Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

‘जनयुद्धका शहीद’ र त्रिवेणी दर्पण’ विमोचित, यस्तो छ ७४ शहीदको व्यक्तिगत र घटना विवरण

रुकुमपश्चिम । त्रिवेणी गाउँपालिकाले तत्कालीन ‘जनयुद्ध’मा ज्यान गुमाएका शहीदको सम्पूर्ण विवरणसहितको स्मारिका तयार पारेको छ । गाउँपालिकाले ‘जनयुद्ध’मा ज्यान गुमाउने गाउँपालिकाका सबै ७४ शहीदको व्यक्तिगत र घटना विवरण तथा उनीहरुले पु¥याएको योगदानसहितको स्मारिका तयार पारेको हो ।

स्मारिकामा शहीदको तस्वीरसहित उनीहरुको व्यक्तिगत तथा पारिवारिक परिचय, युद्धमा पु¥याएको योगदान, लडेको युद्ध, पार्टीमा तत्कालीन पदीय जिम्मेवारी, मृत्युवरण गरेको युद्ध तथा स्थान, कारणलगायत विवरण समावेश गरिएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताए।

साविकको सिङ्गो रुकुम जिल्ला तत्कालीन नेकपा (माओवादी)ले १० वर्षसम्म सञ्चालन गरेको ‘जनयुद्ध’को उद्मगम थलो पनि हो । युद्धमा परी जिल्लाका ६ सयभन्दा बढीले ज्यान गुमाएका थिए भने ठूलो मात्रामा भौतिक क्षति व्यहोरिएको थियो ।

उक्त स्मारिकाको बुधबार कर्णाली प्रदेशसभा सदस्य गोपाल शर्मा र जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्माले विमोचन गरे । सो अवसरमा प्रदेशसभा सदस्य शर्माले आफूहरु शहीदको मार्ग निर्देशनअनुसार अगाडि बढिरहेको र उनीहरुको सपना साकार पार्न लागिपरेको बताए ।

सोही कार्यक्रममा कला, साहित्य, संस्कृति संरक्षण मञ्च त्रिवेणीद्वारा प्रकाशन गरिएको ‘त्रिवेणी दर्पण’ नामक साहित्यिक स्मारिकाको लोकार्पणसमेत गरिएको थियो । कृतिमा जनयुद्धका घटनाक्रमको विवरण, त्रिवेणीको धार्मिक, सांस्कृतिक तथा साहित्यिक र पर्यटकीय क्षेत्रको पहिचान तथा परिचय, गाउँपालिकाभित्र तथा बाहिरका साहित्यकारका लेखरचनालगायत समेटिएको मञ्चका सचिव कुवेर ओलीले जानकारी दिए ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies