Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह

रसुवा । लाङटाङ राष्ट्रिय निकुञ्जले आफ्नो आधार क्षेत्रमा सञ्चालन भएका होटल तथा लजलाई वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । रसुवा , नुवाकोट एवं सिन्धुपाल्चोक जिल्लाका केही भूभागमा फैलिएको सो निकुञ्ज क्षेत्र अन्तर्गत लाङटाङ , गोसाइँकुण्ड र हेलम्बु लगायतका पदमार्गमा ४० वटा होटल तथा लज रहेका छन् । प्रमुख संरक्षण अधिकृत शुष्मा रानाले निकुञ्ज क्षेत्रमा सञ्चालन भएका होटल तथा लजका सञ्चालकलाई वार्षिक शुल्क बुझाउन आग्रह गरिएकोे जानकारी दिए ।

होटल सञ्चालनका लागि शुल्क निर्धारण गरि निकुञ्जले उपयुक्त स्थानका जमिन उपलब्ध गराएको र यसमा व्यवसायीले पूर्वाधार निर्माण गर्ने गरिएको बताइएको छ । आफ्नो कार्यक्षेत्रमा सञ्चालन भएका ५२ ओटा होटल लज मध्ये विसं २०७२ सालको बिनासकारि भूकम्पले १२ वटा पूर्ण क्षतिभइ सकेका छन् । चालिस वटा होटल सञ्चालनमा रहेपनि गत आर्थिक वर्षको असार मसान्त भित्र असुल गरि सक्नु पर्ने राजश्व कोभिड– १९ को असर देखाई व्यवसायीले दाखिला गर्न आनाकानी गरि रहेको निकुञ्जले जनाएको छ ।

हिमाली प्राकृतिक छटाको अवलोकन गर्न आउने पर्यटकका लागि एकातर्फ गुणस्तरीय बास र अर्को तर्फ राजश्व बृद्विमा समेत टेवा पु¥याउने उद्देश्यले निकुञ्जका आधार इलाकामा स्थानीय बासिन्दा मार्फत होटल लजको व्यवस्थापन गरिएको छ ।

निर्धारित रोयल्टी वापत बार्षिक शुल्क बुझाउन व्यवसायी अग्रसर नभएकै कारण ताकेता गर्नु परेको बताइएको छ । गत आर्थिक वर्ष र विगत सालको बक्यौता समेत करिव एक करोड रोयल्टी उड्न बाँकी रहेकोले छिटो भन्दा छिटो बुझाई जरिवानाबाट जोगिन सवै होटल तथा लज व्यवसायीलाई आग्रह गरिएको प्रमुख संरक्षण अधिकृत रानाले जानकारी दिए ।

व्यवसायीले भने कोभिड –१९ का कारण आन्तरिक एवं वाह्रय पर्यटकको आगमन नहुदाँ आफूले बैङ्क तथा वित्तीय संस्थाको ऋण लगानीबाट तयार गरिएको होटल तथा लज बन्द गरि राख्नु परेकोले रोयल्टी वापतको पुरै रकम मिनहा हुनुपर्ने माग राखेका छन् । सरकारको निर्णय बिना राजश्व रकम मिनहा नहुने निकुञ्जले स्पस्ट पार्दै यसको जानकारी व्यवसायीलाई समेत दिएको छ ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies