आठ सय १४ उद्योग दर्ता भएको समितिले जनाएको छ । नयाँ उद्योगमध्ये उत्पादनमूलकतर्फ एक सय ६८, कृषि तथा वनजन्यतर्फ छ सय, पर्यटनतर्फ चार सय ७१, सेवामूलकतर्फ तीन सय ४२, सूचना प्रशारण तथा प्रविधितर्फ एक सय २० रहेको कार्यालयका प्रमुख ढकालले जानकारी दिए ।

जिल्लामा सबैभन्दा बढी कृषि तथा वनजन्यतर्फ उद्योग दर्ता भएको छ । कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषि सम्बन्धी उद्योग दर्तामा वृद्धि भएको प्रमुख ढकालले बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यमी बन्ने युवाको सङ्ख्या वृद्धि भएपछि कृषि तथा वनजन्य उद्योग दर्ता बढेको हो । कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ ।

गत आर्थिक वर्ष २०७५/०७६ मा उद्योगतर्फ एक हजार एक सय ३५ उद्योग दर्ता भएको थियो । गत आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा पाँच सय ६६ उद्योग बढी दर्ता भएको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्पादनमूलकतर्फ १ सय ४३, कृषि तथा वनजन्य तर्फ ४ सय ९९, सेवामूलकतर्फ २ सय ९५, पर्यटनमूलकतर्फ १ सय ९२, निर्माणतर्फ ६ उद्योग दर्ता भएका थिए ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies