Khabar Dabali Logo
  October 20, Tue

स्रोत नखुलेको नगदसहित दुई भारतीय महिला पक्राउ

रौतहट । लाखौंँ रुपियाँसहित दुई महिला पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा कार्यालय मातहत अस्थायी प्रहरीचौकी महादेवपट्टीबाट असई मनोजकुमार सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले गौर नगरपालिका वडा नं ३ दशगजा क्षेत्रमा घाँस काट्न भनी आएका दुई भारतीय महिलाका साथबाट स्रोत नखुलेको रु ६ लाख ४० हजार बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

रकमसहित पक्राउ पर्नेमा भारत विहार राज्य जिल्ला सीतामढी बैरगनियाँ ग्राम पञ्चायत वडा नं १ सिन्दुरिया बस्ने ४५ वर्षीया शान्ति देवी र ४५ वर्षीया मीना देवी छन् । निजहरुलाई नियन्त्रणमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकालाई दुव्र्यवहार गर्नेमाथि मुद्दा

कटहरिया नगरपालिकामा एक दलित बालिकालाई दुव्र्यहार गर्ने गैरदलित युवकमाथि जबर्जस्ती करणी उद्योग मुद्दा दर्ता गरिएको छ । कटहरिया २ जमुनियाका २० वर्षीय सुनिलकुमार साहविरुद्ध मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख ज्ञानकुमार महतोले बताए ।

चार दिनअघि गाउँकै एक दलित बालिकालाई ललाइफकाई करणी गर्न लागेको भन्ने पीडितका बाबुको उजूरीका आधारमा मुद्दा दर्ता गरिएको र बालिकाको स्वास्थ परीक्षणसमेत भएको डिएसपी महतोले जानकारी दिए । घटनालगत्तै आरोपी साह फरार रहेकाले उनको खोजी र थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

भदौ ३ गते, २०७७ - २१:१२ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

काभ्रेको बनेपा बन्यो कोरोना ‘हट–स्पट’

काभ्रेपलाञ्चोक । काभे्रपलाञ्चोकको कोरोना सङक्रमणमध्ये ३९ प्रतिशत बनेपा नगरका छन् । जिल्लामा हालसम्म...   

प्रदेश नं १ मा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु

मोरङ । प्रदेश नं १ मा पछिल्लो २४ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ । यसरी...   

सङ्खुवासभामा पहिलो पटक कोरोना सङ्क्रमित पुरुषको मृत्यु

खाँदबारी । कोरोना भाइरसको सङ्क्रमणबाट सङ्खुवासभामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमण...   

भक्तपुरमा होम आइसोलेसनमा बसेका पुरुषको निधन

भक्तपुर । कोरोना सङ्क्रमणपछि होम आइसोलेसनमा बसेका भक्तपुरका एक सङ्क्रमितको आज होम आइशोलेसनमै ज्यान...   

सेती नदी जलविद्युत् आयोजनाका लागि जुट्यो लगानी

काठमाडौं । कास्कीको माछापुच्छ्रे गाँउपालिका निर्माण हुने २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत्...   

आर्थिक हिनामिना गरेको अभियोगमा तीन जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा...   

राप्रपा अध्यक्ष थापालाई कोरोना पुष्टि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । सामान्य...   
नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

नक्कली फेसबुकबाट अश्लिल सन्देश पठाउने विरुद्ध मुद्दा

काठमाडौं । नक्कली फेसबुक पेज बनाई अश्लिल र आपत्तिजनक सन्देश र श्रव्यदृश्य पठाउने तथा तस्वीरको स्वरुप...   

कोरोनाबाट काभ्रेमा थप एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक । कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको...   

धारिलो हतियार प्रयोग गरी २२ वर्षीय युवकको हत्या

कनकाई । कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । झापाको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top