Khabar Dabali Logo
  October 30, Fri

नेकपा एमालेलाई नेकपासँग मिल्दोजुल्दो चुनाव चिह्न

काठमाडौं । निर्वाचन आयोगले सत्तारुढ दल नेकपाको चुनावी चिह्नसँग मेल खाने गरी नयाँ राजनीतिक दललाई पनि चुनाव चिह्न प्रदान गरेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सत्तारुढ दल नेकपा र बुधबार आयोगबाट दलको प्रमाणपत्र पाएको नेकपा एमाले दुवैको चुनाव चिह्न सूर्य भएको छ । नेकपाको चुनाव चिह्न सूर्य र नेकपा एमालेको उदाउँदै गरेको सूर्य भएको छ ।

तर, निर्वाचन आयोगले दुवै दलको चिह्न सूर्य भए पनि फरक रहेको दाबी गरेको छ । दुवै दलको चुनाव चिह्न सूर्य कसरी हुन्छ ? आयोग प्रवक्ता राजकुमार श्रेष्ठले भने, ‘नेकपा र अहिलेको नेकपा एमालेको चिह्न सूर्य नै भए पनि फरक छ ।

अहिले प्रयोग भइरहेको सूर्यचाहिँ सूर्य चिह्न मात्रै छ । अहिले नेकपा एमालेले प्रस्ताव गरेकोमा चाहिँ दुई डाँडाको बीचमा उदाउँदै गरेको सूर्य छ ।’ प्रवक्ता श्रेष्ठले भने, ‘यसअघि पनि आयोगले गाई र गोरु चिह्न, रोलर र डोजर चिह्न पनि दिएको छ । आयोगले त्यसलाई फरक नै मानेको छ ।’

नेकपा एमालेका महासचिव मनीषकुमार उपाध्यायले जिन्दगीमा कहिल्यै नअस्ताउने पार्टीको रूपमा आफूहरूले उदाउँदै गरेको सूर्यलाई चिह्नको रूपमा लिएको बताए । ‘उदाइसकेको सूर्य कस्तो हुन्छ सबैले देखिसकेका छौं, अस्ताए जस्तै भएको छ । अब हामी मदन भण्डारीको पथमा लाग्ने हो । जिन्दगीमा पनि नअस्ताउने भनेर हामीले उदाउँदै गरेको सूर्य चिह्न लिएका हौँ । उदाउँदै गरेको छ, जिन्दगी अस्ताउँदैन भनेको हो ।’

निर्वाचन आयोगको बुधबार बसेको बैठकले नेकपा एमालेलाई सबै कागजात हेरेर प्रमाणपत्र दिने निर्णय गरेको थियो । आयोगका प्रवक्ता श्रेष्ठले भने, ‘बुधबार बैठक बसेर हामीले प्रमाणपत्र दिने निर्णय गरेका थियौँ । उहाँहरूले पेस गरेको कागजपत्र अध्ययन गरेर प्रमाणपत्र दिएका छौँ ।’

आयोगले दिएको प्रमाणपत्रअनुसार उक्त दलको दर्ता नम्बर १६० रहेको छ । पार्टीको पूरा नाम नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) रहेको छ । नाममा कतै पनि कमा, फुलिस्टप राखिएको छैन । राजनीतिक दलको केन्द्रीय कार्यालय कामनपा–१० काठमाडौंमा रहने बताइएको छ ।

नेकपा एमालेका महासचिव उपाध्यायले आयोगले निर्णय गरेपछि आठ–दशजना पदाधिकारी पुगेर प्रमाणपत्र लिएको बताए । उनले नयाँ भने, ‘हामीले प्रमाणपत्र लियौं, अब पार्टीका क्रियाकलाप अघि बढाउँछौं ।’

पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । नेकपा एमालेमा २१ जना पदाधिकारी रहेका छन् । विराटनगर–६ मोरङ घर भएकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । त्यस्तै, भगवती खड्का उपाध्यक्ष, मनीषकुमार उपाध्याय महासचिव, अस्मिता सुनार सचिवलगायत पदाधिकारी रहेका छन् ।

नेकपा एमाले र माओवादी पार्टी एकता भएको वर्ष दिन नाघिसकेकाले नेकपा एमालेनामक दल दर्ताका लागि बाटो खुलेको थियो । ‘पार्टीको नाम नदोहोरियोस् र कुनै पार्टीको एउटा नाम लिइसकेपछि त्यो नाम अरूले प्रयोग नगरोस् भन्नका लागि एक वर्षको म्याद राखिन्छ । तर, दुई पार्टी एकता भएको एक वर्षपछि नाम भने प्रयोग गर्न सक्छन्,’ आयोग प्रवक्ताले भने । दुई वर्षअघि नेकपा गठन भएसँगै नेकपा एमाले र माओवादी पार्टी भंग भएका थिए ।

पूर्व एमाले नेताहरूसँग निकट व्यक्तिहरूले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेका थिए । मदन भण्डारीको जन्मदिन पारेर उनीहरूले १४ असारमा दल दर्ताको निवेदन दिएका थिए । त्यसपछि यो विषय १६ असारको नेकपाको स्थायी कमिटी बैठकमा ठूलो मुद्दा बनेको थियो ।

उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा नेकपा एमाले दर्ताका लागि निवेदन आएको ठोकुवा गरेका थिए । उनको भनाइ थियो, ‘नेकपा एमाले दर्तामा केपी शर्मा ओलीको हात छ ।

मसँग प्रमाण छ, सूचना छ, यदि छानबिन भयो भने म उनीहरूलाई बयान दिन तयार छु ।’ नेकपा एमाले दल दर्ताको निवेदन आयोग पुगेपछि एउटा समूहले ओलीले पार्टी विभाजन गर्ने रणनीतिअनुसार नयाँ दल दर्ता गराउन लगाएको आरोप लागेको थियो ।

भदौ ४ गते, २०७७ - ०७:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

हुम्लाको चेला सामुदायिक वनमा भीषण आगलागी

हुम्ला । हुम्ला जिल्लाको सिमकोट गाउँपालिका–४ मा रहेको चेला र सिङमच्छिउ सामुदायिक वनमा बिहीबार दिउँसो...   

बिपी प्रतिष्ठानको कोभिड अस्पताल सुधारका लागि दबाब समूह गठन

सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको कोभिड–१९ अस्पतालको सुधारका...   
कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

कोभिडका लागि छुट्याइएका आधा बेडमा मात्रै बिरामी : बाहिर बिरामी छटपटाउँदै, भित्र बेड किन खाली ?

काठमाडौं । देशभरका अस्पतालमा कोरोना संक्रमितका लागि छुट्याइएका आधाभन्दा धेरै आइसोलेसन बेड खाली छन् ।...   
‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

‘होम आइसोलेसन’ मा ३५ संक्रमितको मृत्यु

काठमाडौं । –बर्दियाको गुलरियामा ५० वर्षीय पुरुषको होम आइसोलेसनमा बसेकै वेला १० असोजमा मृत्यु भयो । आजको...   

गौतम बुद्ध विमानस्थलमा २५ मेगावाटको सोलार प्लान्ट निर्माण प्रक्रिया अघि बढ्यो, साढे दुई अर्ब लगानी

काठमाडौं । निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिएको सौर्य प्लान्टको प्रक्रिया...   

कोरोना संक्रमित कर्मचारीले १४ दिन बिदा पाउने

काठमाडौं । सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने तयारी गरेको छ । संक्रमण भएपछि...   

तास र कौडा खेल्न २० जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैंको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ...   

बलात्कारीलाई मृत्युदण्डः आवश्यकता कि बाध्यता ?

काठमाडौँ । बलात्कारका घटना बढ्दै जाँदा पछिल्लो समय पीडकलाई मृत्युदण्ड दिने, नपुंसक बनाउने लगायतमा...   

सरकारले स्थानीय तहसम्मै पक्की सडकसञ्जाल जोड्ने

काठमाडौँ । सङ्घीयता कार्यान्वयनका क्रममा पूर्वाधारको अभाव भइरहेका बेला सरकारले सातवटै प्रदेश राजधानीदेखि...   

हेर्नुहाेस्, आजको तपाईंको राशिफल

काठमाडौं । वि.सं.२०७७ साल कार्तिक १३ गते । बिहीबार । ईश्वी सन् २०२० अक्टोबर २९ तारिख । नेपाल संवत् ११४०...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top