Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

सङ्क्रमण फैलिन नदिन नागरिक आफैं इमान्दार बन्नुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन हरेक नागरिक इमान्दार बन्नुपर्ने बताएका छन्।

प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा उनले हरेक नागरिकले आफू सुरक्षित रहने विधिको पालना गर्न सके सङ्क्रमण फैलिन नसक्ने बताए।

मुख्यमन्त्री शाहीले दोस्रो चरणको सङ्क्रमण फैलिन नदिन कर्णाली प्रवेश गर्ने नाकाहरुमा कडाइ गरिएको बताए। “भारतबाट फर्किएकालाई सिधै क्वारेन्टिनमा राख्ने गरिएको छ, मुलुकका विभिन्न स्थानबाट आउनेहरुको पिसिआर रिर्पोट अनिवार्य मागिएको छ”, उनले भने, “अबको मुख्य चुनौती सामान ढुवानी गर्ने व्यक्ति नै हुन्, उनीहरुसंग दैनिक पिसिआर रिर्पोट हेर्न पनि सम्भव भएन ।” उनले ढुवानीमा संलग्न मजदूरहरुबाट थप जोखिम निम्तिन सक्नेप्रति चिन्ता व्यक्त गरे ।

मुख्यमन्त्री शाहीले सरकारको एक्लो प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नभएकाले नागरिक पनि उत्तिकै जिम्मेवार बन्नुपर्ने बताउँदै मास्क बिना नै हिँडडुल गरे प्रहरीले सचेतनापूर्वक पहिलोपटक मास्क वितरण गर्ने बताए । “यदि दोस्रोपटक पनि तिनै व्यक्ति मास्क बिनै बाहिर निस्केको पाइएमा कानून अनुसार कारबाही हुन्छ”, उनले भने, “कोरोनाबाट जोगिने मुख्य हतियार भनेकै मास्क हो, मास्क लगाउन, भौतिक दूरी कायम गर्न हेलचक्रयाइँ गरे कोरोनाबाट सुरक्षित रहन सकिन्न ।”

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies