Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

आइसोलेशन थपिँदैः क्वारेन्टिन रित्तिँदै

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले आफ्नो क्षेत्रमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि ५० बेडको आइसोलेशन कक्ष व्यवस्थित गरेको छ । बनेपा प्राविधिक शिक्षालय भवनका चार कक्षा कोठामा ओसोलेशन बेड व्यवस्थित गरिएको हो । नगरका हाल १७ सङ्क्रमित रहेको र त्यो सङ्ख्या बढ्न सक्ने भएकाले ठूलो सङ्ख्यामा आइसोलेशन कक्ष तयार गरिएको नगरप्रमुख लक्ष्मीनरसिं वादे श्रेष्ठले बताए । “पूर्व तयारीस्वरुप स्थानीयस्तरमै आइसोलेशन कक्ष व्यवस्थित गरेका हौँ” उनले भने । उनका अनुसार नगरका सङ्क्रमित हाल शिर मेमोरियल अस्पताल, धुलिखेल अस्पताल तथा घरमै ‘सेल्फ आइसोलेशन’ रहेका छन् ।

भवनको कक्षमा ‘नर्सिङ स्टेशन’ बनाइएको छ । नगरले अस्पताल र घरमा बसेका सङ्क्रमितलाई हाल व्यवस्थित आइसोलेशनमा लैजाने तयारी गरिरहेको छ । आइसोलेशन कक्षमा इन्टरनेट सुविधाका साथै सीसी क्यामेरा जडान गरिएको छ । ५० बेडको आइसोलेशन कक्षका लागि बनेपामा युवा व्यवसायी रत्नकुश र रञ्जितले २० वटा बेड सहयोग गरेका छन् । रञ्जितले बुधबार उक्त बेड नगरप्रमुख श्रेष्ठलाई हस्तान्तरण गरेको हो । वादेले आइसोलेशनमा बस्ने सङ्क्रमितका लागि स्थानीय पार्टी प्यालेसबाट खाना व्यवस्थापन गरिएको बताए ।

काभ्रेपलाञ्चोकमा २०७६ चैत महिनायता १३ स्थानीय तहमध्ये पाँचले मात्रै १०० बेडको आइसोलेशन व्यवस्थित गरेका छन् । जसमध्ये बनेपा नपामा ५०, धुलिखेलमा ३१, पनौतीमा छ, पाँचखालमा सात र नमोबुद्ध नगरमा छ आइसोलेशन बेड व्यवस्थित गरिएको हो । अन्य आठ स्थानीय तहले हालसम्म आइसोलेशन कक्ष व्यवस्थित गरेका छैनन् ।

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले अन्य स्थानीय तहलाई पनि आइसोलेशन कक्ष ब्यवस्थित गर्न आग्रह गर्दै आएको छ । “सङ्क्रमणको जोखिम बढिरहेको छ, भएकालाई थप बेड व्यवस्थापन गर्न तथा नभएकालाई व्यवस्थापन गर्न आग्रह गर्दै आएका छौँ” केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले भने । हालसम्म काभ्रेपलाञ्चोकका १३ स्थानीय तहलगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन बेड व्यवस्थित गरेका छन् ।

त्यसो त, जिल्लामा सङक्रमित बढ्दै गएपछि आइसोलेश बेड बढाईरहँदा क्वारेन्टिन रित्तिदै गएका छन् । हाल ७६ पुरुष र १३ महिला मात्रै बसेका छन् । जसमध्ये बनेपा नपामा छ, धुलिखेलमा १४, पनौतीमा १२, पाँचखालमा चार, नमोबुद्धमा दुई, मण्डनदेउपुरमा दश तथा रोशी गाउँपालिकामा २१, तेमालमा ११ र भुम्लुमा नौ क्वारेन्टिनमा बसेका हुन् । खानीखोला, महाभारत, बेथानचोक र चौंरीदेउराली गाउँपालिकाको क्वारेन्टिन रित्तिसकेका छन् । छिमेकी भारतलगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाईपछि घर फर्किएका हुन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ काभ्रेली घर फर्किएका छन् ।

यसैबीच, काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या सय नाघेको छ । हाल हालसम्म काभ्रेपलाञ्चोकका १०२ मा कोरोना सङ्क्रमण देखिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको छ । पोष्टअनुसार कूल सङक्रमितमध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ भने ३५ उपचारपछि घर फर्किएका छन् । बाँकी सङक्रमितको आइसोलेशनमा उपचार भइरहेको जनाइएको छ । नेपालमा कोरोना भाइरस्बाट पहिलोपटक काभ्रेपलाञ्चोकस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो ।

aplly description here...

कर्णालीमा थप ३ जना कोरोना सङ्क्रमितको मृत्यु

कर्णाली । कर्णाली प्रदेशमा थप तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेतमा दुई र दैलेखका एकजना रहेका छन् । कर्णाली प्रदेश अस्पता...

नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशतमा सीमित रहने एडिबीको प्रक्षेपण

काठमाडौँ । एशियाली विकास बैंकले नेपालको कूल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा १.९ प्रतिशतले सङ्कुचित भई ३.५ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ...

बुर्किना फासोमा आतङ्कवादीद्वारा तीन जना युरोपेली पत्रकारको हत्या

औगाडोगो । अफ्रिकी मुलुक बुर्किना फासोमा आतङ्कवादीहरुले तीन जना युरोपेली पत्रकारको हत्या गरेको अधिकारीहरुले बताएका छन् । हत्या गरिएकाहरुमा दुई जना ...

महोत्तरीमा जलेर एक बालकको मृत्यु

जलेश्वर । महोत्तरीको पिपरा गाउँपालिका–५ मा जलेर आज बिहान एक बालकको मत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका–५ बस्ने श्रवण यादवको सातमहिने छोरा आ...

टीकापुरमा ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु

कैलाली । कैलालीको टीकापुरमा बृहत ढल निकास तथा मानव मलमूत्र व्यवस्थापन आयोजना शुरु भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागद्वारा सञ्चालन भएको आयोजना...

ब्राजिलमा कोरोनाबाट ३ लाख ९५ हजारको मृत्यु

साओ पाओलो । ब्राजिलमा गएको २४ घण्टायता कोभिड–१९को सङ्क्रमणबाट यहाँका तीन हजार भन्दा बढी नागरिकको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या...

कोटेश्वर स्थित एक फर्निचर उद्योगमा आगलागी हुँदा ३० लाख बराबरको धनमाल जलेर नष्ट

काठमाडौं । काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर झोलुङ्गेपुल नजिकै हिरा महर्जनको फर्निचर उद्योगमा विद्युत सर्ट भई मंगलबार राति आगलागी भई उक्त आगो फैलिएर...

भारतको आसाममा शक्तिशाली ६.० म्याग्नीच्यूडको भूकम्प

नयाँदिल्ली । उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बार...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

बर्दिया । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बरबट्टा बस्ने १६ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरे...

२५ वर्षीय पदम द्वारा ढुङ्गाले थिचेर श्रीमतीको हत्या

दाङ । दाङमा एक व्यक्तिले ढुङ्गाले थिचेर श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुल...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies