Khabar Dabali Logo
  October 24, Sat

पदको बार्गेनिड गरेर गएका हुन्थ्यौँ भने पार्टी एकता नै हुँदैनथ्यो : प्रचण्ड

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीसँग प्याकेज सहमति हुन लागेको बताएका छन् । महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदललाई सोही आधारमा सुझाव प्रस्ताव ल्याउने कार्यादेश दिइएको उनले खुलाए।

आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ – एक टेलिभिजन अन्तर्वार्तामा अध्यक्ष दाहालले संघीय सरकारको मन्त्रिपरिषद् पुनर्गठन, प्रदेश सरकार पुनर्गठन, थपघट, ठूला राजनीतिक नियुक्ति, स्थायी समिति एजेन्डामा साझा सहमति हुने बताएका हुन् । उनका अनुसार अधिकार बाँडफाँट, प्रतिपक्षी दलसमेतको साथमा संवैधानिक नियुक्तिलगायत विषय पनि प्याकेजमा टुंग्याइने छन्।

‘दुइटा अध्यक्षबीच पनि समझदारी बनाएर टुंगो लगाउने भन्नेमा हामी सबै सहमत छौं। त्यसकारण अब एकएक व्यक्तिका निम्ति झगडा भएर बस्दैन भन्ने मेरो विश्वास छ’, उनले भने। नेकपामा पौडेल नेतृत्वको कार्यदलले सुझाव प्रस्ताव ल्याएपछि स्थायी समितिबाट पारित गर्ने र केन्द्रीय समिति हुँदै महाधिवेशनमा जाने तयारी छ। ‘स्थायी समितिबाट प्रस्ताव पारित गर्ने र केन्द्रीय समितिबाट महाधिवेशनमा जाने भनेपछि अब पदको कुरा छैन। यो विषय हामो मुख्य हिजो पनि थिएन। मान्छेले बुझ्दा यो हाम्रो बहस पदकै लागि भएको हो कि भन्ने नेगेटिभ (नकारात्मक) अलि बढी गयो। यथार्थ त्यस्तो होइन’, दाहालले भने, ‘पार्टी एकताको कुरा गर्दा होस् या गठबन्धन गरेर चुनावमा जाँदा हामी पदको बार्गेनिड गरेर गएका थिएनौं, पदको बार्गेनिड गरेर गएका हुन्थ्यौं भने पार्टी एकता नै हुँदैनथ्यो।’

नेकपाका दुई अध्यक्ष केपी ओली र दाहालले गत शुक्रबार महासचिव पौडेलको नेतृत्वमा शंकर पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, भीम रावल र सुरेन्द्र पाण्डे रहेको ६ सदस्यीय कार्यदल गठन गरेका थिए। यो कार्यदलले काम गरिरहेको छ। प्रधानमन्त्री ओलीले गत साता ५ दिनभित्रै पार्टीमा नयाँ सिनारियो देखिने बताएका थिए। दाहालले पनि तत्काल नयाँ परिस्थिति निर्माण हुने बताए।

भदौ ४ गते, २०७७ - ०६:४३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना पुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीको संघीय परिषदका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई...   

विपन्न नागरिक भन्छन् : दशैँ कसरी टार्ने ?

टीकापुर । टीकापुर नगरपालिका –१ एकतानगर शिविरकी धनकला विक टाउकामा धान बोकेर मिल दौडिइन् । दशैँको सप्तमीका...   

किसान क्रेडिट कार्ड अन्तिम चरणमा दशैंपछि किसानका हातमा

काठमाडौं । व्यावसायिक कृषिमा लागेका र कृषि क्षेत्रलाई नै जीविकोपार्जनको मुख्य आधार बनाएकाका लागि...   

कोरोनाले पर्यटन क्षेत्र थिलथिलो, व्यवसायीलाई बैंकको ब्याज तिर्नै समस्या

मोरङ । कोरोना भाइरसको संक्रमण फैलिएसँगै पर्यटन क्षेत्रमा ठूलो असर परेको छ । कोरोनाका कारण बाह्य र...   

कपिलवस्तुमा युवतीमाथि सामूहिक बलात्कारको प्रयास

कपिलवस्तु । कपिलबस्तुमा एक बालिकामाथि सामूहिक बलात्कारको असफल प्रयास भएको छ । कपिलबस्तुको शुद्धोधन...   

देशभर आज बडादशैंको आठौं दिन महाअष्टमी पर्व मनाइदैँ

काठमाडाैँ । नेपाली हिन्दूधर्माबलम्बीकाे महान् चाड बडा दसैंको आठौं दिन आज शक्ति स्वरुपा महादुर्गाको...   
‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

‘लकडाउन’ ले ‘लक’ नभएको उद्योग

कैलाली । सबै खालका उद्योग र व्यवसाय कारोना महामारीले गर्दा सुस्त रहेका बेला धनगढी उपमहानगरपालिका–१४...   

‘ठूला माछा’ होलान् त ठहरै ?

काठमाडौं । पहुँचवाला भ्रष्टाचारी चोख्याउँदै तल्लो तहका कर्मचारी सताएको कारण अख्तियार सुस्ताएको...   

दसैंको टीका छाडेर आँसु खसाल्दै मुगलान लागे नेपाली

काठमाडौं । यतिवेला हिन्दू धर्मावलम्बीहरूको घरमा दसैँ पसिसकेको छ । अघिल्ला वर्षहरूमा यतिखेर नाकामा...   

चौरसिया हत्यामा संलग्नलाई कारबाही गर्न नेकपा नेता नेपालको माग

काठमाडौं। नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसियालाई आक्रमण...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top