Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

कर्णाली नदीको तटबन्ध भत्कियो : राजापुर नगरपालिका उच्च जोखिममा

बाँके । कर्णाली नदी व्यवस्थापन आयोजनाअन्तर्गत निर्माण भएको तटबन्ध दुई वर्ष नबित्दै नदीले भत्काएको छ ।

दुई सय मिटर लामो तटबन्ध भत्काएपछि बर्दियाको राजापुर नगरपालिकालगायत आसपासका दर्जनौं गाउँ बाढी र कटानको उच्च जोखिममा परेका छन् ।

राजापुरमा बाढी र कटान रोक्न आर्थिक वर्ष २०७२/०७३ मा करिब ८ सय मिटर लामो तटबन्ध रु ६ करोड ८६ लाख ४० हजारको लागतमा निर्माण भएको थियो । तीमध्ये २ सय मिटरभन्दा बढी तटबन्ध नदीले भत्काएको छ ।

सरकारको प्राथमिकतामा परेको कर्णाली आयोजनाको काम गुणस्तरहीन भएकाले दुई वर्षमै भत्किएको स्थानीयवासीको गुनासो छ । तटबन्ध बगाएपछि यस क्षेत्रका खेतीयोग्य जमिन कर्णाली नदीले कटान गरिरहेको स्थानीयवासीले बताएका छन् । तटबन्ध बगाएको ठाउँबाट करिब तीन सय मिटर परसम्म कटान भइरहेको बताइएको छ । कटान रोकिएन भने सिङ्गो राजापुर बजार उच्च जोखिममा पर्ने देखिएको छ ।’

कर्णाली नदीको बाढीले २०७० सालमा बर्दियाको राजापुर क्षेत्र डुबानमा परेको थियो । त्यसपछि २०७१ सालमा कर्णाली नदी व्यवस्थापन आयोजना स्थापना गरी नदी नियन्त्रणको काम भइरहेको छ । नदी कटान रोक्ने प्रयास भइरहेको आयोजनाले जनाएको छ । आव ०७१÷०७२ मा पाँच वर्षभित्रमा करिब ७३ किमी तटबन्ध गर्ने लक्ष्यका साथ आयोजनाले काम शुरु गरेको थियो । हालसम्म करिब १७ किमी तटबन्धको काम सम्पन्न भएको छ ।

केही दिनदेखि भइरहेको वर्षाका कारण कर्णाली नदीमा पानीको बहाव उच्च भएपछि तीव्र रुपमा कटान भइरहेको छ । कटानका कारण नदीको बाढी बस्तीमा पस्ने डरले स्थानीयवासी रातभर जागराम बस्दै आएका छन् । अहिले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा अस्थायी रुपमा तटबन्ध बनाउन व्यस्त छन् ।

आयोजना र निर्माण कम्पनीकै कारण राजापुर कटान र बाढीको उच्च जोखिममा रहेको स्थानीय जनप्रतिनिधिको आरोप छ ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies