Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

१७ वर्षीया युवतीलाई बलात्कार अभियोगमा दुई जना कारागार चलान

चितवन । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

साउन २८ गते जिल्ला अदालत चितवनको आदेशले पुर्पक्षका लागि केसीलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । पीडित युवती ठूलीआमाको घरमा बस्दै आइरहेकी थिइन् । बेलुका एक्लै बजारतर्फ तरकारी किन्न गइरहेको बेलामा केसीले जबर्जस्ती जङ्गलमा लगेर बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् ।

यस्तै जबर्जस्ती करणीको अभियोगमा भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पनि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले साउन ३२ गते श्रेष्ठलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएपछि उनलाई कारागार पठाइएको प्रवक्ता थापाले जानकारी दिए।

अभियुक्त श्रेष्ठले १६ वर्षीया युवतीलाई प्रेम गर्छु, विवाह गर्छु भनेर ललाइफकाई गत असार ७ गते राति सविन भन्ने चन्द्रलाल मानन्धरको सहयोगमा उनकै कारमा लगेर भरतपुर–१७ स्थित सविन ग्रिल उद्योगमा असार ८ गते रातिसम्म पटकपटक बलात्कार गरेको पीडित युवतीले बयान दिएकी थिइन् । सोही आधारमा पक्राउ गरी अनुसन्धान पूरा गरेर चितवन प्रहरीले जिल्ला अदालत चितवनमा पेश गरेको थियो ।

kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies